फाल्गुन १२, २०८२ मंगलबार | ०६:१४:२१
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन आइसिसी विश्वकप ग्लोबल छनोट

विश्वकप यात्रामा लागेको विराम

काठमाडौं । उतारचढावपूर्ण यात्रामा पछिल्ला केही वर्ष नेपाली क्रिकेटका लागि बिर्सनलायक रह्यो । मैदानभित्र लगातार निराशाजनक नतिजाले पिरोलिरहेको थियो । मैदानबाहिर बेथितिका कथा सुनाइ नसक्नु अनि ‘गाउन नहुने गीत’ जस्ता विवादका शृंखलाले नेपाली क्रिकेटको मुहार निकै कलंकित बनाइरहेको थियो ।

तर, बितेका ५ महिनाले नेपाली क्रिकेटमा चमत्कार गर्यो । नेपाली खेलकुदमा कुरूप बनेको क्रिकेटको रूप विस्तारै निखार्न थाल्यो । मैदानभित्र अविश्वसनीय रूपमा नेपाली खेलाडीहरू हाबी हुन थाले । मैदानभित्र चौका, छक्का, प्रत्येक बलमा रन, हरेक विकेट र डटबलहरू अनि लगातारका जितले त्यसअघिका निराशाजनक नतिजा बिर्साउन थाल्यो । मैदानबाहिरका सबै बेथिति र विवादका काण्डमाथि त्यही सुखद नतिजाको शृंखलाले पर्दा हालिदियो ।

यही कारण हो, अचेल नेपाली राष्ट्रिय क्रिकेट टिममाथि समर्थकको आशा चुलिन थालेको छ । नेपाली टोली जुनसुकै मैदानमा, जुनसुकै विपक्षीविरुद्ध मैदान उत्रिँदा पनि जितको आशा राख्न समर्थक हिच्किचाउँदैनन् । बितेका ५ महिना टोलीले गरेको प्रदर्शनले नै त हो समर्थकलाई यतिविघ्न आशावादी बनाएको । टोलीले मैदानमा गरेको प्रदर्शनका आधारमा चुलिएको आशाले सबै विपक्षीविरुद्ध जितको सपना देख्नु स्वाभाविक पनि हो ।

समर्थकको त्यही आशाको बलमा आइसिसी एकदिवसीय विश्वकपकप छनोट खेल्न टोली जिम्बावे पुगेको थियो । जहाँ नेपालको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने नेपाली सपना पूरा गर्न टोली सफल भएन । कम्तीमा सुपर सिक्स पुग्ने आशाको यात्रा समूह चरणमै सीमित भयो ।

समूह चरणमा चार खेल खेल्दा नेपाले एक मात्र जित निकाल्न सक्यो । घरेलु टोली जिम्बावे, विश्व क्रिकेटको महारथीमध्ये एक वेस्ट इन्डिज र सुपर लिगबाट झरेको नेदरल्यान्ड्ससँग पराजित हुनु नेपालको स्वाभाविक नतिजा थियो । अमेरिकालाई हराउनु भने नेपालको बहादुरी थियो । प्रतियोगितामा नेपालले हासिल गरेको एउटै मात्र जित त्यही थियो ।

विश्वकपको ग्लोबल छनोट खेल्न जानुअघि नेपालको मनोबल उच्च थियो । विश्वकप लिग-२ का पछिल्ला १२ मध्ये ११ मा हासिल गरेको जित र एसीसी प्रिमियर कपमा अपराजित रहँदै च्याम्पियन बनेको नतिजाले नेपालको मनोबल उच्च बनाएको थियो ।

जिम्बावे जानुअघि कप्तान रोहितकुमार पौडेलले घरेलु टोली, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्समध्ये दुई देशलाई पराजित गरेर कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

अमेरिकामाथिको ६ विकेटको जितबाहेक नेपालको प्रदर्शन सन्तोषजनक थिएन । पहिलो खेलमा जिम्बावेलाई २ सय ९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिए पनि बलिङ राम्रो हुन नसक्दा नेपाल स्वाभाविक हारको हकदार बन्यो ।

वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्ध भने बलिङ, ब्याटिङ र फिल्डिङ सबैतिर नेपालको कमजोरी छर्लङ देखियो । जुन स्वाभाविक थियो ।

दुई पटकको विश्वविजेता वेस्ट इन्डिजसँग पहिलो पटक खेल्दा एक सय एक रनको हार बेहोरे पनि नेपालको निडर प्रदर्शनले भने सबैको मन जित्यो ।

