आश्विन १, २०८१ मंगलबार | ०१:२२:४३
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन रोजर फेडेरर

रोजर फेडेररः विश्व टेनिसका पिकासो

काठमाडौं । रोजर फेडेरर सुरुआती दिनमा सन्काहा थिए । अम्पायरले आफूविरुद्ध निर्णय दिए रिसाएर र्याकेट भुइँमा बझार्थे । स्विजरल्यान्डका यी किशोर कुनै दिन टेनिस जगतकै महान् खेलाडीमध्येका एक हुन्छन् भनेर अनुमान लगाउन सजिलो थिएन । जतिले त्यस्तो अनुमान गरे, कालान्तरमा ती सही साबित भए ।

विश्व टेनिसमा फेडेररसँगै एउटा सिंगो पुस्ताको उदय भयो । जसले लगातार दुई दशक विश्व टेनिसमा दबदबा कायम गर्यो । अब त्यो पुस्ताबाट फेडेरर अलग्गिदैछन् । बिहीबार राति मात्रै उनले यस्तो निर्णय सुनाए । अब उनी खेलाडीका रूपमा कोर्टमा देखिने छैनन् ।‘म ४१ वर्षको भएँ । २४ वर्षे करियरमा १५ सय भन्दा धेरै खेल खेलेँ । टेनिसले मलाई यत्तिको माया गर्ला भनेर कल्पना गरेको थिइनँ । यति हुँदाहुँदै पनि मैले निर्णय गर्नैपर्छ, कहिलेसम्म खेल्ने भनेर,’ संन्यास घोषणा गर्दैगर्दा फेडेररले भनेका छन् ।

आफ्नो करियरमा फेडेररले के के गरे ? त्यो सबै इतिहासमा दर्ज छ । त्यही पनि भन्दिहालौँ, फेडेररले एक सय तीन टुरमा एकल उपाधि जितेका छन् । २० ग्रान्ड स्लाम उनको नाममा छन् । तीन सय १० साता उनी विश्व वरीयताको शीर्ष स्थानमा रहे । अब छुटाउनै नहुने अर्को सफलता, उनी खेलिरहेका बेला कहिल्यै घाइते भएनन् । चोटका कारण कोर्ट छाड्नु परेन । यो सफलता कत्तिको महत्त्वपूर्ण हो ? वा यो आफैँमा सफलता हो कि होइन ? कुनै खेलाडीलाई सोधे थाहा भइहाल्छ ।

फेडेरर र सेरेनाले चाँडै नै संन्यास लिन्छन् वा यो खेलबाट टाढा हुन्छन् भनेर थाहा नभएको होइन । तर यस्तो दिनको प्रतीक्षा कसले गर्छ र ?

कसैले भन्न सक्छ, यो टेनिसका लागि खराब वर्ष रहेछ । किनभने केही समयअघि मात्रै सेरेना विलियम्सले पनि संन्यास लिएको संकेत गरिन् । यद्यपि उनले औपचारिक रूपमा यसो भनेकी छैनन् । बरु अमूर्त भाषा प्रयोग गर्दै टेनिसबाट टाढा हुन लागेको बताएकी छन् । जे होस् भविष्यमा उनलाई कोर्टमा देखिने सम्भावना कम छ । फेडेरर र सेरेनाले चाँडै नै संन्यास लिन्छन् वा यो खेलबाट टाढा हुन्छन् भनेर थाहा नभएको होइन । तर यस्तो दिनको प्रतीक्षा कसले गर्छ र ?

पछिल्लो समय फेडेररलाई चोटले निकै दुःख दियो । उनले संन्यास लिने खबर निकै पटक आए । टेनिसबाट कहिले बिदा लिने भन्नेबारे उनी प्रष्ट थिए । त्यसकारण बीचमा उनले यस्ता खबरप्रति खासै टिप्पणी गरेनन् । अहिले चाहिँ उनले निर्णय गरेकै हुन् । तर उनले अन्तिम पटक खेलेको हेर्ने अवसर छ । त्यो अवसर अर्को साता लन्डनमा सुरु हुने लेभर कपले जुराइदिएको हो । लेभर कपमा राफेल नाडाल पनि हुनेछन् । अनि जोकोभिच र एन्डी मरेले पनि प्रतिस्पर्धा गर्नेछन् ।  लामो समय फेडेररले नाडाल र नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गरे । यी तीनलाई टेनिस समर्थकले ‘बिग थ्री’ भनिरहे । अब भने ‘बिग थ्री’ बाट एक ‘बिग स्टार’ निस्किन लागेका छन् । यसले नाडाललाई दुःखी बनाएको छ । ‘फेडेररको यो निर्णयले व्यक्तिगत रूपमा मलाई मात्र होइन, विश्व खेलकुदलाई नै निराश बनाएको छ । उनीसँग मैले कोर्ट र कोर्टभन्दा बाहिर निकै रमाइला क्षण व्यतित गरेको छु,’ आफ्ना प्रतिद्वन्द्वीबारे स्पेनका नाडालले भनेका छन् ।

