पुस १४, २०८२ मंगलबार | १३:२६:२६
प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली
शनिबारको दिन इन्डियन प्रिमियर लिग

मुम्बई बलियो कि कमजोर ?

काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो र धनी फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आज शनिबार सुरु हुँदै छ । विश्वका जति पनि माथिल्लो स्तरका क्रिकेट खेलाडी छन्, भएभरका ती सबैलाई कुनै न कुनै टिमले उतार्ने छन् ।

यस्तोमा अबको महिना दिन विश्व क्रिकेटको ध्यान यही प्रतियोगितामा रहनेछ । विवादमात्र हुने छैन, उत्कृष्ट खेल पनि हेर्न पाइनेछ । यस्तोमा क्रिकेट मन पराउनेका लागि अबका केही दिन रोमाञ्चले भरिएको समय हुनेछ ।

मुम्बई इन्डियन्स यो प्रतियोगिताकै सबैभन्दा सफल टिम हो । यसले पाँचपल्ट उपाधि जितेको छ । पछिल्ला केही सिजन मुम्बईको प्रदर्शन भने खराब रह्यो । यस्तोमा यसपल्टको प्रतियोगिताको मुद्दा हुनेछ, मुम्बई टिम कति बलियो छ अनि कति कमजोर त ? सन् २०१३ देखि २०२० बीच मुम्बईले पाँचपल्ट उपाधि जितेको हो । यही टिम पछिल्लो सिजन भने लिग चरणमा सबैभन्दा पुछारमा रह्यो । लगातार खराब प्रदर्शन गरेको थियो ।

विपक्षी टिमका लागि मुम्बईको ब्याटिङ सबैभन्दा ठूलो चुनौती हुनेछ ।

त्यसैले तय छ, मुम्बईले यसपल्ट यी सबै तथ्य बिर्सेर राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछ । यसैले प्रतियोगिताको समीकरण तीव्र प्रतिस्पर्धात्मक गर्नेछ । मुम्बईसँगै चेन्नई सुपर किंग्सले पनि समान पाँचपल्ट उपाधि जितेको छ । त्यसैले दुवै टिमबीच कीर्तिमान छैटौंपल्ट उपाधि जित्ने होड चल्नेछ ।

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया ( दायाँबाट दोस्रो) ।

भन्ने गरिन्छ, चेन्नई जत्तिको लगातार समान ढंगले राम्रो खेल्ने टिम अरू कुनै छैन । त्यसैले उपाधि होडमा चेन्नई पनि उत्तिकै अगाडि छ । मुम्बई टिमको सबैभन्दा बलियो पक्ष भनेकै ब्याटिङ हो । भारतीय टोलीका लागि राम्रो खेलिरहेका सूर्यकुमार यादव, रोहित शर्मा र तिलक बर्मामा ब्याटिङ लय छ । त्यसैले विपक्षी टिमका लागि मुम्बईको ब्याटिङ सबैभन्दा ठूलो चुनौती हुनेछ ।

मुम्बईका एक अर्को प्रमुख खेलाडी हुन्, जसप्रित बुमराह । उनी अहिले चोटग्रस्त छन् । उनले सुरुका केही खेल गुमाउने निश्चित छ । तर, उनी कुनै न कुनै समय प्रतियोगितामा फर्कने छन् । यसले प्रतिस्पर्धाको पूरा अवस्था फेर्ने छ ।

बेंगलोरसँगै त्यस्ता केही टिम छन्, जसले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । यी टिमले पहिलोपल्ट उपाधि जित्न राम्रोसँग मिहिनेत गर्नेछ ।

बुमराहलाई सेतो बलको क्रिकेटको सबैभन्दा राम्रो बलर मानिन्छ । त्यसैले पनि उनको आगमनले मुम्बईलाई एकाएक बलियो बनाउने छ । प्रतियोगिताको पहिलो खेल छ,  साबिक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर । यो शनिबारको पहिलो खेल भयो । गत वर्ष कोलकाताले तेस्रोपल्ट उपाधि जितेको थियो । यसक्रममा सबैभन्दा बढी उपाधि जित्ने सूचीमा आफूलाई तेस्रो स्थानमा राखेको थियो ।

आइपिएल २०२५ मा मुम्बई इन्डिन्सको टोली । 

कोलकाताले गत सिजन बलियो चुनौती अगाडि सार्दै उपाधि जितेको थियो । यसपल्ट पनि यो टिम उपाधिको बलियो दावेदार रहनेछ । सबैलाई थाहा छ, उपाधि जित्नुभन्दा पनि गाह्रो काम हो त्यसलाई रक्षा गर्ने ।

बेंगलोरसँगै त्यस्ता केही टिम छन्, जसले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । जस्तो, दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स, लखनाउ सुपर जायन्ट आदि । यी टिमले पहिलोपल्ट उपाधि जित्न राम्रोसँग मिहिनेत गर्नेछ ।

सन् २०२० को आइपिएल विजेता मुम्बई इन्डियन्स ।