चैत्र १, २०८२ आइतबार | ००:१८:५९
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा
शनिबारको दिन फिफा महिला विश्वकप २०२३

महिला विश्वकप फुटबल : प्रतिद्वन्द्वीको स्तर बढ्दै छ

काठमाडाैं । अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा महिला विश्वकप फुटबल २०२३ चलिरहेको छ । लिग चरणका खेलहरू भइरहेका छन् । केही टिम त नकआउट चरण पनि पुगिसकेका छन् । त्यस्तै केही टिमको चुनौती पनि समाप्त भइसकेको छ ।

यसपल्टको महिला विश्वकपको सबैभन्दा ठूलो विशेषता हो सहभागी टिम संख्या बढाएर ३२ पुर्याउनु । यी टिमलाई आठ समूहमा विभाजन गरेर लिग चरणका खेल भइरहेका हुन् ।

यति धेरै टिम भइसकेपछि एक खाले डर थियो, कतै सहभागी टिमको स्तरबीच ठूलै अन्तर हुने त होइन 

यति धेरै टिम भइसकेपछि एक खाले डर थियो, कतै सहभागी टिमको स्तरबीच ठूलै अन्तर हुने त होइन ? कुनै एक खास टिमले अर्को खास प्रतिद्वन्द्वीलाई ठूलो अन्तरले हराउने त होइन ? 

तर होइन, यस्तो भएन । अहिलेसम्मका खेलहरूले देखाएको छ यसपल्ट ठूला टिम भनेकै रहेनन् । सन् २०११ को विश्वकपसम्म सहभागी टिम संख्या थियो १६ ।

पछिल्ला दुई संस्करणमा सहभागी टिमको संख्या बढेर २४ पुर्याइएको थियो । सन् २०१९ को एउटा खेलको नतिजाले धेरैलाई झस्काएको थियो । त्यसमा थाइल्यान्ड अमेरिकाको हातबाट १३–० ले पराजित भएको थियो ।

त्यतिले नपुगेर सन् २०१५ मा जर्मनीले आइभोरी कोस्टलाई १०–० ले हरायो । त्यही वर्ष स्विट्जरल्यान्ड पनि इक्वेडरमाथि १०–१ ले विजयी रह्यो ।

हाम्रो महिला फुटबल विस्तारै बढ्दै छ । यसअघि ठुल्ठूला जित हारको नतिजा आउने गथ्र्यो, यसपल्ट सायद हुन्न होला ।’

लगभग मान्न सकिन्छ, यसपल्ट यस्तो ठूलो अन्तरको जित हार देख्न पाइने छैन । लिग चरणका खेलहरू मध्यभागमा पुग्दा यसले यस्तै संकेत गरेको छ ।

अमेरिकी टिमकी ठूला स्टारमध्येकी एक हुन् मेगना रापिनो । उनी भन्छिन्, ‘हाम्रो महिला फुटबल विस्तारै बढ्दै छ । यसअघि ठुल्ठूला जित हारको नतिजा आउने गथ्र्यो, यसपल्ट सायद हुन्न होला ।’

जमैकाकी गोलरक्षक रेबेका स्पेन्सर पनि यस्तै मान्छिन् । उनी भन्छिन्, ‘महिला विश्वकपका दुई प्रतिद्वन्द्वी टिमबीचको स्तर अन्तर कम हुँदै छ । महिला फ्ुटबललाई चाहिएको पनि यही हो ।’

यसरी साँघुरो प्रतिस्पर्धा चलेका कारण नै महिला फुटबलमा दर्शक संख्या पनि बढ्दै छ । जुन महिला फुटबलका लागि अर्को राम्रो लक्षण हो । 

उनी यसका लागि सबैभन्दा राम्रो उदाहरण इङ्ल्यान्ड र हाइटीबीचको खेललाई नै मान्छिन् । यो खेलमा इङ्ल्यान्डले हाइटीलाई १–० ले हराउन ठूलै संघर्ष गर्नुपरेको थियो । भलै, इङ्ल्यान्ड युरोपेली च्याम्पियन हो ।यसरी साँघुरो प्रतिस्पर्धा चलेका कारण नै महिला फुटबलमा दर्शक संख्या पनि बढ्दै छ । जुन महिला फुटबलका लागि अर्को राम्रो लक्षण हो ।