चैत्र १७, २०८२ मंगलबार | ०७:२७:२०
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा
शनिबारको दिन नेपाल सुपर लिग

एनएसएल डेब्यूको सुख बटुलेकाहरू

काठमाडौं । कुनै पनि ठूलो प्रतियोगितामा खेल्न पाउनु महत्त्वपूर्ण र सुखद सुख हो । यस्तै अनुभवबाट गुज्रिए झापा एफसी, स्पोर्टिङ इलाम र वीरगन्ज युनाइटेड । यी तिनै तीन त्यस्ता टिम हुन्, जसले दोस्रो संस्करणको नेपाल सुपर लिगमा डेब्यु गरे ।

यसअघि ०७८ सालको संस्करणमा सात टिम थिए । त्यसमध्ये विराटनगर एफसीले यसपल्ट खेल्दै खेलेन । त्यसको स्थानमा आए झापा, इलाम र वीरगन्ज । संयोगले तीनै टिम प्लेअफ पुग्न सकेनन् । त्यसमध्ये दुई टिम त अंकतालिकाको पुछारमा जस्तै रह्यो ।

सायद यो अर्थमा झापा धेरै हदसम्म अभाग्यशाली देखियो । झापा १० अंकसहित पाँचौं स्थानमा थियो । शीर्ष चारबाट निकै नजिक । नजिक पनि कति धेरै भने अन्तिम लिग तालिकामा समान १० अंकमा तीन टिम थिए । ललितपुर सिटी एफसी, झापा अनि बुटवल–लुम्बिनी एफसी ।

यसरी तीन टिम समान अंकमा रहेपछि तिनीहरूबीच गोल अन्तरको आधारमा ललितपुर सिटी प्लेअफ पुग्यो । त्यसैले पनि झापाका स्पेनी प्रशिक्षक ओरियल मोडेहानाले भनेका थिए, ‘यो यात्रा निकै भावनात्मक रह्यो ।’

प्राप्त ४-१ को जित भने सधैं सम्झनलायक रहनेछ । त्यसमा विलियम ओपुकुले ह्याट्रिक समावेश थियो, जुन प्रतियोगिता इतिहासकै दोस्रो मात्र ह्याट्रिक हो ।

झापाले सुरुआती ४ खेलमा ३ अंकमात्र बटुलेको थियो, त्यसले टोलीलाई अन्ततः घाटा पुर्यायो । टोलीका गोलरक्षक स्टेफेन क्युपिचले लगातार ५ खेलमा कुनै गोल नखाएर उत्कृष्ट प्रदर्शन गरेका थिए । झापालाई सबैभन्दा ठूलो आघात परेको भनेको लिग चरणको आफ्नो अन्तिम खेलमा एफसी चितवनसँग २-० ले पराजित हुनु रह्यो । बाँकी दुई टिमको प्रदर्शन लगभग खराबजस्तै थियो । वीरगन्ज ८ अंकसहित आठौं स्थानमा रह्यो ।

एक समय वीरगन्जको पनि प्लेअफ सम्भावना ब्युँझिएको थियो । तर, टोलीले पनि अन्तिम खेलमा बुटवल–लुम्बिनीसँग १-० को निराशाजनक हार बेहोर्याे । प्राप्त ४-१ को जित भने सधैं सम्झनलायक रहनेछ । त्यसमा विलियम ओपुकुले ह्याट्रिक समावेश थियो, जुन प्रतियोगिता इतिहासकै दोस्रो मात्र ह्याट्रिक हो ।

वीरगन्जको यस्तो प्रदर्शनको प्रमुख कारण भनेको विदेशी खेलाडीको तालमेल मिलाउन नसक्नु प्रस्ट झल्कन्थ्यो । प्रशिक्षक सनोज श्रेष्ठकै भनाइअनुसार पनि टिमले जति पनि विदेशी खेलाडी अनुबन्ध गरेको थियो, त्यो ठीक हुन सकेन । टिमले लिग चरणमा सर्वाधिक धेरै ११ गोल त गर्याे, तर मज्जाले ११ गोल पनि खाएको छ ।

तेस्रो टिम इलाम त ८ अंकसहित पुछारमै बस्यो । प्रतियोगितामा सबैभन्दा पहिले प्लेअफको सम्भावना समाप्त हुने टिम इलाम नै थियो । यो टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै प्रतियोगितामै सबैभन्दा बढी एकपछि अर्को आक्रमण बुन्नु थियो । तर, ती आक्रमण बिरलै मात्र निर्णायक बने ।

प्रशिक्षक मेघराज केसीले माने, त्यसमध्ये केही मात्र गोल भएको भए पनि पूरा प्रतियोगिताको कथा बेग्लै हुन सक्थ्यो । तर, त्यस्तो भएन, त्यसैले इलामको प्रदर्शनलाई धेरै अर्थमा निराशाजनक मान्नुपर्ने हुन्छ । एउटा तथ्य भने निश्चित छ, यसपल्ट बटुलेको अनुभव उनीहरूलाई अर्को संस्करणमा भने काम लाग्नेछ ।