Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

बेल्जियम विश्वकपको छनोट नजिक

पेरिस, (खेलाडी)- बेलारुसमाथि १-० को साँघुरो जित हासिल गर्दै बेल्जियमले गए राति अर्को वर्ष कतारमा हुने विश्वकप २०२२ मा सोझै छनोट हुने यात्रामा गतिलो फड्को मारेको छ । 

फिफा विश्व वरियताको शीर्ष स्थानमा रहेको टोलीले जारी अन्तर्राष्ट्रिय ब्रेकका तीन खेलमा सतप्रतिसत नतिजा निकाल्दै युरोपेली छनोटको समूह ‘इ’बाट सोझै कतारको टिकट काट्ने सम्भावना बलियो बनाएको हो । 

डेनिस प्राइटको गोल निर्णायक बनेपछि ६ खेलमा १६ अंक जोडेको बेल्जियमले अब समूह विजेताका रुपमा सोझै कतारको यात्रा पक्का गर्नका लागि बाँकी दुई खेलमा एक जित हासिल गरे पर्याप्त हुन्छ । 

बेल्जियम १६ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदा दोस्रो तथा तेस्रो स्थानमा रहेका चेक गणतन्त्र र वेल्सको खातामा सात अंकमात्र छ । चेक गणतन्त्रले पाँच खेल खेलेको छ भने वेल्सले चार खेलमात्र खेलेको छ । 

समूहमा गए राति नै भएको अर्को खेलमा वेल्सले पुछारको इस्टोनियासँग गोलरहित बराबरीमा चित्त बुझाएको थियो । चार खेल खेलेको इस्टोनियाले यही बराबरीबाट समूहमा अंकको खाता खोलेको थियो । 

प्रतिक्रिया दिनुहोस

\