फेडेररको खेल शैलीबारे कयौँ दिग्गजले फरक फरक टिप्पणी गर्ने गरेका छन् । तीमध्ये पाउल एन्नाकोनेको टिप्पणी रोचक छ । टेनिस प्रशिक्षक एन्नाकोनेले फेडेररलाई ‘टेनिस र्याकेट बोकेको पिकासो’ भनेका छन् । ‘फेडेररले खेलेको देख्दा लाग्थ्यो, टेनिस त सजिलो खेल रहेछ । सायद यो उनको सबैभन्दा सबल र सुन्दर पक्ष हो,’ एन्नाकोने भन्छन् ।

युवा हुँदा फेडेररले आफ्नो रिसलाई कहिल्यै काबुमा राख्न सकेनन् । उनी प्रशिक्षकहरुसँग सबैले देख्नेगरि कोर्टमै झगडा गर्थे । रिसकै कारण उनले जित्ने खेल पनि हारे । उनको यो बानी पछि परिवर्तन हुँदै गयो । उनी कतिसम्म फेरिए भने, टेनिसले उनलाई सबैभन्दा धैर्यवान् खेलाडी मान्न थाल्यो । यो साँच्चै ठूलो परिवर्तन थियो । जसले गर्दा उनको समर्थकको संख्या बढ्दै गयो । उनी ‘ग्लोबल आइकन’ बन्न सके ।विश्वकै धनी खेलाडीहरुको सूचीमा पर्छन्, फेडेरर । उनले पुरस्कारबापत मात्रै १३ करोड अमेरिकी डलर कमाए । कोर्टबाहिरको कमाइ त छँदैछ । उनी महंगा विज्ञापनमा देखिन्छन् । जसले गर्दा उनी एक अर्ब अमेरिकी डलर कमाउने पहिलो टेनिस खेलाडी बने । पछिल्ला तीन सिजन उनले निरन्तर खेल्न सकेनन् । तर पनि उनी सबैभन्दा बढी कमाइ गर्ने टेनिस खेलाडी बन्न सके । सन् २०२० मा त उनलाई फोब्र्सले सर्वाधिक आम्दानी गर्ने खेलाडी घोषित नै गर्यो ।फेडेररले आगामी दिनमा प्रदर्शनी खेलमा सहभागी हुने संकेत गरेका छन् । तर उनलाई यसो गर्न घुँडाको चोटले रोक्नसक्ने सम्भावना बलियो छ । यही चोटका कारण उनले सन् २०२० देखि २०२१ को बीचमा एक वर्ष खेलेनन् । पछिल्लो १४ महिनामा त उनले एक खेल पनि खेलेका छैनन् । ‘पूर्ण रूपमा फिट हुन मैले धेरै कोसिस गरेको हो । तर यो उमेरमा शरीररको सीमितता हुन्छन् । मलाई शरीररले बारम्बार सन्देश दिइरहन्छ । जसलाई मैले सुन्नु पर्छ, मनन गर्नुपर्छ,’ फेडेररले भनेका छन् ।फेडेरर सन् १९८१ मा स्विटजरल्यान्डमै जन्मिएका थिए । उनका बुवा स्विस हुन् भने आमा दक्षिण अफ्रिकी । बाल्यकालमा उनले टेनिसभन्दा बढी अरु खेल खेले । जस्तै, फुटबल । उनमा भविष्यमा राम्रो फुटबलर बन्ने सम्भावना देखेका थिए, सबैले । तर पिटर कार्टरसँगको भेटले फेडेररलाई टेनिसतिर लग्यो ।  यी दुईबीच घनिष्ठ सम्बन्ध थियो । कार्टरसँगको सम्बन्धकै कारण किशोर फेडेरर कुशल बन्दै गए ।

