चैत्र १६, २०८२ सोमबार | १९:०२:४१
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य
शनिबारको दिन इन्डियन प्रिमियर लिग

मुम्बई बलियो कि कमजोर ?

काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा ठूलो र धनी फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ आज शनिबार सुरु हुँदै छ । विश्वका जति पनि माथिल्लो स्तरका क्रिकेट खेलाडी छन्, भएभरका ती सबैलाई कुनै न कुनै टिमले उतार्ने छन् ।

यस्तोमा अबको महिना दिन विश्व क्रिकेटको ध्यान यही प्रतियोगितामा रहनेछ । विवादमात्र हुने छैन, उत्कृष्ट खेल पनि हेर्न पाइनेछ । यस्तोमा क्रिकेट मन पराउनेका लागि अबका केही दिन रोमाञ्चले भरिएको समय हुनेछ ।

मुम्बई इन्डियन्स यो प्रतियोगिताकै सबैभन्दा सफल टिम हो । यसले पाँचपल्ट उपाधि जितेको छ । पछिल्ला केही सिजन मुम्बईको प्रदर्शन भने खराब रह्यो । यस्तोमा यसपल्टको प्रतियोगिताको मुद्दा हुनेछ, मुम्बई टिम कति बलियो छ अनि कति कमजोर त ? सन् २०१३ देखि २०२० बीच मुम्बईले पाँचपल्ट उपाधि जितेको हो । यही टिम पछिल्लो सिजन भने लिग चरणमा सबैभन्दा पुछारमा रह्यो । लगातार खराब प्रदर्शन गरेको थियो ।

विपक्षी टिमका लागि मुम्बईको ब्याटिङ सबैभन्दा ठूलो चुनौती हुनेछ ।

त्यसैले तय छ, मुम्बईले यसपल्ट यी सबै तथ्य बिर्सेर राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछ । यसैले प्रतियोगिताको समीकरण तीव्र प्रतिस्पर्धात्मक गर्नेछ । मुम्बईसँगै चेन्नई सुपर किंग्सले पनि समान पाँचपल्ट उपाधि जितेको छ । त्यसैले दुवै टिमबीच कीर्तिमान छैटौंपल्ट उपाधि जित्ने होड चल्नेछ ।

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया ( दायाँबाट दोस्रो) ।

भन्ने गरिन्छ, चेन्नई जत्तिको लगातार समान ढंगले राम्रो खेल्ने टिम अरू कुनै छैन । त्यसैले उपाधि होडमा चेन्नई पनि उत्तिकै अगाडि छ । मुम्बई टिमको सबैभन्दा बलियो पक्ष भनेकै ब्याटिङ हो । भारतीय टोलीका लागि राम्रो खेलिरहेका सूर्यकुमार यादव, रोहित शर्मा र तिलक बर्मामा ब्याटिङ लय छ । त्यसैले विपक्षी टिमका लागि मुम्बईको ब्याटिङ सबैभन्दा ठूलो चुनौती हुनेछ ।

मुम्बईका एक अर्को प्रमुख खेलाडी हुन्, जसप्रित बुमराह । उनी अहिले चोटग्रस्त छन् । उनले सुरुका केही खेल गुमाउने निश्चित छ । तर, उनी कुनै न कुनै समय प्रतियोगितामा फर्कने छन् । यसले प्रतिस्पर्धाको पूरा अवस्था फेर्ने छ ।

बेंगलोरसँगै त्यस्ता केही टिम छन्, जसले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । यी टिमले पहिलोपल्ट उपाधि जित्न राम्रोसँग मिहिनेत गर्नेछ ।

बुमराहलाई सेतो बलको क्रिकेटको सबैभन्दा राम्रो बलर मानिन्छ । त्यसैले पनि उनको आगमनले मुम्बईलाई एकाएक बलियो बनाउने छ । प्रतियोगिताको पहिलो खेल छ,  साबिक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर । यो शनिबारको पहिलो खेल भयो । गत वर्ष कोलकाताले तेस्रोपल्ट उपाधि जितेको थियो । यसक्रममा सबैभन्दा बढी उपाधि जित्ने सूचीमा आफूलाई तेस्रो स्थानमा राखेको थियो ।

आइपिएल २०२५ मा मुम्बई इन्डिन्सको टोली । 

कोलकाताले गत सिजन बलियो चुनौती अगाडि सार्दै उपाधि जितेको थियो । यसपल्ट पनि यो टिम उपाधिको बलियो दावेदार रहनेछ । सबैलाई थाहा छ, उपाधि जित्नुभन्दा पनि गाह्रो काम हो त्यसलाई रक्षा गर्ने ।

बेंगलोरसँगै त्यस्ता केही टिम छन्, जसले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । जस्तो, दिल्ली क्यापिटल्स, पञ्जाव किंग्स, लखनाउ सुपर जायन्ट आदि । यी टिमले पहिलोपल्ट उपाधि जित्न राम्रोसँग मिहिनेत गर्नेछ ।

सन् २०२० को आइपिएल विजेता मुम्बई इन्डियन्स ।