माघ ६, २०८१ आइतबार | २२:१३:५३
भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने खो-खो विश्वकपः पुरुषतर्फ पनि नेपाल फाइनलमा पराजित हिमालयनको पहिलो जित खो-खो विश्वकपः महिलातर्फ नेपाल उपविजेता काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा आर्मीविरुद्ध फ्रेन्ड्स विजयी चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा आर्मीको सानदार सुरुआत सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने भीम र लोकेशले त्रिभुवन विश्वविद्यालयबाट जय नेपाल कप खेल्ने खो-खो विश्वकपः पुरुषतर्फ पनि नेपाल फाइनलमा पराजित हिमालयनको पहिलो जित खो-खो विश्वकपः महिलातर्फ नेपाल उपविजेता काठमाडौंविरुद्ध विराटनगरको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा आर्मीविरुद्ध फ्रेन्ड्स विजयी चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो राखेप सदस्यसचिव घिसिङ खो-खो विश्वकपको फाइनल हेर्न दिल्लीमा आर्मीको सानदार सुरुआत सभापति कपमा आठ टोली, उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा भिड्ने
शनिबारको दिन नेपाली फुटबल

घरेलु लिगप्रति बेवास्ता, महिला विश्वकप हेर्न तँछाडमछाड

काठमाडौं । बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण शृंखला जितेर स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीले भनेकी थिइन्, ‘हामीले राम्रो फुटबल खेल्नका लागि घरेलु संरचना बलियो बनाउनुपर्छ ।’

उच्च गोलकर्ता सावित्राले वास्तविकता बोलेकी थिइन् । उनले भनेजस्तै नेपाली महिला फुटबलको घरेलु संरचना राम्रो छैन । बल्लतल्ल सुरु गरिएको महिला लिग दुई वर्षयता भएको छैन ।

चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पाको स्थानमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । तर, आफैं वरिष्ठ उपाध्यक्ष हुँदा आधा चरण सकिएको महिला लिगलाई अध्यक्षमा निर्वाचित भएपछि नेम्बाङले निरन्तरता दिन सकेका छैनन् ।

सुरु गरिएको महिला लिग आधामै टुंग्याइयो । २०७८ चैत अन्तिम साता चितवन शारदानगरमा राष्ट्रिय महिला लिगको पहिलो चरण सकियो । १५ दिनको विश्रामपछि दोस्रो चरणका खेल विराटनगरमा गर्ने भनिएको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभाले गर्दा रोकिएको महिला लिग नै आयोजना भएन । चुनावी प्रतिस्पर्धामा रहेका दुवै समूहले लिग गर्न ध्यान दिएनन् ।

चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पाको स्थानमा पंकजविक्रम नेम्बाङ निर्वाचित भए । तर, आफैं वरिष्ठ उपाध्यक्ष हुँदा आधा चरण सकिएको महिला लिगलाई अध्यक्षमा निर्वाचित भएपछि नेम्बाङले निरन्तरता दिन सकेका छैनन् ।

फागुन १७ मा नेम्बाङको अध्यक्षतामा बसेको एन्फा बोर्ड बैठकले महिला लिग आधामै टुंग्याउने निर्णय गरेको थियो । सात खेलमा अपराजित रहँदै २१ अंक जोडेको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ‘च्याम्पियन’ घोषणा गरियो । लिगका ७ खेलमा १४ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ता बनिन् ।

एन्फाले दुई वर्षअघि नै आधा सकिएको त्यो लिगलाई पूरा गर्न त सकेन । बीचमै टुंग्याइदिने निर्णय गरेको पनि ५ महिना बितिसकेको छ । तर, फेरि अर्को महिला लिग कहिले हुने ? कहाँ हुने ? कुन ढाँचामा गरिने ? कुनै निर्णय गर्न सकेको छैन ।

 महिला विश्वकप हेर्न जान भने एन्फाका पदाधिकारीबीच होडबाजी चलेको छ । अध्यक्ष नेम्बाङदेखि कार्यसमिति सदस्यसम्म अस्ट्रेलया र न्युजिल्यान्ड पुग्ने दौडधुपमा छन् ।

यसैबीच अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा फिफा महिला विश्वकप फुटबल चलिरहेको छ । जहाँ ३२ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले पनि महिला विश्वकप छनोटको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेको थियो । तर नेपाली टोली पहिलो चरणभन्दा अगाडि बढ्न सकेन । यद्यपि महिला विश्वकप हेर्न जान भने एन्फाका पदाधिकारीबीच होडबाजी चलेको छ । अध्यक्ष नेम्बाङदेखि कार्यसमिति सदस्यसम्म अस्ट्रेलया र न्युजिल्यान्ड पुग्ने दौडधुपमा छन् ।

