चैत्र १०, २०८२ मंगलबार | १७:१२:४६
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर
शनिबारको दिन च्याम्पियन्स लिग

पिएसजीलाई गाह्रो, सिटीलाई सजिलो

काठमाडाैं । पेरिस सेन्ट जर्मेन (पिएसजी ) मा कतारी लगानी भित्रिएयता क्लबको एउटै मुख्य उद्देश्य छ, युरोपेली च्याम्पियन्स लिग फुटबल जित्ने । तर, अहिलेसम्म सकेको भने छैन । घरेलु फ्रान्सेली लिग वान जित्नु त के नै ठूलो रह्यो र ? कम्तीमा यो सिजन पनि टोलीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने छैन । किनभने भर्खर निस्केको ‘ड्र’ टोलीका लागि निकै कठिन देखिन्छ ।

यसलाई ‘ग्रुप अफ डेथ’ पनि भनिएको छ । यस्तोमा भन्न कर लाग्छ पिएसजी लाई जहिल्यै गाह्रो । पिएसजी  ‘एफ’ समूहमा परेको छ । टोलीका प्रतिद्धन्द्धी छन्, जर्मनीको बोरुसिया डर्टमन्ड, इटालीको एसी मिलान अनि इंग्ल्यान्डको न्युकासल युनाइटेड । न्युकासल सन् २००२/०३ यता पहिलोपल्ट च्याम्पियन्स लिग खेल्दै छ ।

त्यतिबेला र अहिलेको न्युकासलमा फरक भने छ । साउदी लगानी भित्रिएपछि यो क्लबको कुरै बेग्लै छ । जेहोस्, यो समूहमा कतारविरुद्ध साउदी अरेबिया पनि देख्न पाइने भयो । 

त्यतिबेला र अहिलेको न्युकासलमा फरक भने छ । साउदी लगानी भित्रिएपछि यो क्लबको कुरै बेग्लै छ । जेहोस्, यो समूहमा कतारविरुद्ध साउदी अरेबिया पनि देख्न पाइने भयो । प्रतियोगिताको साबिक विजेता हो म्यानचेस्टर सिटी । यो त इंग्लिस लिग च्याम्पियन भयो ।

सिटीका लागि भने निकै सजिलो समूह परेको छ । त्यसमा आरबी लाइपजिग, रेड स्टार बेलग्रेड र योङ ब्वाइज छन् । च्याम्पियन्स लिगको इतिहासकै सबैभन्दा समृद्ध रियाल मड्रिडलाई पनि ठिक्कैको समूह परेको छ । टोलीका लागि इटालीको च्याम्पियन नापोली राम्रै प्रतिद्वन्द्वी हुनेछ । तर ब्राग र हर्था बर्लिनले खासै केही गर्न सक्ने छैनन् ।

समूह ‘एफ’ बाट पिएसजी र न्युकासललाई नै प्रि-क्वार्टरफाइनल पुग्ने टिम मानौं । भलै, यसका लागि दुवैलाई गाह्रो भने हुनेछ ।

स्पेनीस च्याम्पियन बार्सिलोनालाई पनि सजिलै समूह परेको छ । टोलीले खेल्नेछ एफसी पोर्टो, साख्तर डोनेस्क र रोयल एन्ट्रप । प्रतियोगिताको समूह चरणका खेल सेप्टेम्बर १९ बाट सुरु हुनेछ र डिसेम्बर १ मा सकिनेछ । लिग चरणमा घरभित्र र बाहिरको खेलपछि नकआउट चरण पुग्ने १६ टिमको निर्णय हुनेछ । त्यो भनेको प्रत्येक समूहबाट दुई टिम अगाडि बढ्ने छन् ।

को–को पुग्नेछन् त अन्तिम १६ मा ? अब हाम्रो अनुमान । समूह ‘ए’ बाट बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड । समूह ‘बी’ बाट आसर्नल र आइन्डहोभन । त्यस्तै समूह ‘सी’ बाट रियाल म्याड्रिड र नापोली नै । समूह ‘डी’ बाट इन्टर र बेन्फिकाकै सम्भावना बलियो छ । समूह ‘ई’ बाट एट्लेटिको मड्रिड र फेयर्नउड ।

समूह ‘एफ’ बाट पिएसजी र न्युकासललाई नै प्रि-क्वार्टरफाइनल पुग्ने टिम मानौं । भलै, यसका लागि दुवैलाई गाह्रो भने हुनेछ । समूह ‘जी’ बाट म्यानचेस्टर सिटी र आरबी लाइपजिग कसरी अर्को चरण नपुग्ला ? अन्त्यमा समूह ‘एच’ बाट नकआउट चरण पुग्ने टिम बार्सिलोना र पोर्टोलाई मान्न सकिन्छ ।