आश्विन १, २०८१ मंगलबार | ०१:२९:४४
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन १०औं राष्ट्रिय खेलकुद

दशौं राष्ट्रिय खेलकुदलाई प्रतिबद्ध कर्णाली

पोखरा । गण्डकी प्रदेशले गत साता नवौं राष्ट्रिय खेलकुद सम्पन्न गर्यो । पहिलो पटक प्रदेश आफैले राष्ट्रिय खेलकुद आयोजकको अपनत्व लिने विश्वास थियो । तर केन्द्र(राष्ट्रिय खेलकुद परिषद्) हावी हुँदा कम्तिमा खेलकुदमा देशले अंगिकार गरेको प्रादेशिक संरचनाले काम गरेन ।

खेलाडी छनोटको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिएको रटान लगाइ रहेको राखेप केही खेलको छनोट प्रक्रियामा आफै हावी हुँदा छनोट नै विवादित बन्यो । राष्ट्रिय खेलकुदको छनोट विवाद अदालतसम्म पनि पुग्यो ।

दशौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएपछि कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र संजेलको पहिलो प्रतिक्रिया थियो, प्रदेश सरकारले नै अपनत्व लिए मात्र खेल महोत्सव व्यवस्थित ढंगबाट निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ ।

नवौं राष्ट्रिय खेलकुद समापनको पूर्वसन्ध्यायामा राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखी ९ गते सम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय लियो ।

दशौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएपछि कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र संजेलको पहिलो प्रतिक्रिया थियो, प्रदेश सरकारले नै अपनत्व लिए मात्र खेल महोत्सव व्यवस्थित ढंगबाट निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ ।

यसअघिका राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथीबाट आगामी संस्करणको झण्डा सम्बन्धित जिल्ला/विकास क्षेत्र/प्रदेशका खेलकुद प्रमुखले लिने चलन थियो । यस पटक समापन समारोहमा दशौं राष्ट्रिय खेलकुद आयोजनको झण्डा प्रधानमन्त्री शेरबहादुर देउवाबाट कर्णाली प्रदेशका समाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लिए ।

‘हाम्रा लागि ठूलो चुनौती भनेको पूर्वाधार निर्माणको कार्यसम्पन्न गर्दै निर्धारित मितिमै राष्ट्रिय खेदकुद आयोजना गर्नु हो,’ मन्त्री क्षेत्रीले भने, ‘त्यसका लागि प्रदेश खेलकुद परिषद्को एकल प्रयासमा केही हुँदैन । नेपाली खेलकुदकै महाकुम्भको आयोजना अधिकार पाएका छौ । त्यो हामी सबै कर्णालीबासीका लागि गौरवको कुरा हो । त्यसैले यसलाई निर्धारित समयमै आयोजना गर्र्ने जिम्मेवारी पनि कर्णालीकै हो । प्रदेश सरकारले नै दशौं राष्ट्रिय खेलकुदको सम्पूर्ण स्वामित्व लिनेछ ।’

‘हामी पक्कै पनि अन्य प्रदेशको तुलनामा खेलकुद पूर्वाधारमा मात्र नभई अन्य पक्षमा समेत पछि रहँदै आएका छौ,’ संजेलले भने, ‘तर दशौै राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाउनु हाम्रा लागि विशेष क्षण हो । हाम्रा लागि प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नु ठूलो चुनौती हो । तर, पूर्वाधारलाई बहाना बनाएर हामी पन्छिने छैनौ । हामी प्रतियोगिता निर्धारित समयमै आयोजना गर्न प्रतिबद्ध छौं । तत्काल तयारीमा जुट्छौं ।’

संजेलले कर्णाली प्रदेश सरकारले ६ महिना अघि नै गौरवको आयोजना भन्दै खेलकुद पूर्वाधार निर्माण कार्य सुरु गरिसकेकाले पूर्वाधार निर्माणको विषयले प्रतियोगिता पछि नसर्ने विश्वास दिलाए ।

