चैत्र ४, २०८२ बुधबार | ०७:५८:१५
महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता
शनिबारको दिन साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपमा नेपाली टोलीः कम अनुभव, परिपक्व उमेर

काठमाडौं । फुटबलमा नेपाल दक्षिण एसियाभन्दा माथि जान सकेको छैन । दक्षिण एसियामै पनि नेपालले अहिलेसम्म सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप जित्न सकेको छैन । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपले १३ औं संस्करणको यात्रा पार गरिसकेको छ । भोलिबाट बैंगलुरुमा १४ औं संस्करण सुरु हुँदैछ ।

पछिल्लो पटक फाइनलसम्म पुगेको नेपालले यसपाली उपाधिको लक्ष्य बनाएको छ । तर, लक्ष्य भेट्टाउन भने गाह्रो छ । कारण, दुई आगन्तुक टोलीको आगमन, लयमा रहेको भारत र सुधारिएको बंगलादेश । यी त भए, व्यावहारिक कुरा । उता तथ्यांक केलाउँदा पनि उपाधिको भोक मेटाउन नेपाललाई गाह्रो नै छ । कसरी ?

नेपाल गत साता मात्र २३ सदस्यीय टोली लिएर फिलिपिन्स उडेको थियो । त्यहाँ घरेलु टोलीसँग अभ्यास खेल खेलेर नेपाल बैंगलुरु प्रस्थान गरेको थियो । नेपालले फिलिपिन्सविरुद्ध अभ्यास खेलमा दुई नयाँ अनुहारलाई डेब्यु गरायो । दुवैजना पहिलो रोजाईमै । क्षमतावान खेलाडीको विदेश पलायन भएका कारण यसपाली प्रशिक्षक भिन्सेन्जो एल्बर्टो एनेस नयाँ अनुहार राख्न बाध्य भए । २३ सदस्यमध्ये १४ जनासँग साफ च्याम्पियनसिपको अनुभव छैन । त्यसैले साफ च्याम्पियनसिपमा नेपाली खेलाडीको खेल अनुभव औसत जम्मा ३.८७ खेल छ । नेपाली टोलीमा भएकामध्ये रोहित चन्दले सबभन्दा बढि साफ च्याम्पियनसिपमा २२ खेल खेलेका छन् । जसका कारण नेपाललाई मैदानमा असहज हुने पक्का छ ।

साफ च्याम्पियनसिपका लागि छानिएका खेलाडीसँग साफ च्याम्पियनसिप मात्र नभएर अन्तर्राष्ट्रिय खेलकै अनुभव पनि पर्याप्त छैन । टोलीको अन्तर्राष्ट्रिय अनुभव औसत रहेको छ १९.९१ । जुन एकदमै दयनीय अवस्था हो । समग्र अन्तर्राष्ट्रिय खेलको हिसाव गर्दा कप्तान किरणकुमार लिम्बुले सबभन्दा धेरै ८६ खेल खेलेका छन् । दोस्रो स्थानमा रहेका रोहितले ७९ खेल खेल्दा सिमान्त थापाले नेपालको जर्सीमा अहिलेसम्म मैदान उत्रिने मौका पाएका छैनन् । साफ च्याम्पियनसिपका लागि बेङलुरु पुगेको नेपाली टोलीका चार खेलाडीले अहिलेसम्म एकमात्र अन्तर्राष्ट्रिय खेल खेलेका भने तीन खेलाडीले दुई÷दुई खेल खेलेका छन् ।

यसको प्रमुख कारण हो, अनुभवी खेलाडीहरुको विदेश पलायन । विदेशीएका खेलाडी अधिकांशले राष्ट्रिय टोलीका जर्सी लगाइसकेका थिए । यी खेलाडीहरु यसपालीको साफ च्याम्पियनसिमा रहेका भए, अहिलेको औसतमा सुधार हुने थियो । जसको प्रत्यक्ष असर मैदानको प्रदर्शनमा देखिन सक्थ्यो ।

खेल अनुभवमा कमजोर देखिए पनि यसपालीको टोलीमा अर्को एउटा सकारात्मक पक्ष पनि रहेको छ । त्यो हो, राम्रो औसत उमेर । खेलाडीहरुको औसत उमेर २६ वर्ष छ । जुन उमेर अन्तर्राष्ट्रिय फुटबलका लागि सबभन्दा उपयुक्त उमेर हो । अन्तर्राष्ट्रिय फुटबलको इतिहास हेर्ने हो भने औसत उमेरले एकदमै ठूलो भूमिका खेलेको हुन्छ । उदाहरणका लागि २०१८ को फ्रान्स । त्यतिबेला रुसमा सम्पन्न २१ औं विश्वकपको उपाधि जित्दा टोलीको औसत उमेर मात्र २३ थियो । अधिकांश खेलाडीसँग ठूलो प्रतियोगिताको अनुभव थिएन ।