फाल्गुन २३, २०८२ शनिबार | १०:३१:४२
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन सान्तोस

१ सय ११ वर्षमा सान्तोसको रेलिगेसन, जहाँ पेलेले खेल्थे

काठमाडौं । पेले भन्नेबित्तिकै आउँछ, ब्राजिली फुटबल । अनि सँगै सान्तोस क्लब । जति बेला सन् ६० को दशकमा पेले सान्तोसबाट खेल्थे, यो क्लबले ब्राजिलमात्र होइन, पूरा दक्षिण अमेरिकामै तहल्का मच्चाएको थियो ।

त्यतिमात्र होइन, सान्तोसको ख्याति पूरा विश्वमै फैलिएको थियो । यही क्लब भर्खरै रेलिगेसनमा परेको छ । त्यो पनि कस्तो समयमा भन्दा जतिबेला पेलेको निधन भएको भर्खर एकै वर्षमात्र भएको छ । अझ सान्तोसको १ सय ११ वर्ष लामो इतिहासमा रेलिगेसनमा परेको पनि यो पहिलोपल्ट हो ।

कुल २० टिमसम्मिलित लिगको अन्तिम अंक तालिकामा सान्तोस १७ औं स्थानमा रह्यो । टोलीले प्राप्त गरेको कुल अंक थियो ४३ मात्रै ।

ब्राजिलको माथिल्लो डिभिजनको अन्तिम खेलमा सान्तोस भने फोरटालेजाको हातबाट २-१ ले पराजित रह्यो । यो खेलमा विजयी रहेको भए पनि सान्तोस घटुवामा पर्ने थिएन । यो खेल हेर्न कम्तीमा २० हजार दर्शक सान्तोसको घरेलु मैदानमा आएका थिए ।

यो त्यही मैदान हो, जहाँ पेलेको निधन हुँदा अन्त्येष्टिको कार्यक्रम आयोजना गरिएको थियो । पेलेका समर्थकहरू आएर त्यहाँ उनलाई अन्तिम श्रद्धान्जली दिएका थिए ।

सान्तोस पेलेको मात्र क्लब थिएन, यो अहिलेका स्टार नेयमारको  र रोड्रिगोको पनि क्लब हो । कुल २० टिमसम्मिलित लिगको अन्तिम अंक तालिकामा सान्तोस १७ औं स्थानमा रह्यो । टोलीले प्राप्त गरेको कुल अंक थियो ४३ मात्रै । यो रेलिगेसन सान्तोसका कोही पनि समर्थकका लागि सह्य रहेन । त्यसैले त रिसाएका समर्थकहरू सहरको बाटो-बाटोमा ओर्लिएर लगभग लुटपाटको स्थिति सिर्जना गरे । यस्तोमा पूरा सहरमा सुरक्षा प्रहरी तैनाथ गर्नुपरेको थियो ।

सान्तोस रेलिगेसनमा पर्नुको कारण के होला त ? यसको पनि विश्लेषण आवश्यक छ । खासमा जति-जति बेला कुनै क्लबको सञ्चालन ठीक ढंगले हुन्न, क्लबको गति हुने भनेकै यस्तै हो ।

पछिल्ला दुई सिजनमा पनि सान्तोसको प्रदर्शन राम्रो रहेन । यी दुवै लिगमा पनि सान्तोस बल्लतल्ल रेलिगेसनबाट बचेको थियो । यसपल्ट भने जतिसक्दो गर्दा पनि टोलीले घटुवाबाट आफूलाई जोगाउन सकेन । नतिजा अब सान्तोसले अर्को सिजन दोस्रो डिभिजनमा खेल्न बाध्य हुनेछ ।

यो क्लब रेलिगेसनमा पर्नु पछाडि दुई थप कारण छन् । त्यसमध्ये एक कारण हो, क्लबमाथि चर्को ऋण । ब्राजिली मिडियाका अनुसार क्लबमाथि केही नभए पनि दसौं करोड डलरको ऋण छ । चर्को ऋणका कारण क्लबले राम्रा खेलाडीहरू उत्पादन गर्न सकेन, न त किन्न नै सक्यो ।

अब दोस्रो कारण । त्यही ब्राजिलियन मिडियाका अनुसार क्लबभित्र राजनीतिक ध्रुवीकरण चर्को न चर्को छ । त्यहाँ फुटबलमात्र चल्दैन, राजनीति उत्तिकै हुन्छ । त्यो पनि फरकधारको ।

त्यसैले त सान्तोस रेलिगेसनमा पर्याे । भन्नेहरू के भन्छन् भने स्थिति यत्तिकै रह्यो भने क्लबको स्थिति अझ नाजुक हुनेछ । कतिसम्म भने सान्तोस क्लब अझ धेरै पछाडि जान बेरे छैन ।

तर अर्कोथरी के पनि मान्छन् भने सायद अर्को सिजन नै सान्तोस माथिल्लो डिभिजनमा उक्लने छ, किनभने यो वास्तवममै निकै ठूलो क्लब हो । यो जत्तिको क्लबलाई बढुवा पाउन गाह्रो हुन्न । अहिले तत्कालका लागि भने पेलेको क्लब रेलिगेसनमा परेर स्तब्ध जस्तै छ ।