'हामी प्रदेश खेलकुद परिषद्ले मात्र दशौं राष्ट्रिय खेलकुदको अपनत्व लियोस् भन्ने चाहदैनौं । कर्णालीका लागि यो गर्वको क्षण हो, त्यसैले कर्णाली सरकारले नै दशौं राष्ट्रिय खेदकुदको अपनत्व लिनु आवश्यक छ । त्यसो हुँदा प्रदेश र केन्द्रबीच तालमेल अभाव देखिदैन,’ संजेलले भने ।

प्रदेश संरचनामा पहिलो पटक गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद आयोजना गरे पनि सम्पूर्ण अधिकार केन्द्रमै निहित भएजस्तो देखिएको उनको बुझाई रहयो । छनोट प्रतियोगिता प्रादेशिक संरचनामा गराइए पनि केन्द्र धेरै हावी हुँदा प्रदेश र केन्द्रबीच टसल उत्पन्न भएको र त्यसले समग्र राष्ट्रिय खेलुकद प्रभावित भएको उनले बताए ।

‘तर हामी त्यस्तो हुन दिने पक्षमा छैनौं । हामी प्रदेश खेलकुद परिषद्ले मात्र दशौं राष्ट्रिय खेलकुदको अपनत्व लियोस् भन्ने चाहदैनौं । कर्णालीका लागि यो गर्वको क्षण हो, त्यसैले कर्णाली सरकारले नै दशौं राष्ट्रिय खेदकुदको अपनत्व लिनु आवश्यक छ । त्यसो हुँदा प्रदेश र केन्द्रबीच तालमेल अभाव देखिदैन,’ संजेलले भने ।

संजेलले यस पटक प्रदेशलाई आयोजना अधिकार दिए पनि खेलाडीको लत्ता कपडा लगायतका अन्य विषयमा केन्द्र हावी भएकाले व्यवस्थापकीय कमजोरी बढि देखिएको बताए ।

गत साता नवौं राष्ट्रिय खेलकुदको समापन चलिरहँदासम्पन्न भइरहँदा दर्शकदिर्घामा एउटा विषयले चर्चा पाइरहेको थियो, ‘१३औं दक्षिण एसियाली खेलकुल (साग) को बाहानामा जसोतसो निर्माण भएको पोखरा रंगशालामा त्यसपछि पूर्वाधार निर्माणमा सिन्को भाँचिएन । आवश्यक पूर्वाधार हुँदा समेत प्रतियोगिता निर्धारित मितिमा हुन सकेन । अब कर्णालीमा बन्ला त पूर्वाधार ? कर्णालीले समयमै गर्ला त राष्ट्रिय खेलकुद ?’

२०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदको चार दशक बित्दा भर्खर नवौं संस्करण सम्पन्न भएको छ । यस्तो परिस्थितीमा कर्णालीले १०औं संस्करण आयोजनाको अधिकार पाउँदा खेलप्रेमीमाझ यस्ता चर्चा हुनु स्वभाविक हो ।

पदक तालिकामा सधै पुछारमा रहँदै आएको कर्णालीका लागि दुई वर्षपछि सफल आयोजनामात्र नभई मैदानको प्रतिस्पर्धामा अब्बल सावित हुनुपर्ने चुनौती पनि छ । त्यसैले सफल आयोजनाका लागि पूर्वाधार निर्माणसँगै आफूले जित्नका लागि खेलाडीको तयारी पनि तत्काल थाल्ने योजना उनले सुनाए ।