फेडेरर १४ वर्षको उमेरमा बासेलबाट इकुब्लेन्स सरे । जहाँ स्विटजरल्यान्डको राष्ट्रिय तालिम केन्द्र थियो । उनले त्यहाँ तालिम सुरु गरे । सुरुमा उनले भाषागत समस्या झेल्नुपर्यो । किनभने इकुब्लेन्स फ्रेन्चभाषी क्षेत्र थियो । तर फेडेरर त्यो भाषामा जान्दैन थिए । त्यसकारण उनलाई साथीहरुले खुबै गिज्याउँथे । समय बित्दै जाँदा फेडेररले भाषाको तगारोलाई पन्छाउन सके ।फेडेररले सन् १९९९ बाट ग्रान्ड स्लाम करियरको सुरुआत गरे । तर २००१ बाट मात्रै उनलाई टेनिस जगतले पहिचान ग¥यो । त्यस वर्षको विम्बल्डनमा उनले सात पटकका च्याम्पियन पिट साम्प्रासलाई चौथो चरणमा स्तब्ध बनाएका थिए । त्यस बिन्दुबाट फेडेररको करियर तीव्र गतिमा दौडने अनुमान गरिएको थियो । तर सन् २००२ मा एक दुर्घटनामा कार्टरको निधन भएपछि फेडेरर मानसिक रूपमा विक्षिप्त बने । र यसले उनको प्रदर्शनलाई नै असर गर्यो ।

कार्टरको निधनबाट तत्कालै बाहिर निस्कन नसके पनि फेडेरर आफ्ना गुरुले देखेको सपना पूरा गर्न दृढ थिए । फलतः उनले सन् २००३ मा विम्बल्डन जिते । बेलायती कोर्टमा उनले जसरी खेले, त्यसको सन्देश प्रष्ट थियो, स्विटजरल्यान्डका यी प्रतिभा रोकिनेवाला छैनन् ।विम्ल्डनको सेमिफाइनलमा फेडेररले अमेरिकाका एन्डी रोडिकलाई हराएका थिए । फेडेरर जस्तै रोडिक पनि त्यसबेला उदाइरहेका प्रतिभा थिए । विम्बल्डनमा निराश बन्नु परे पनि रोकिडले यूएस ओपन जिते । त्यसबापत केही समय विश्व वरीयताको पहिलो स्थानमा उक्लिए । तर उनको दबदबा धेरै समय टिकेन । किनभने फेडेररको युग सुरु हुनेवाला थियो ।

फेडेररले सन् २००४ को सुरुआत मजबुत ढंगले गरे । वर्षको पहिलो ग्रान्ड स्लाम अस्टे«लियन ओपन अरुलाई जित्न दिएनन् । मेलबर्नमा च्याम्पियन बन्नासाथ उनले वरीयताको शीर्षस्थानमाथि कब्जा जमाए । त्यही वर्ष उनले विम्बल्डन र यूएस ओपनका उपाधि हात पारे । उनमा वर्षमा चारमध्ये तीन ग्रान्ड स्लाम जित्ने बानीको विकास भयो । सन् २००४, २००६ र २००७ मा उनले यस्तो अभूतपूर्व सफलता हासिल गरे । त्योबीचमा उनले जित्न नसकेको ग्रान्ड स्लाम फ्रेन्च ओपन मात्र थियो । रोलान्ड गारोसमा उनी असफल भइरहनुको कारण नाडाल थिए । सन् २००६ देखि २००८ का प्रत्येक फाइनलमा फेडेररले नाडालसँग हार व्यहोरिरहेके थिए ।

