भाद्र २३, २०८१ आइतबार | ०६:३९:२८
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

विश्वकप क्रिकेट:  सजिलाे थिएन बलर सामीलाई

काठमाडाैं । जे हुन्छ, राम्रोकै लागि हुन्छ भनिन्छ । त्यस्तै भएको छ, एकदिवसीय विश्वकप क्रिकेट खेलिरहेको भारतीय टिमका लागि ।तीव्र गतिका बलर मोहम्मद सामी भारतीय टिमको सुरुआती ११ को योजनामै थिएनन् । तर, प्रतियोगिताकै क्रममा हार्दिक पान्ड्ये घाइते भए । 

खेल्न नसक्ने गरेर चोट लागेको थियो । यस्तोमा उनको स्थानमा नयाँ खेलाडी को त ?हार्दिक अलराउन्डर हुन् । त्यस अर्थमा अलराउन्डरले नै टिममा मौका पाउन सक्थे । तर मौका पाए सामीले ।

न्युजिल्यान्डविरुद्ध मुम्बईमा भएको सेमिफाइनलमा सामीको प्रदर्शन असाधारण जस्तै रह्यो । उनले ५७ रनमात्र खर्चेर ७ विकेट लिएका थिए । 

त्यसपछि के भयो, त्यो त इतिहासजस्तै भएको छ । न्युजिल्यान्डविरुद्ध मुम्बईमा भएको सेमिफाइनलमा सामीको प्रदर्शन असाधारण जस्तै रह्यो । उनले ५७ रनमात्र खर्चेर ७ विकेट लिएका थिए । 

समग्रमा उनले ६ खेलबाट २३ विकेट लिएका छन् र यसपल्टको विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी सूचीमा उनी अगाडि छन् । त्यही न्युजिल्यान्डविरद्धको खेलमा सामीले विपक्षी कप्तान केन विलियम्सनको सजिलो क्याच छाडेका थिए ।

धेरैलाई डर लागेको थियो, कतै सामीले विश्वकप उपाधि नै फुत्काएका त छैनन् तर त्यस्तो भएन । पछि उनैले विलियम्सनको विकेट पनि लिए र थप क्षति हुन दिएनन् । अहिले भारतको अपराजित फाइनल यात्रामा धेरैभन्दा धेरैले विराट कोहलीको चर्चा गरिरहेका छन् ।

विराटको प्रदर्शन पनि आफैंमा दमदार छ । उनले त्यही सेमिफाइनलमा आफ्नो ५० औं एकदिवसीय शतक पूरा गरे र सचिन तेन्दुलकरलाई समेत उछिनेका छन् । अहिले कोहलीको ब्याट बोलिरहेको छ ।

भारतीय टिमका पुराना खेलाडी हरभजन सिंहले ठीकै भनेका छन्, `कोही पनि ब्याटरका लागि लगातार शतक प्रहार गर्नु स्वाभाविक हुन सक्छ, तर अहिले सामीले खेलिरहेका छन्, त्यस्तो प्रदर्शन बलरबाट असम्भव जस्तै हो ।´

एक प्रकारले सामीको तुलनामा कोहलीको बढी चर्चा छ । यो स्वाभाविकजस्तै पनि हो । किनभने कुरा बिक्ने उनी जस्तै स्टार खेलाडी त हो । तर सबैको एउटा तथ्यमा के पनि सहमति छ भने सामीको प्रदर्शन पनि कम्तीको होइन । 

भारतीय टिमका पुराना खेलाडी हरभजन सिंहले ठीकै भनेका छन्, `कोही पनि ब्याटरका लागि लगातार शतक प्रहार गर्नु स्वाभाविक हुन सक्छ, तर अहिले सामीले खेलिरहेका छन्, त्यस्तो प्रदर्शन बलरबाट असम्भव जस्तै हो ।´

अहिले विश्वकप क्रिकेटमा भारतका लागि सबैभन्दा बढी विकेट लिने बलर सूचीमा पनि सामी नै अगाडि छन् । अब त सामीको नेतृत्वमा भारतको बलिङ आक्रमण विपक्षी टिमका लागि ठूलो चुनौती बनेको छ । यसअघि धेरैका लागि भारतीय टिमको ब्याटिङ टाउको दुखाइ हुने गर्थ्यो । 

भारतसँग एकसेएक ब्याटर हुन्थ्यो । तर अहिले तनाव त बलिङले पनि दिन थालेको छ विपक्षी टिमलाई । सामीसँगै जसप्रित बुमराह र मोहम्मद सिराजको बलिङ आक्रामण अविश्वसनीय रूपमा उत्कृष्ट देखिएको छ ।

खासमा सामीको अहिलेसम्मको क्रिकेट यात्रा पटक्कै सजिलाे रहेको छैन । एक त उनको पूरा जीवन उतारचढावपूर्ण रहेको छ । कहिले चोटको दुःख त कहिले टिममा नपर्ने दुःख । अझ ठूलो दुःख त उनको व्यक्तिगत जीवनमा छ । 

यस्तो भन्दैमा खासमा सामीको अहिलेसम्मको क्रिकेट यात्रा पटक्कै सजिलाे रहेको छैन । एक त उनको पूरा जीवन उतारचढावपूर्ण रहेको छ । कहिले चोटको दुःख त कहिले टिममा नपर्ने दुःख । अझ ठूलो दुःख त उनको व्यक्तिगत जीवनमा छ । 

उनकी पत्नी हसन जाहाँले उनीमाथि अनेक आरोप लगाएका छन्, घरेलु हिंसादेखि खेल मिलेमतोसम्म । तनाव कति धेरै भने सामीले कुनै बेला आत्महत्याबारे पनि सोच्नुपर्ने स्थिति आएको थियो ।

सामीमाथि छानबिन नभएको पनि होइन, स्थानीय प्रशासनदेखि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) काे पनि । अहिलेसम्म उनी दोषी देखिएका छैनन् । अहिले पनि भारतीय टिममा उनको उपस्थितिमा प्रश्न उठाउने छन् नै । 

तर, यी सबै परिस्थितिमा उनले कसरी यति साह्रो राम्रो प्रदर्शन गरिरहेका छन् त ? उनका लागि प्रशंसाका केही शब्द खर्चिनु आवश्यक नै छ । फाइनलमा उनको बलिङले अझ के कति कमाल गर्ने हो, त्यो हेर्नलायक रहने छ ।

शनिबारको अन्य स्टोरीः नेम्वाङलाई सर्वशक्तिमानको दम्भ नपलाओस्अस्ट्रेलियाले भारतलाई रोक्न सक्ला ?बाबर आजमः पूरा हुन बाँकी एउटा ‘लेख’विश्वकप क्रिकेटः  सजिलो थिएन बलर सामीलाईआइसिसी विश्वकप २०२३ का अविस्मरणीय क्षण