Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

अमेरिकाका कप्तान सौरभमाथि आइसीसीकोे कारवाही

काठमाडौ, (खेलाडी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) ले खेल भावना विपरित कार्य गरेको भन्दै अमेरिकाका कप्तान सौरभ नेत्रभाल्करलाई कारबाही गरेको छ ।

ओमानमा जारी विश्व क्रिकेट लिग दुई अन्तर्गत पहिलो खेलमा सोमबार नेपालका ब्याट्सम्यान कुशल मल्ललाई एक रनमा पवेलियनको बाटो देखाएपछि नेत्रभाल्करले उनलाई गिज्जाएका थिए ।
आइसीसील बिज्ञप्ती जारी गर्दै नेत्रभाल्करले आइसीसीको खेलाडी आचारसंहिताको धारा २.५ उल्लंघन गरेको जनाएको छ । 

धारा २.५मा  विपक्षी टिमका ब्याट्सम्यान आउट भएको बेला आपत्तिजनक शारीरिक हाउभाउ, भाषा तथा अपमानजनक व्यवहार गर्नु नपाइने उल्लेख छ ।

आइसीसीले नेत्रावल्करलाई कारबाही स्वरूप एक अंक घटुवा गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षमा ४ अंक घटुवा भएमा उक्त  खेलाडीले एक टेष्ट वा दुई सिमित ओभरका खेल गुमाउन उल्लेख छ ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । यी दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

\