केही सदस्यको अस्ट्रेलियाको भिसा ‘रिजेक्ट’ भएको छ । पदाधिकारीहरूले दोस्रो पटक भिसा आवेदन गर्दा पनि अस्ट्रेलियाले पत्याएको छैन । यसैबीच महिला विश्वकप हेर्न आफ्नो परिवारलाई भिसा सहजीकरण नगरिदिएको भन्दै एन्फा उपाध्यक्ष दीपक खतिवडा कर्मचारी वसन्त रिजालमाथि जाइलागेको घटना पनि धेरै भएको छैन ।

एन्फा मुख्यालयमा उपस्थित केही सदस्यले दुवैलाई राखेर घटना सामसुम पारे । नत्र कुटाकुटको घटना घट्ने देख्नेहरू सुनाउँछन् । यो त भयो बाहिर देखिएको घटना । यस्ता दर्जनौं घटना एन्फाभित्र हुने गरेको सुन्नमा आएको छ ।

‘बी’ र ‘सी’ डिभिजन हुने टुंगो छैन । जेठमै हुनुपर्ने ‘सी’ डिभिजन लिग छनोटको पनि टुंगो छैन । महिला लिग कहिले र कुन ढाँचामा गरिने केही टुंगो लाग्न सकेको छैन

‘उहाँहरू अहिले अस्ट्रेलिया जान हानथापमा लाग्नुभएको छ । घरेलु महिला फुटबलको मतलब छैन । सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई झारा टारियो । ‘बी’ र ‘सी’ डिभिजन हुने टुंगो छैन । जेठमै हुनुपर्ने ‘सी’ डिभिजन लिग छनोटको पनि टुंगो छैन । महिला लिग कहिले र कुन ढाँचामा गरिने केही टुंगो लाग्न सकेको छैन,’ एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधर आक्रोश पोख्छन् ।

‘साधारणसभा गर्न सकेको छैन । बोर्ड बैठक हुन सकेको छैन । तर, विदेश जान भनेपछि अहिलेका पदाधिकारीबीच होडबाजी चलेको छ । उहाँहरूलाई फुटबलको मतलब नै छैन भन्दा हुन्छ,’ संकटा क्लबका अध्यक्षसमेत रहेका तुलाधर थप्छन् ।

महिला फुटबल विभाग प्रमुख राजुकाजी शाक्य भने अहिले महिला फुटबललाई एन्फाले प्राथमिकतामा राखेको दाबी गर्छन् । ‘म एन्फामा भर्खर आएको छु । तर, महिला फुटबललाई एन्फा नेतृत्वले प्राथमिकतामा राखेको छ ।’

भर्खरै बंगलादेशसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल भयो । सन् २०२७ र २०३१ को विश्वकप खेल्ने लक्ष्यका साथ रणनीति तयार पारिरहेको शाक्यको तर्क थियो । पूर्व राष्ट्रिय कप्तान तथा प्रशिक्षक शाक्यले भने, ‘हामीले त्यसैअनुसार  कार्ययोजना तयार गरिरहेका छौं ।’  

विभागीय प्रमुख शाक्य महिला लिगसँगै फ्रेन्चाइज प्रतियोगिता गर्न एन्फाले गृहकार्य सुरु गरेको योजना सुनाउँछन् ।

असोजमा फिलिपिन्ससँग २–१ ले पराजित हुँदा विश्वकप खेल्ने नेपालको सपना पूरा हुन सकेन । त्यो खेल जितेको भए नेपालले विश्वकपमा स्थान बनाउन पनि सक्थ्यो । नेपाललाई हराउँदै अगाडि बढेको फिलिपिन्सले पहिलोपल्ट विश्वकपमा स्थान बनायो । फिलिपिन्सले जारी विश्वकपको लिग चरणमा सहआयोजक न्युजिल्यान्डविरुद्ध १–० को ऐतिहासिक जित निकालेको थियो । विश्वकपमा फिलिपिन्सको यो पहिलो जित पनि हो ।

विभागीय प्रमुख शाक्य महिला लिगसँगै फ्रेन्चाइज प्रतियोगिता गर्न एन्फाले गृहकार्य सुरु गरेको योजना सुनाउँछन् । ‘महिला फुटबलबाट हामीले ठूलो उपलब्धि देखेका छौं । ग्रासरुट र एकेडेमीतर्फ ध्यान दिनुपर्छ । चाँडै महिला लिग र फ्रेन्चाइज प्रतियोगितालाई लागू गर्न सके महिला फुटबल स्तरीय हुनेमा दुईमत छैन,’ शाक्यको बुझाइ छ ।  

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा महिलाको अन्तर्राष्ट्रिय खेल भइरहेको अवस्थामा घरेलु प्रतियोगितातर्फ एन्फाले ध्यान दिए अझ राम्रो हुने बताउँछिन् । ‘पछिल्लो समय हामीले अन्तर्राष्ट्रिय खेलको अनुभव पाइरहेका छौं । अब घरेलु फुटबलबारे पनि एन्फाले ठूलो योजना ल्याउनुपर्छ,’ गोलकिपर तथा कप्तान एन्जिला भन्छिन् ।