चैत्र १७, २०८२ मंगलबार | १०:१४:०४
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना
शनिबारको दिन इड्लिस प्रिमियर लिग

फेरिएको चेल्सी

काठमाडौं । यसो चेल्सीका पछिल्ला २० वर्षलाई फर्केर हेर्दा ताजुब लाग्न सक्छ । आखिरमा यो क्लब कोही एक व्यक्तिको ‘सन्काहापन’ मा चलेको थियो । रुसी धनाढय रोमन एब्रामोभिचसँग जति पनि पैसा थियो, त्यसले इङलिस प्रिमियर लिगको क्लब चेल्सी किने । मनमा कोही खेलाडी मनपर्यो भने करोडौं तिनेर किन्ने क्षमता पनि थियो अनि व्यवस्थापक आफूले चाहे जस्तै आउँथे । उनलाई मन पर्न छाड्यो कि बर्खास्तगीमा परिहाल्थे । ‘हायर एन्ड फायर’ को रणनीति थियो ।

यसक्रममा चेल्सीले के मात्र जितेन । सबथोक जित्यो । इङलिस प्रिमियर लिगदेखि युरोपेली च्याम्पियन्स लिगसम्म । त्यसैले गर्दा चेल्सीले पूरा विश्वमा प्रशस्त समर्थक पनि कमायो । नेपालमै पनि ठ्याक्कै एउटा पुस्ता चेल्सीका समर्थक भएर निस्किए । तर, अब चेल्सीमा एब्रामोभिचको युग सकिसकेको छ । त्यो इतिहास भयो । यससँगै चेल्सीको नीति पनि फेरिएको छ । चेल्सीले अहिले खराब खेलिरहेको छ, तर ढुक्क हुन सकिन्छ, व्यवस्थापक ग्राहम पोटर बर्खास्तमा पर्ने छैनन् ।

चेल्सीको बोर्डले उनीमाथि प्रशस्त विश्वास देखाएको छ । भएको आखिर के हो त ? यसका लागि फुटबलको मैदानबाट केहीपर जानुपर्छ । त्यो भनेको युक्रेनमाथि रुसले गरेको आक्रमण । यो त सर्बथा निन्दनीय काम थियो नै । यस्तोमा रुस र रुसीमाथि अनेक प्रतिबन्ध लागे । एब्रामोभिच पनि रुसी नै थिए । त्यसमाथि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकै नजिकका । धर्म संकटमा परेका एब्रामोभिचले क्लब बेचे अनि आए नयाँ मालिक टड बोहली ।

न उनी एब्रामोभिच जत्तिको धनी छन् न त उनको आनीबानी एब्रामोभिचको जस्तो छ । बरू उनी भविष्यबारे सोच्ने खालका छन् । हल्का दूरदर्शी पाराका । उनको नीति हो, एकाएक कोही राम्रो खेलाडी किनेर टिम बनाउनु भन्दा बरू युवा खेलाडीमा लगानी गर्ने, एकेडेमीमा पैसा पोख्ने अनि केही वर्षमा त्यसको ब्याज खाने । एक प्रकारले यो ठीकै नीति पनि हो । तर, यसलाई मन नपराउने धेरै हुनसक्छ । यसमा ‘विनिङ मेन्टालिटी’ पाइन्न ।

यो सबै कुरा किन र कहाँबाट निस्क्यो भन्दा चेल्सी भर्खरै एफए कपमा म्यानचेस्टर सिटीको हातबाट नराम्रोसँग पराजित भयो । इत्तिहादमा भएको त्यस खेलपछि चेल्सीका भ्रमणकारी समर्थकले एब्रामोभिच र थोमस टचेलको नाममा नारा लगाउन थाले । अझ यी दुईको जयजयकार गरे भन्दा हुन्छ । पोटर आउनु अगाडि टचेल नै व्यवस्थापक थिए । सायद पोटरलाई पनि हल्का रिस उठेको हुनुपर्छ । उनले भनिहाले, ‘अबको समय चेल्सी एब्रामोभिचको पालामा जस्तो चल्दैन । यो नयाँ समय हो ।’

न चेल्सीलाई उपाधि जित्ने रहर छ न त रेलिगेसनतिरै पर्नेछ । युरोपतिरको सपना त देख्नै छाडिसक्योभन्दा हुन्छ । यस्तोमा पछिल्लो दुई दशक चेल्सीका समर्थकका लागि सपनाजस्तै लाग्न सक्छ । त्यसलाई सम्झेर उदेक मान्न पनि सकिन्छ । साँच्चै चेल्सीमा ती दिन थिए, जतिबेला यसका मालिक एब्रामोभिच थिए ।

यो एक भनाइले ठ्याक्कै दर्शाउँछ, अबको चेल्सी के हो भनेर । साँच्चै चेल्सी फेरिएको छ । चेल्सी एफए कपमा मात्र उत्तानो परेको होइन, लिगमै पनि उसको हालत खराब छ । एफए कपमा त सिटीसँग ४-० ले हार्यो नै । प्रियिमर लिगमै पनि त डगमगाएको अवस्था छ । पछिल्ला ८ खेलमा चेल्सी एकैमा मात्र विजयी भएको छ अनि लाजमर्दो स्थितिमा दसौं स्थानमा छ । तर, पोटरले हरेस खाएका छैनन् । भलै, उनी चर्को दबाबमा छन् । उल्टै भनिरहेका छन्, भविष्यलाई लिएर चिन्ता लिनुपर्दैन ।

यी सबै लक्षणले देखाउँदैन त चेल्सी फेरिएको छ भनेर ? अब चेल्सी ‘मिड-टेबल’ मा बसेर रमाउने टिम भएको छ । न चेल्सीलाई उपाधि जित्ने रहर छ न त रेलिगेसनतिरै पर्नेछ । युरोपतिरको सपना त देख्नै छाडिसक्योभन्दा हुन्छ । यस्तोमा पछिल्लो दुई दशक चेल्सीका समर्थकका लागि सपनाजस्तै लाग्न सक्छ । त्यसलाई सम्झेर उदेक मान्न पनि सकिन्छ । साँच्चै चेल्सीमा ती दिन थिए, जतिबेला यसका मालिक एब्रामोभिच थिए ।