फाल्गुन २७, २०८२ बुधबार | १७:११:५३
च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित
शनिबारको दिन ब्ल्याक लाइभ म्याटर्स

'ब्ल्याक लाइभ्स म्याटर'

रोयटर्स । विश्व खेलकुदमा समय–समयमा रङ्गभेदी दुव्र्यहार भएका घटना बाहिरिइरहन्छन् । त्यसमाथि पनि जर्ज फ्लोयडको हत्यापछि रंगभेदको विरुद्धमा सुरु भएको  दि ब्ल्याक लाइभ्स म्याटर (बिएमएल) अभियानले सन् २०२१ मा अझ तीब्रता पायो । यसअघि विरोधसभा र बहसमा मात्र सीमित यो कदम कार्यन्वयनको चरणमा प्रवेश गर्यो । यो वर्ष खेलाडीहरुले नै यसमा अग्रसता देखाए ।

टेनिस कोर्टदेखि फुटबल मैदान मात्र नभएर फर्मुला वानका खेलाडीले पनि सन् २०२० सम्म सामाजिक संजालमार्फत् मात्र यो अभियानमा सहभागी हुने गरेका थिए । तर अब यो अभियान सामाजिक संजाल र मैदानमा मात्र सीमित रहेन । यो अभियान बितेको एक वर्षमा थप प्रभावकारी देखिएको छ ।

कुनै लिग अथवा उत्तर अमेरिकाको टोलीमा समावेशिता देखिएको छ भने त्यो वर्ष २०२१ मै हो । रंगभेदी दूर्व्यवहारको उन्मुलनका लागि खेलाडी र समर्थकको चर्चा दबाब कै कारण सम्बोधनको विषय बन्दै आएको छ ।

‘हामी हाम्रो लिगलाई नयाँ ढाँचामा अघि बढाउने प्रयासमा छौं,’ मेजर लिग सकरका कमिस्नर डन गार्बरले भने, हामीले पछिल्ला वर्षहरुमा के भएको थियो भन्ने बारे थाहा पाउनु जरुरी छ र त्यस्तै प्रकृतीका घटना नदोहोरियोस् भनेर सतर्क रहन पनि आवश्यक छ ।

‘हामीले सबै प्रतियोगिताहरुलाई समावेशी बनाउने निर्णय लिएका छौं र यो त्यति सहज भने छैन । तर हाम्रो यो कार्यले केही परिवर्तन भने अवश्य ल्याउने छ,’ उनले भने ।

जर्ज फ्लोयडको हत्यापछि विश्वभरका खेलाडीहरु रंगेभदी दूर्व्यवहारविरुद्धको यो अभियानमा जोडिएका थिए । प्रहरीले घुँडा टेकाएर नौ मिनेट सम्म घाँटी अठ्याउँदा उनको मृत्यु भएको थियो ।

फ्योडको हत्यापछि यो अभियानले अझै तिब्रता पाएको हो । वर्ष २०२१ मा विश्वभर भएका विभिन्न खेल सुरु हुनुअघि खेलाडीहरुले मैदानमा घुँडा टेकेर बिएलमएम अभियानमा समर्थन जनाउँदै आएका थिए ।

जापानी टेनिस स्टार नामोमी ओसाकाले युएस ओपन दौरान प्रयोग गरेको मास्कमा अमेरिकी प्रहरीले हत्या गरिएका पिडितको नाम लेखिएको पाइएपछि यो विश्वभरका संचार माध्यमको उच्च प्राथमिकतामा परेको थियो ।

२०२१ मै एनएफएल फुटबलमा प्रयोग हुने हेलमेटका साथ फर्मुला वानको स्टेरिङमा रंगभेदी दूर्व्यवहार अन्त्य गरौ भन्ने नारा लेखिएको थियो ।

टोकियो ओलम्पिकमा खेलाडीहरुको मानसिक स्वास्थका समाचारहरुले चर्चा पाइरहँदा केही खेलाडीहरुले भने बिएलएम अभियानलाई विश्व खेलकुदको महाकुम्भमा पनि आवाज उठाएका थिए ।

ब्रिटेन, अमेरिका र स्विडेनको महिला सकर टिमले पनि खेलअघि मैदानमा घुँडा टेकेर यससम्बन्धी जनचेताना बढाउने प्रयास गरेका थिए ।

‘अहिले जुन गतिविधीहरु भैरहेको छ, त्यसले रंभगेदी दूर्व्यवहार हटाउन धेरै प्रभावकारी बन्दै गइरहेको छ,’ एनएएसिपीका प्रवक्ता ठ्रोभान विलियम्सले भने, ‘जनचेताना नभएररै यस प्रकृतीका घटना बारम्बार भैरहन्छ । त्यसैले प्रभावकारी जनचेतनाको कार्यक्रम महत्वपूर्ण छ । पछिल्लो १८ महिनामा जे जति पनि कार्यक्रमहरु भएका छन्, ती सबै कार्यहरु प्रभावकारी देखिएको छ ।’