डार्विन नुनेज

नुनेजप्रति लिभरपुलको चिन्ता कति जायज ?

लन्डन । एन्फिल्ड रोडको भित्तामा नयाँ लिभरपुलको जर्सी लगाएका महान स्ट्राइकरहरुको पेन्टिङ बन्दै छ । त्यहाँ विगतका उत्कृष्ट फरवार्डहरु इयान रस, रोबि फौलर, लुइस स्वारेजदेखि अहिलेका जल्दाबल्दा फरवार्ड मोहम्मद सालाहसम्म अटाएका छन् ।

रोबर्टो फिर्मिन्हो र सडियो मानेका बीचमा भने लिभरपुलको भविष्य संकेत गरिएको छ, डार्विन नुनेजका रुपमा । प्रिमियर लिगको सुरुआती दिनमै रहँदा त्यो पेन्टिङमा उनलाई पनि समावेश गर्नु लिभरपुलले नुनेजप्रति देखाएको उदारता हो ।

लिभरपुलमा खराब सुरुआत गरेका नुनेजलाई त्यहाँ समावेश गर्न हतार नगरी त्यो स्थानका हकदार उनी हुन् कि होइनन् भन्ने मापन गर्नु वुद्धिमानी हुन्थ्यो । किनभने, त्यहाँ नुनेजबाहेक सबै लिभरपुलका पुज्य अनुहार मात्रै छन् ।

कम्युनिटी शिल्डमा लिभरपुलले सिटीलाई पराजित गर्दा नुनेजले एक गोल गरेका थिए । सोही खेलमा सिटीका फरवार्ड एर्लिङ हालान्डको प्रदर्शन बिर्सनलायक थियो । तर, अहिले त्यो अवस्थाले पूरै कोल्टे फेरेको छ र नयाँ परिवेशको सिर्जना भएको छ ।

नयाँ सिजन सुरु हुनुअघि प्रिमियर लिगलाई म्यानचेस्टर सिटी र लिभरपुलका दुई नयाँ नम्बर नाइनको आमनेसामने भनेर प्रचार गरिएको थियो । जुन अहिले गलत साबित भइरहेको छ । कम्युनिटी शिल्डमा लिभरपुलले सिटीलाई पराजित गर्दा नुनेजले एक गोल गरेका थिए । सोही खेलमा सिटीका फरवार्ड एर्लिङ हालान्डको प्रदर्शन बिर्सनलायक थियो ।

तर, अहिले त्यो अवस्थाले पूरै कोल्टे फेरेको छ र नयाँ परिवेशको सिर्जना भएको छ । नुनेज चाँडै यर्गेन क्लोपको शैलीमा घुलमिल भएर सुरुआती ११ मा नियमित सदस्य बन्ने आसमा छन् भने हालान्ड प्रिमियर लिगका दुर्लभ कीर्तिमान भङ्ग गर्दै करिअरको उत्कृष्ट लयमा पुगेका छन् ।

नुनेजप्रति क्लोपको योजना केही ट्रेनिङ सेसनपछि पूर्णरुपमा परिवर्तन भएको थियो । अहिले नुनेज विकासकै क्रममा भएका खेलाडीको रुपमा छन् । उनले एनफिल्डको वातावरणसँग आफूलाई पूर्णरुपमा घुलमिल नगरी सुरुआती ११ को नियमित सदस्य बनाउन कठिन छ ।

अहिले सडियो माने बायर्न म्युनिख जाने निश्चित नहुँदै लिभरपुलले हतारिएर गरेको नुनेजसँगको सम्झौता समर्थकले सोचे जस्तो उत्कृष्ट नभएको प्रष्टिएको छ ।

हालसम्म नुनेजले प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरी कुल २२९ खेल खेलेका छन् । यसबीचमा उनले क्रिस्टल प्यालेसका योहाकिम एन्डरसनलाई प्रहार गरेबापत तीन खेलको प्रतिबन्ध पनि भोगिसकेका छन् । तर, बेलायती महारानीको निधनका कारण खेलहरु अवरुद्ध हुँदा धेरै खेल गुमाउनु भने परेको छैन ।

क्लोपले ८९औं मिनेटमा मात्रै नुनेजलाई मैदानमा उतारेका थिए । जब जितका लागि एक गोल खोजिरहेको लिभरपुलले अग्ला र लामा पासहरु नुनेजतिर फाल्ने रणनीति अपनाएको थियो । यद्यपि, त्यसपछि उनी लयमा फर्किरहेका देखिन्छन् ।

तर, पछिल्लो समय क्लोपले परीक्षण र विश्वास गरिएका फिर्मिन्हो र चोटमुक्त भएका डिएगो जोटालाई छानिरहेका छन् । यो त्यसबेला पनि पुष्टि भयो जब लिभरपुल ब्राइटनसँग २–२ को बराबरीमा थियो र समर्थकले पनि जोटाको माग गरे र क्लोपले पनि नुनेजको सट्टा पोर्चुगिज फरवार्डलाई नै मैदान प्रवेश गराए ।

क्लोपले ८९औं मिनेटमा मात्रै नुनेजलाई मैदानमा उतारेका थिए । जब जितका लागि एक गोल खोजिरहेको लिभरपुलले अग्ला र लामा पासहरु नुनेजतिर फाल्ने रणनीति अपनाएको थियो । यद्यपि, त्यसपछि उनी लयमा फर्किरहेका देखिन्छन् ।

गत साता लिभरपुल आर्सनलको मैदानमा जाँदा नुनेज शुरुआती ११ मा परेका थिए । र, गोलसमेत गरे । यो साता सिटीलाई घरेलु मैदानमा निम्तो दिँदैछ । अहिलेको अवस्था हेर्दा केही दिनको ट्रेनिङपछि पनि यदि जोटा र फिर्मिन्हो दुबै फिट रहे भने नुनेजले सुरुआती ११ मा मौका पाउने सम्भावना कम छ । तर, क्लोपले आर्सनल र त्यसपछि च्याम्पियन्स लिगमा रेन्जर्सविरुद्ध पनि गोल गरेका नुनेजलाई सिटीविरुद्ध एन्फिल्डमा उतार्न सक्छन् । क्लोपले कीर्तिमानी मुल्यमा अनुबन्धित नुनेजमाथिको दबाब महसुस गरेका छन् । तर, उचित समय नआइन्जेल नुनेजलाई पर्याप्त समय दिन उनले कुनै हतार गर्ने छैनन् ।

‘मलाई थाहा छ, यस्ता चर्चा विश्वभर हुन्छन् । हो उनलाई तीन खेलले सहयोग गरेनन् । त्यो स्पष्ट छ,’ क्लोपले भने, ‘केही दिनअघि मात्रै उनले सहायक प्रशिक्षक पेप लिन्डर्ससँग लामो छलफल गरेका छन् । किनभने, हाम्रा पोर्चुगिज अझै पूर्ण रुपमा फिट छैनन् । त्यसैले हामी शान्त छौं ।’

‘अहिले उनले आफू खराब छु भन्ने नसोचुन् भन्ने हाम्रा लागि महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘उनी घुलमिल हुँदैछन् । नयाँ खेलाडी आउँदा उनीहरुमाथि धेरैको नजर हुन्छ, र सुरुदेखि नै चम्किउन भन्ने चाहन्छन् । तर सधैँ त्यस्तो हुँदैन ।’