हरारे स्पोर्टस क्लबमा ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय ३८ रन बनाएको थियो ।

खेलमा विकेटकिपर आसिफ शेखले वेस्ट इन्डिजका निकोलस पूरनलाई ३ र ५४ रनको व्यक्तिगत स्कोरमा दुईपल्ट ‘क्याच मिस’ गर्दै जीवनदान दिएका थिए । पूरनले ९४ बलमा १० चौका र ६ छक्का मद्दतमा १ एक १५ रन बनाए ।

नेपालले सबैभन्दा निराशाजनक प्रदर्शन समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध गर्यो । सुपर सिक्समा स्थान बनाउन जित्नैपर्ने दबाबमा रहेको नेपालले त्यसलाई झेल्न सकेन ।

नेपाल ४४.३ ओभरमा १ सय ६७ रनमै अलआउट भयो । १ सय ६८ रनको समान्य लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

समूह ‘ए’ बाट नेपाल र अमेरिका बाहिरिए । जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्सले सुपर सिक्स खेल्नेछन् ।

नेपालका कप्तान रोहितले ठूलो प्रतियोगिता र बलिया विपक्षीसँग खेलेर अनुभव र एक्सपोजर हासिल भएको बताए ।

‘राम्रो टिमको सामना गर्दा धेरै सिक्न पाएका छौं । प्लेअफमा राम्रो प्रदर्शन गर्नेछौं,’ रोहितले नेदरल्यान्ड्सँगको हारपछि भनेका थिए ।

नेपालले प्लेअफको पहिलो खेलमा आइतबार युएईको समाना गर्नेछ ।

नेपाल समूह ‘ए’ को चौथो तथा युएई समूह ‘बी’को पाँचौं स्थानमा रहेका थिए ।

यस्तै अर्को प्लेअफमा आयरल्यान्ड र अमेरिका भिड्ने छन् । आयरल्यान्ड समूह ‘बी’ मा चौथोे तथा अमेरिका समूह ‘ए’ मा पाँचौं स्थानमा रहेका थिए ।

यी खेलका विजेताले सातौं तथा पराजित हुने टोलीले नवौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

शर्ट बलमा संघर्ष

विश्वकप छनोटमा नेपाली ब्याटरले शर्ट बलमा निकै संघर्ष गर्नुपरेको थियो ।

वेस्ट इन्डिजविरुद्ध अल्जारी जोसेफ, जेसन होल्डर जस्ता विश्वस्तरीय बलरसासु शर्ट बलमा नेपाली ब्याटरले निकै संघर्ष गर्नुपरेको थियो । यो समस्या नेदरल्यान्ड्ससँगको खेलमा पनि दोहोरिएको थियो । नेपाली ब्याटरको कमजोरी थाहा पाएका डच बलरले लगातार बाउन्सर र शर्ट बल फाल्दा नेपालले लामो साझेदारी बनाउने अवसर नै पाएन ।

ओपनर कुशल भुर्तेल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुलसन झा शर्ट बल खेल्ने घुनमा क्याचआउट हुन पुगेका थिए ।

अफ्रिकी राष्ट्र जिम्बावेको पिच र विकेटको अवस्था एसियाको भन्दा रूपमा फरक छ । एसियाबाहिर अफ्रिका, इङल्यान्ड र अस्ट्रेलियामा बाउन्सर र शर्ट बलको असर धेरै हुने गर्छ ।

एसियाली पिचको तुलनामा अरू महादेशमा बलको उचाइ र गति धेरै हुने गर्छ । त्यसैले एसियाका शीर्ष ब्याटरहरू पनि यस्ता पिचमा निरन्तर संघर्ष गरिरहेका हुन्छन् ।

जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेलेको थियो ।

जिम्बावेको जस्तै पिचको अवस्था रहेकाले नेपालले दक्षिण अफ्रिकालाई प्रशिक्षणस्थलको रूपमा रोजेको थियो । तर, नेपालले दक्षिण अफ्रिकाको सिकाइबाट खासै फाइदा भने लिन सकेन ।

नेदरल्यान्ड्ससँगको हारपछि कप्तान रोहित पौडेलले शर्ट बलका लागि आफूहरूको योजना कार्यान्वयन हुन नसकेको स्वीकारेका थिए ।

‘बाउन्सर र शर्ट बल कसरी खेल्ने भन्ने योजनाले काम गरेन । यो कमजोरीबाट सिकेर आउने खेलहरूमा राम्रो प्रदर्शन गर्नेछौं,’ रोहितले भनेका थिए ।