दर्शकदिर्घाको चर्चामा शंका र प्रश्नमात्र थिएनन् । एउटा आशा र विश्वास पनि थियो । भन्दै थिए, ‘काठमाडौंले पहिलो राष्ट्रिय खेलकुद, आठौं साफ र १३औं सागका नाममा धेरै पूर्वाधार पायो । पोखरामा पनि पहिलो पटक पूर्वाधार बनेको २०४० को दोस्रो राष्ट्रिय खेलकुद हुँदा त हो ।त्यसपछि १३औं साग गर्दा केही थपियो । अब कर्णालीमा पनि पहिलो पटक राष्ट्रिय खेलकुद जाने भएको छ । त्यहाँ केही पनि नभएकाले यसको बहानामा अन्य क्षेत्रको तुलनामा कर्णालीमा धेरै पूर्वाधार बन्नेछन् । पछिल्ला संस्करणहरुमा भन्दा पूर्वाधार निर्माणले यसपाली बढि महत्व पाउनेछ ।’

पूर्वाधारकै कारण खेल नसार्नेमा कर्णाली प्रदेश प्रतिबद्ध छ । साथै नवौंमा जस्तो अव्यवस्थित तरिकाले खेल नगराउनका लागि पनि कर्णाली सचेत छ । त्यसका लागि कर्णालीले १०औं संस्करणमा खेलका लागि खेलको संख्या थप्ने कामलाई निरुत्साहित गर्ने योजना बनाएको छ । आफ्नो प्रदेशको मौलिकता झल्कने खेल समावेश गर्न प्रयास गर्ने, तर अरु खेलको संख्या घटाउने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव संजेलले बताए ।

पदक तालिकामा सधै पुछारमा रहँदै आएको कर्णालीका लागि दुई वर्षपछि सफल आयोजनामात्र नभई मैदानको प्रतिस्पर्धामा अब्बल सावित हुनुपर्ने चुनौती पनि छ । त्यसैले सफल आयोजनाका लागि पूर्वाधार निर्माणसँगै आफूले जित्नका लागि खेलाडीको तयारी पनि तत्काल थाल्ने योजना उनले सुनाए ।

‘हामीले यस पटक ३६ मध्ये ३० खेलमा सहभागिता जनायौं । हामीले दुई स्वर्ण पदक जित्यौं । त्यो पनि आफैमा उपलब्धी हो । हामी पदकविहिन भएनौं,’ संजेलले थपे, ‘दशौं राष्ट्रिय खेलकुदमा हामी प्रतियोगितामा समावेश खेलको संख्या घटनाउने योजनामा छौं । साथै कर्णाली प्रदेशको मौलिक पहिचानको रुपमा रहँदै आएको अल्ट्रा म्याराथन र घोडचढीलाई समावेश गर्न विशेष पहल गर्नेछौ । हामीले नवौैं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कांस्य पदक विजेतालाई एक लाख रुपैयाँ लिने निर्णय गरेका छौं । जसले खेलाडीको मनोबल बढ्ने र आगामी संस्करणमा थप पदक जित्न प्रेरणा मिल्ने विश्वास लिएका छौं ।’

कीर्तिमानी धावक तथा प्रशिक्षक हरि रोकाया प्रदेश सरकारले पोखराबाट फर्केलगत्तै पूर्वाधारसँगै आफ्नो प्रदेशको टोलीको प्रशिक्षण सुरु गर्नुपर्ने बताउछन् ।

‘हामीसँग कर्णाली प्रदेशमा खेलाडी नभएका होइनन । राम्र्रा खेलाडीलाई संरक्षण गर्न नसक्दा हामीले पदक तालिकामा उल्लेख्य उपस्थिती जनाउन सकेका छैनौं । हाामीले दशौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार पाएका छौं । जसबाट हामी निकै उत्साही छौं,’ रोकायाले भने, ‘म प्रदेश सरकार र प्रदेश खेलकुद परिषदलाई आजैबाट पूर्वाधार र प्रदेशको टोलीको तयारी पनि एकसाथ अघि बढाउन आग्रह गर्न चाहन्छु । हामीले त्यसका लागि भएका खेलाडीको संरक्षण गनुपर्छ । उनीहरुलाई उचित रोजगारी र प्रशिक्षणको व्यवस्था मिलाउन सक्नुपर्छ ।’