चैत्र १७, २०८२ मंगलबार | ०१:४१:०९
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट
शनिबारको दिन इटालियन सिरी ए

इटालीमा फेरिएका प्रशिक्षकको हुल

काठमाडौं । यसपल्ट इटालीको घरेलु फुटबलमा अचम्म नै भयो भन्दा हुन्छ । त्यहाँको घरेलु लिग सिरी ‘ए’ शनिबार सुरु हुँदै छ । यस लिगमा २० टिम हुन्छन्, त्यो त सबैलाई थाहा छ । त्यसमध्ये १४ टिमले यसपल्ट लिगमा नयाँ प्रशिक्षकसहित खेल्नेछन् ।

त्यो भनेको यसपल्ट इटालीमा फेरिएका प्रशिक्षकको हुल रहेको छ भन्दा हुन्छ । यसरी नयाँ जिम्मेवारीसहित मैदानमा उत्रन लागेका एक प्रशिक्षक हुन्, एन्टोनियो कोन्टे ।

कोन्टे यसपल्ट नेपोलीका प्रशिक्षक छन् । गत सिजन नेपोलीले सबैभन्दा खराब तरिकाले उपाधि रक्षा गर्ने अभियान चलाएको थियो । डिफेन्डिङ च्याम्पियनका रूपमा नेपोली मैदानमा उत्रेको थियो । तर लिग समाप्तिमा पुग्दा टोली पुग्यो दसौं स्थानमा ।

कोन्टे युभेन्ट्सको प्रशिक्षक छँदा एक दशक जति समय यो क्लबले इटालीको घरेलु फुटबलमा वर्चस्व जमाएको थियो । 

यो भन्दा खराब अब के हुन सक्छ र ? यसपल्ट यस्तो हुने छैन, यी अनुभवी प्रशिक्षकले नेपोलीलाई फेरि उपाधिको प्रत्याशी बनाउने छन् । अन्तिम लिग तालिकामा नेपोली शीर्षको इन्टर मिलानभन्दा १९ अंकले पछाडि परेको थियो ।

कोन्टे युभेन्ट्सको प्रशिक्षक छँदा एक दशक जति समय यो क्लबले इटालीको घरेलु फुटबलमा वर्चस्व जमाएको थियो । पछि उनले चेल्सी हेरे अनि टोटनहम । लन्डनमा छँदा उनले टोटनहमका लागि भने राम्रो गर्न सकेनन् । त्यसैले यसपल्ट उनीसामु इख फेर्ने अवसर छ । लिगमा यस्ता ६ टिम छन्, जसले आफ्ना प्रशिक्षक फेरेनन्, पुरानामै कायम रहे ।

त्यसमा एक इन्टर पनि हो । गत सिजन सिमोन इन्जाघीको प्रशिक्षणमा इन्टरले उपाधि जितेको थियो । यसअघि उनी कप उपाधि जित्न माहिर थिए । इन्टरका लागि अन्ततः उनले लिग उपाधि पनि जिते । यसपल्ट उनमा पनि फेरि एकपल्ट उपाधि जित्ने धोको रहने छ ।

त्यसैले त इन्टरले केही नयाँ खेलाडी किनेर आफूलाई अझ बलियो बनाएको छ । त्यसैले सिधा-सिधा भन्दा यसपल्ट सिरी ‘ए’ मा इन्टर नै उपाधिको सबैभन्दा बलियो प्रत्याशी हो ।

इटालीको राष्ट्रिय टिमको प्रदर्शनसमेत आफैंमा कमजोर रहेको स्थिति छ । यस्तोमा यसपल्टको सिरी ‘ए’ ले धेरैको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।

उपाधि होडमा रहने दुई क्लब पुरानै प्रशिक्षकमा कायम छन् । ती एटलान्टा र रोमा हुन् । एटलान्टाले फेरि एकपल्ट जियान पिएरो गास्पेरिनीकै नेतृत्वमा खेल्नेछ । रोमा भने फेरि डानियल डी रोसीकै जिम्मामा छ ।

इन्टरको छिमेकी तथा उपाधिको अर्को दाबेदार एसी मिलानमा भने प्रशिक्षकका रूपमा पाउलो फोनसेका आएका छन् । टोरिनोमा पाओलो भनोली भित्रिएका छन् ।युभेन्ट्सलाई भने थिएगो मोटाले हाँक्ने छन् । सिरी ‘ए’ मा पछिल्लो समय एउटै खास टिमलाई असाध्यै बलियो मान्न सकिने अवस्था छैन । यो लिगकै लागि राम्रो हो । तर, इटालीका टिम युरोपेली च्याम्पियन्स लिगमा भने केही कमजोर देखिने गरेका छन् ।

यो भने चिन्ताको विषय हो । इटालीको राष्ट्रिय टिमको प्रदर्शनसमेत आफैंमा कमजोर रहेको स्थिति छ । यस्तोमा यसपल्टको सिरी ‘ए’ ले धेरैको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।