Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

१५ वर्षे किशोरी फुटबलरको लक्ष्य  

नयाँ दिल्ली, (खेलाडी)- भारत मणिपुरकी सिल्की देवी मात्रै १५ वर्षकी छिन् । तर पनि उनलाई भारतीय राष्ट्रिय महिला टोलीका प्रशिक्षक थोमस डेनेर्बीले एएफसी महिला एसिया कप २०२२ को बन्द प्रशिक्षणको प्रारम्भिक टोलीमा समेटेका छन् ।
 
यसअघि उनैले सिल्कीलाई १७ वर्ष मुनिको राष्ट्रिय टोलीमा प्रशिक्षित गरेका थिए । स्विडिस प्रशिक्षक डेनेर्बी उमेर समूहको राष्ट्रिय टोलीमा उनले गरेको प्रदर्शनबाट निकै प्रभावित भएका थिए । त्यही कारण उनले सिल्कीलाई सिनियर टोलीका आसालता देवी र सन्जु यादवजस्ता खेलाडीसँगै खेल्न बिना हिचकिचाहट प्रारम्भिक टोलीमा डाके । 

छोरी फुटबल खेल्छे भन्ने कुरामा मेरो बुवालाई कुनै समस्या थिएन र उहाँ सधै मलाई प्रोत्साहन गर्नुहुन्थ्यो ।

सिल्कीको बाल्यकाल निक्कै रोचक छ । उनको पारिवारिक माहोल अन्य महिला खेलाडीको भन्दा ठिक विपरित छ । सिल्कीका लागि हेममसुरेश सिंहजस्ता बुबा पाउनु अन्य खेलाडीको दाँजोमा फरक र विशेष थियो । सुरेश आफै एक फुटबल समर्थक हुन । त्यसैले उनले छोरीका सबै राम्रोनराम्रो परिस्थितीमा साथ दिए । 

‘म सानोमा केटाहरुसँगै फुटबल खेल्ने गर्थेँ । किनकी हाम्रो गाउँमा फुटबल खेल्न रुचाउने केटीहरु बिरलै पाइन्थे । छोरी फुटबल खेल्छे भन्ने कुरामा मेरो बुवालाई कुनै समस्या थिएन र उहाँ सधै मलाई प्रोत्साहन गर्नुहुन्थ्यो । मेरो गाउँमा एकमात्र फुटबल एकेडेमी थियो । म त्यही भर्ना भएँ । तर पछि म स्पोटर्स अथोरिटी अफ इन्डिया (एसएआई) इमफाल गएँ र त्यहाँ मैले तीन वर्ष प्रशिक्षण गरँे,’ सिल्कीले सुनाइन् । 

त्यसको केही पछि सिल्कीले मणिपुरको लंगथाबल क्लबबाट व्यवसायिक फुटबल खेल्न थालिन् । उनले फुटबलमा स्ट्राइकरको रुपमा खेल्न थालिन् । 

भारतको राष्ट्रिय जुनियर २०१८/१९ प्रतियोगिता खेलेकी सिल्कीले मणिपुरलाई उपाधि दिलाउन फाइनलमा उडियाविरुद्ध विजयी गोल गरेकी थिइन् । 

उनको बलले जाली चुम्ने क्रम यतिमै रोकिएन् । २०१८ को यु १५ साफ च्याम्पियनसिपमा कप्तान सिल्कीले श्रीलंकाविरुद्ध ह्याट्रिक गर्दै प्रतियोगिताको सुरुआत गरिन् । उक्त खेलमा भारतले श्रीलंकालाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

डेनेर्बीको प्रशिक्षणमा उनी स्ट्राइकरबाट रक्षकको भूमिकामा परिवर्तन भइन् । उनमा विपक्षी खेलाडीलाई रोक्ने उत्कृष्ट कलाहरु पनि छ । 

सोही प्रतियोगिताको सेमिफाइनलमा भुटानविरुद्ध १-० कोे जित निकाल्दा निर्णायक गोल गरेकी सिल्की सयुक्त रुपमा प्रतियोगिताको उच्च गोलकर्ता बनिन् । उपाधि भारतले नै उचाल्यो । 

सिल्कीले १०१९ मा भारतमै भएको थाइल्यान्ड र स्विडेन समेत सम्मिलित यु १७ त्रिदेशीय प्रतियोगितामा आफूलाई अझ उत्कृष्ट रुपमा पस्किइन् । र आफूलाइ उदीयमान खेलाडीको रुपमा उभ्याइन् । 

यद्पी, डेनेर्बीको प्रशिक्षणमा उनी स्ट्राइकरबाट रक्षकको भूमिकामा परिवर्तन भइन् । उनमा विपक्षी खेलाडीलाई रोक्ने उत्कृष्ट कलाहरु पनि छ । 

‘मलाई गोल गर्न र नेइमारको जस्तै सेलिबे्रशन गर्न मन पर्छ । तर अहिले म सर्जियो रामोसलाई पछ्याउछु र म सेन्ट्रल ब्याकमै खेलिरहेको छु,’ उनले भनिन्, ‘म प्रशिक्षकसँग छिट्टै प्रशिक्षण सुरु गर्थेँ तर सिनियर राष्ट्रिय टोलीसँगको प्रशिक्षण निकै फरक हुन्छ । निकै दौडनुपर्छ र प्रशिक्षण तिव्र रुपमा गर्नुपर्छ ।’ 

उनले टोलीको रक्षात्मक आकारलाई प्रशिक्षकको नीतिअनुसार बनाइराख्न सिकिरहेकी छिन् । प्रशिक्षणमा उनलाई मन पर्ने कुरा सुटिङको अभ्यास हो । उनले एसियन कपको अन्तिम टोलीमा पर्न परिपक्व रक्षात्मक कौशल देखाउनु पर्ने कुरा पनि बुझेकी छिन् । 

राष्ट्रिय टोलीमा स्थान बनाउनु निकै मुश्किल कुरा लागे पनि सिल्कीले आफूलाई भारतीय टोलीको हिस्सा बनाइन भने त्यो आश्चर्यजनक नहुने देखिन्छ । 

‘रक्षकको भूमिकामा मैले आफूभित्र अझै धेरै गुणहरु विकास गर्न आवश्यक छ । मैले अझै ट्याकलको टाइमिङ र अन्य केही डिफेन्सिभ भुमिकालाई उत्कृष्ट बनाउनु छ,’ उनले सुनाइन्, ‘हामीले यहाँ धेरै सुविधा पाएका छौं । यहाँ जिमको सुविधा छ, प्रशिक्षणका लागी राम्रो मैदान छ र मैले यो अवसरको धेरैभन्दा धेरै उपयोग गर्नु छ । सर्वप्रथम म भारतको राष्ट्रिय महिला टोलीमा स्थान बनाउन चाहन्छु । यो मेरो पहिलो लक्ष्य हो ।’

२०२० को यु १७ विश्वकप रद्ध भएपछि सिल्की निक्कै निराश भएकी थिइन् । तर राष्ट्रिय टोलीको प्रारम्भिक सुचिमा नाम परेपछि भने उनमा आफ्नो आकाक्षां पूरा गर्ने नयाँ चमक आएको छ । 

१५ वर्षीय किशोरीले राष्ट्रिय टोलीमा स्थान बनाउनु निकै मुश्किल कुरा लागे पनि सिल्कीले आफूलाई भारतीय टोलीको हिस्सा बनाइन भने त्यो आश्चर्यजनक नहुने देखिन्छ । 

(फुटबलको अन्तर्राष्ट्रिय समाचार संस्था गोल डटकमबाट)

प्रतिक्रिया दिनुहोस

\