फेडेरर अब नाडालसँग घाँसे मैदानमा पनि हारे । सन् २००८ को त्यो विम्बल्डन उपाधि भिडन्तमा पाँच वर्षले कान्छा नाडालले फेडेरमाथि रोचक जित दर्ता गरेका थिए । आज पनि त्यो खेललाई विश्व टेसिकै उत्कृष्टमध्येको एक मानिन्छ । सन् २००८ मा फेडेररले जितेको एक मात्र ग्रान्ड स्लाम यूएस ओपन थियो । सन् २००० दशक उत्तर्राद्धमा पुग्दै फेडेरर र नाडालबीच प्रतिद्वन्द्विताको चरण सुरु हुँदै थियो । किनभने प्रत्येक ग्रान्ड स्लामका मुख्य दाबेदार यी दुई खेलाडी हुन्थे । प्राय उपाधि भिडन्तमा फेडेररलाई चुनौती दिन नाडाल तयार हुन्थे । यो प्रतिद्वन्द्विताको रापले अस्ट्रेलियन ओपनलाई पनि बाँकी राखेन । सन् २००९ को त्यो फाइनलमा यी दुई भिडे । नतिजा नाडालको पक्षमा गयो । हारपछि फेडेररले आसु थाम्न सकेनन् । उनलाई फकाउने प्रयासमा नाडाल थिए । यो दृश्यलाई आज पनि टेनिस समर्थकले बिर्सिएका छैनन् ।अस्ट्रेलियन ओपन गुमाए पनि फेडेररले त्यस वर्ष फ्रेन्च ओपन जिते । रोलान्ड गारोसमा यो उनको पहिलो उपाधि थियो । यसपल्ट उनले नाडालको चुनौती सामना गर्नु परेन । किनभने स्पेनी खेलाडी चौथो चरणबाटै घर फर्किएका थिए । फ्रेन्च ओपन जितेको चार सातापछि फेडेरर विम्बल्डन च्याम्पियन बने । यसले उनलाई पुरुष टेनिसमा सर्वाधिक ग्रान्ड स्लाम (१५ पटक) जित्ने खेलाडी बनायो । यसअघि यो कीर्तिमान साम्प्रासको नाममा थियो ।टेनिसमा यो सफलता पाएको केही समयपछि फेडेररको जीवनमा अर्को खुसीयालीको प्रवेश भयो । उनकी श्रीमतिले जुम्ल्याहा छोरीलाई जन्म दिइन् । संयोग नै मान्नुपर्छ, फेडेरर दम्पतिले जुम्ल्याहा छोरालाई पनि स्वागत गरे । फेडेररले बारम्बार आफ्नी श्रीमती मिर्काले गर्ने समर्थनबारे चर्चा गरेका छन् । मिर्काले फिटनेस ट्रेनर पियर पागानिनीसँग मिलेर फेडेररको ‘फिटनेस ट्रेनिङ’ को तालिका बनाउने गर्थिन् ।  सन् २००९ बाटै हो, फेडेररले संन्यास सम्बन्धी प्रश्नको सामना गर्नु परेको । तर कालान्तरमा उनले एक दशक अझैँ खेले । आफूले यति लामो समय खेल्न सक्नुमा श्रीमतीले दिने गरेको उत्साह र प्रेरणलाई कारक मान्छन्, फेडेरर । सन् २०१७ मा उनले श्रीमतीकै कारण पुनरागमन गरेको बताउने गरेका छन् ।

सन् २०१६ को कुरा हो, छोरीहरूसँग खेल्दै गर्दा फेडेररको देब्रे घुँडामा समस्या उत्पन्न भएको थियो । त्यसपछि उनको तत्कादै शल्यक्रिया गरियो । केही महिनापछि नै उनी कोर्ट फर्किए । तर चोट बल्झियो । र थप पाँच महिना ‘रिह्याबिलिटेसन’ मा बिताउनु पर्यो ।सन् २०१७ मा उनी फर्किए । आठौँ पटक अस्ट्रेलियन ओपन जिते । त्यो पनि नाडाललाई फाइनलमा हराएर । अर्को वर्ष पनि उनी त्यहाँ च्याम्पियन बने । जुन उनले जितेको अन्तिम ग्रान्ड स्लाम बन्यो । त्यो वर्ष ३६ वर्ष पुगेका फेडेरर विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने सबैभन्दा पाका खेलाडी बने ।सन् २०१९ मा फेडेररका अगाडि २१ औँ ग्रान्ड स्लाम जित्ने अवसर थियो । तर उनी जोकोभिचसँग पराजित भए । केही समय फेडेररले सर्वाधिक पटक ग्रान्ड स्लाम जितेको कीर्तिमान आफूसँग राखे । आजको दिनमा भने यो कीर्तिमान नाडालसँग छ । उनले २२ ग्रान्ड स्लाम जितेका छन् । उनलाई पछ्याइरहेका जोकोभिचले २१ पटक ग्रान्ड स्लाम जितेका छन् ।  सर्वाधिक ग्रान्ड स्लाम जित्नेको सूचीमा फेडेरर तेस्रो स्थानमा रहिरहनेछन् । आउँदा कयौँ वर्ष उनको यो कीर्तिमान कसैले खोस्न सक्ने छैन । हेड टु हेडमा फेडेरर आफूभन्दा कान्छा प्रतिद्वन्द्वीद्धय नाडाल र जोकोभिचभन्दा पछाडि छन् । तर लामो समय उच्च लयमा रहिरहने मामलामा उनी ती दुवैभन्दा अगाडि छन् । फेरि लगातार २० वर्षभन्दा बढी खेल्नु आफैँमा चानचुने उपलब्धि होइन ।

सक्रिय खेल करियरबाट संन्यास लिने भए पनि फेडेररले टेनिसमा नयाँ भूमिका खोजी गर्ने प्रष्ट पारेका छन् । ‘टेनिस, म तिमीसँग प्रेममा छु । म तिमीलाई कहिल्यै छाड्ने छैन,’ उनले त्यत्तिकै यो वाक्य बोलेका होइनन् ।