चैत्र १, २०८२ आइतबार | ०४:०७:२४
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा
शनिबारको दिन लियोनल मेसी - क्रिस्टियानो रोनाल्डो

जसको नामै सुन्दा रिसाउँछन् रोनाल्डो

काठमाडौं । सबैलाई थाहा छ, आधुनिक फुटबलले देखेका सबैभन्दा उच्च दर्जाका दुई खेलाडी हुन्, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । उनीहरूको खेल एकैसमय हेर्न पाएकाले पनि धन्य हो भनिन्छ ।

खासमा उनीहरू प्रतिद्वन्द्वी खेलाडी पनि हुन् । कुनै समय उनीहरू स्पेनमा खेल्थे । मेसीको क्लब बार्सिलोना थियो भने रोनाल्डोको रियल मड्रिड । यी दुई क्लबका लागि खेल्न खेलाडी–खेलाडीबीच मज्जाले शत्रुभावना पनि हुने नै भयो ।

यसबीच प्रश्न हो, के मेसी र रोनाल्डो साथी साथी हुन् त ? दुईबीच एक आपसमा मित्रभावना र सम्मान पनि छ त ? सायद छैन । कम्तीमा रोनाल्डोको पक्षबाट ।

पछिल्ला केही घटनाले यस्तै पुष्टि गर्छ । त्यसमध्ये पनि एक घटना त हालै मात्र भएको छ साउदी अरेबियामा । रोनाल्डो साउदी प्रो लिगमा खेलिरहेका छन् अल–नासरका लागि । अल–नासरको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिममध्ये एक हो अल–सबाब । भर्खरै यी टिमबीच खेल भएको थियो ।

खेल भने अल–सबाबको पक्षमा ३–२ ले टुंगियो । त्यसमा अल–सबाबका समर्थकले रोनाल्डोलाई चिढाउन त्यही अस्त्र प्रयोग गरे, जुन अचुक हुने गर्छ । जतिबेला रोनाल्डोको खुट्टामा बल हुन्थ्यो, ती समर्थकहरूले ‘मेसी–मेसी’ भनेर नारा लगाउँथे । एकपल्ट होइन, दुईपल्ट होइन, धेरै पटक भनिएपछि रोनाल्डोको धैर्य नै टुट्यो । सबैलाई थाहा छ, रोनाल्डो पर्याप्त मात्रामा ‘एरोगेन्ट’ छन् । उनले मेसी–मेसी भनेको सुन्नै सकेनन् र त्यसको प्रतिक्रिया दिइहाले ।

रोनाल्डोले अल–सबाबको समर्थकतिर फर्केर फोहोरी संकेत गरे, जुन अश्लिल थियो । कारबाहीको रूपमा साउदी फुटबल संघले उनलाई ३० हजार साउदी रियाल जरिवाना तोकेको छ र एक खेलको प्रतिबन्ध पनि लगाएको छ ।

अझ निर्णयमा के भनिएको छ भने रोनाल्डोले यसविरुद्ध अपिल गर्न पाउने छैनन् । भनेपछि सजाय सुनाइयो, यो लागू हुनेछ । त्यसो त यति रकम रोनाल्डोका लागि केही पनि होइन । मूल प्रश्न हो, मेसीको नाम लिँदा रोनाल्डोलाई रिसचाहिँ किन उठ्छ ?

सन् २०२२ को अन्त्यतिर म्यानचेस्टर युनाइटेडबाट अल–नासर आएका ३९ वर्षीय पोर्चुगाली खेलाडीको जति धेरै प्रशंसक र समर्थक छन्, उत्तिकै उनका विरोधी र मन नपराउने पनि छन् ।

उनी कति राम्रा खेलाडी हुन्, यसमा कुनै शंका छैन । तर कहिलेकाहीं उनको व्यवहारले उनकै समर्थकलाई पनि निराश पार्ने गर्दछ । अल–सबाबको समर्थकप्रति उनले जे जस्तो व्यवहार प्रदर्शन गरे, त्यो असह्य नै छ । उनी जत्तिको खेलाडीले यस्तो गरिरहनु आवश्यक नै छैन ।मेसी समर्थकहरू के पनि मान्छन् भने मेसीको सफलताले रोनाल्डोलाई ईष्या लाग्ने गर्छ । क्लब फुटबलमा दुवैले समान सफलता प्राप्त गरेका छन् । तर, मेसीले जसरी अर्जेन्टिनाका लागि विश्वकप जिते, त्यस्तै प्रदर्शन रोनाल्डोले पोर्चुगलका लागि गर्न सकेनन् ।

तटस्थ बस्न रूचाउनेका लागि रोनाल्डोभन्दा केही प्रिय मेसी नै हुने गर्छ । मेसीले कहिले पनि अनावश्यक हर्कत गर्ने गरेका छैनन्, जस्तो रोनाल्डो गर्छन् । अनि मेसी भर्सेस रोनाल्डोको कथा पनि कहिल्यै सकिने छैन ।