चैत्र १३, २०८२ शुक्रबार | २१:२४:३८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई
शनिबारको दिन इङ्लिस फुटबल लिग

विदेशी फुटबलमा कमजोर बन्दै ‘राष्ट्रियता’

काठमाडाै‌ । प्रश्न त बन्छ नै । इङ्लिस टिममा किन विदेशी प्रशिक्षक त ? इङ्लिस एफएले भर्खरै आफ्नो टिमको प्रशिक्षकमा थोमस टुसेललाई नियुक्त गरेको छ । एक प्रकारले यो नियुक्ति अप्रत्याशित जस्तै रह्यो ।

बेलायती मिडियालाई त यो फिटिक्कै पचेकै छैन । टुसेल पनि के कम । तिनीहरूलाई जिस्क्याउने भाषामा उनले भनेका छन्, ‘मेरो पासपोर्ट त जर्मन हो है ।’ उनी इङ्लिस टिमका तेस्रो विदेशी प्रशिक्षकमात्रै हुन्, स्वेन गोरान एरिक्सन र फाबियो कापेलोपछि ।

त्यसै पनि फुटबलमा इङ्ल्यान्ड र जर्मनीबीच प्रतिद्वन्द्विता चल्छ । फुटबलको मैदानमा त उनीहरू शत्रु देश नै हुनभन्दा हुन्छ । यो शत्रुताको इतिहास पनि आफैंमा लामो छ । तर, त्यही देशको प्रशिक्षकले अब इङ्लिस राष्ट्रिय टिम सम्हाल्ने छन् । अझ जुन देशमा फुटबल जन्मेको मानिन्छ, जुन देशमा प्रशिक्षकको कुनै कमी छैन, त्यहीं टसेल ? कतै इङ्लिस एफएले एउटा सीमारेखा त पार गरेको छैन, जसलाई अदृश्य रूपमा कायम रहेको मान्न सकिन्छ ?

टुसेलले यसअघि इङ्लिस प्रिमियर लिग क्लब चेल्सी सम्हालेका थिए । उनले जर्मन क्लब बायर्न म्युनिख पनि हेरिसके । चेल्सीका लागि उनले युरोपेली च्याम्पियन्स लिग पनि जितेका छन् । त्यस अर्थमा उनी उम्दा प्रशिक्षक हुन् । 

साँच्चै, अन्तर्राष्ट्रिय फुटबलमा ‘राष्ट्रियता’ कमजोर भएको त होइन ? धेरै हदसम्म हो नै । अब क्लब फुटबल मात्र होइन, अन्तर्राष्ट्रिय फुटबल पनि व्यावसायिक हुन थालेको छ । अब एउटै उद्देश्य मात्र ठूलो भएको छ, जुनसुकै सर्तमा पनि सफलता, उपाधि र जित मात्रै । खासमा इङ्ल्यान्डलाई एउटा ठूलो सफलता चाहिएकै थियो । सन् १९६६ मा इङ्ल्यान्डले विश्वकप जितेको थियो । त्यसयता केही पनि जित्न सकेको छैन । भलै, त्यसको नजिकसम्म भने पुगेको थियो ।

च्याम्पियन्स लिग ट्रफीका साथ थोमस टुसेल । 

त्यसैले इङ्ल्यान्ड फुटबल दबाबमा आएको मान्न सकिन्छ । यो तथ्य फेरि टुसेल जत्ति अरू कसैले बुझेको पनि छैनन् । त्यसैले उनले  भनेका छन्, ‘यो भूमिकालाई अझ धेरै सम्मानित बनाउन मैले सक्दो सबै गर्नेछु ।’ यहाँनिर रमाइलो एउटा तथ्य के भने जर्मनीको राष्ट्रिय टिममा अहिलेसम्म कोही विदेशी प्रशिक्षक आएका छैनन् । अहिले फिफा वरीयताको शीर्ष ९ टिममध्ये चारसँग भने विदेशी प्रशिक्षक छ । यसले पनि अर्थ त राख्छ नै ।

अब इङ्ल्यान्डले जति-जति बेला खेल्नेछ, टुसेल सबैको नजरमा हुनेछन् । सबैले फुटबललाई एक ठाउँमा छाडेर उनकै मात्र चर्चा गर्नेछन् ।

टुसेलले यसअघि इङ्लिस प्रिमियर लिग क्लब चेल्सी सम्हालेका थिए । उनले जर्मन क्लब बायर्न म्युनिख पनि हेरिसके । चेल्सीका लागि उनले युरोपेली च्याम्पियन्स लिग पनि जितेका छन् । त्यस अर्थमा उनी उम्दा प्रशिक्षक हुन् । उनको उपयोगितामा कुनै शंका छैन । तर इङ्ल्यान्डभित्रै पनि टचेलको नियुक्तिलाई लिएर विवाद छ । केही फुटबल पण्डितले यसलाई लिएर गम्भीर प्रश्न उठाइरहेका छन् । धेरैले यसलाई स्वाभाविक मान्न सकेका छैनन् ।

अझ केहीले त यसलाई इङ्लिस फुटबलकै असफलता मानेका छन् । हुन पनि, इङ्ल्यान्डसँग विश्वकै सर्वाधिक लोकप्रिय लिग छ, इङ्लिस प्रिमियर लिगका रूपमा । यो लिगको युरोपमै पनि ठूलो प्रभाव र वर्चस्व छ । यति हुँदा-हुँदै पनि इङ्ल्यान्डले त्यस्तो एक प्रशिक्षक पनि उत्पादन गर्न सकेन, जसले ढंगले इङ्लिस फुटबललाई चलाओस । अब इङ्ल्यान्डले जति-जति बेला खेल्नेछ, टुसेल सबैको नजरमा हुनेछन् । सबैले फुटबललाई एक ठाउँमा छाडेर उनकै मात्र चर्चा गर्नेछन् ।

बायर्न म्युनिखको प्रशिक्षक रहँदा थोमस टुसेल ।