चैत्र १४, २०८२ शनिबार | १४:५८:३३
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

इङ्ल्यान्डमा प्रशिक्षक बर्खास्त गर्ने एक बहाना

काठमाडौं । वेस्ट ह्यामले यसै साताको बुधबार दिउँसो मिडियालाई बोलाएको थियो, एफए कपमा हुने आफ्नो खेललाई लिएर । त्यसमा क्लबको तर्फबाट प्रशिक्षक जुलियन लोपेटगुइले बोल्ने कुरा थियो । तर, सोही दिन बिहानै अर्को समाचार आयो, त्यो प्रि-म्याच कन्फ्रेन्स त स्थगित भयो । यस्तोमा त्यो हल्लाले अझ बढी सत्यता पायो । जसले भन्थ्यो, यी स्पेनी प्रशिक्षक बर्खास्त हुँदै छन् ।

बुधबार बेलुकासम्म निश्चित नै भयो । वेस्ट ह्यामले घोषणा नै गर्यो, हामी लोपेटगुइसँग छुटियौं भनेर । यसको अर्थ थियो प्रशिक्षक बर्खास्तगीमा परे । प्रिमियर लिगमा टिमको प्रदर्शन राम्रो हुन सकिरहेको थिएन । यस्तोमा लोपेटगुइ असाध्यै दबाबमा थिए । उनको अनुहारभरि चिन्तैचिन्ता भएको तस्बिर जताततै देख्न पाइन्थ्यो ।

क्लबलाई भने केही खराब भयो कि प्रशिक्षकलाई बर्खास्त गर्ने एउटा बहाना पनि हुनसक्छ । केही अवसरमा यसले काम पनि गर्न सक्छ, केही अवसरमा ठ्याक्कै काम गर्दैन, उल्टै अझ खराव हुन्छ । तर, फुटबलको एउटा सिद्धान्त के पनि हो भने प्रशिक्षकलाई जतिसक्दो बढी समय दिनुपर्छ । 

मे महिनामै मात्र दुईवर्षे अनुबन्धमा उनलाई नियुक्त गरिएको थियो । यस सिजन इङ्लिस प्रिमियर लिगका २० खेलमध्ये वेस्ट ह्याम नौ खेलमा पराजित भइसकेको छ । यस्तोमा टिमले कमाएको अंक भनेकै २३ मात्र थियो । टोली १४ औं स्थानमा थियो । अझ सबैभन्दा डरको कुरा के भने वेस्ट ह्याम रेलिगेसन क्षेत्रबाट ४ अंकमात्र अगाडि छ ।

ह्यारी मग्वायरसँग टेन ह्याग ।

वेस्ट ह्याम व्यवस्थापनलाई डर लागिसकेको थियो, कतै रेलिगेसनमा परियो भने ? यस्तोमा उनीहरूले आफ्ना प्रशिक्षकलाई नै बर्खास्त गर्नु ठीक माने । फुटबलको चलन नै हो । त्यसैले भन्ने गरिन्छ, प्रशिक्षकको नियुक्ति नै वर्खास्तगीकै लागि हो भनेर । लोपेटगुइ आफैं कम्तीका प्रशिक्षक कहाँ थिए र ?

यी ५८ वर्षीय प्रशिक्षकले यसअघि स्पेनी राष्ट्रिय टिममात्र होइन, रियाल मड्रिड पनि हेरिसके । सेभियामा छँदा उनले युइएफए युरोपा लिग पनि जिते । त्यो त अझ सन् २०२० कै कुरा मात्र भयो । तर सन् २०२५ आइपुग्दा उनको नाममा बर्खास्तगीको दाग लागेको छ । यो सिजन आफ्नो जागिर गुमाउनेमा उनी एक्ला प्रशिक्षक भने होइनन्  ।

प्रिमियर लिग क्लबले यो सिजन ६ प्रशिक्षकलाई बर्खास्त गरिसकेका छन् । एरिक टेन ह्याग म्यानचेस्टर युनाइटेड, स्टिभ कुपर लेस्टर सिटीले, ग्यारी ओ’निल उल्भरह्याम्पटन, रसेल मार्टिन साउथह्याम्पटन र शन डाइचे एभर्टनबाट बर्खास्तमा परेका थिए । लिग जति अगाडि बढ्नै जानेछ, यो सूची अझ लम्बिने छ । यसमा कुनै शंका नै छैन । खासमा फुटबलमा प्रशिक्षक हुनु गाह्रै काम हो ।

शन डाइचे ।

क्लबलाई भने केही खराब भयो कि प्रशिक्षकलाई बर्खास्त गर्ने एउटा बहाना पनि हुनसक्छ । केही अवसरमा यसले काम पनि गर्न सक्छ, केही अवसरमा ठ्याक्कै काम गर्दैन, उल्टै अझ खराव हुन्छ । तर, फुटबलको एउटा सिद्धान्त के पनि हो भने प्रशिक्षकलाई जतिसक्दो बढी समय दिनुपर्छ । सफलता नै ठूलो भन्ने अहिलेको जमानामा यो सिद्धान्तले कहाँ काम गर्नु र ?