पुस १४, २०८२ मंगलबार | १३:५९:५०
प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली
शनिबारको दिन नेपाली फुटबल

जतिबेला यस्तो भयो ‘डबल लिग’

काठमाडौं । हामी धेरै पटक भन्छौं, सहिद स्मारक ‘ए’ डिभिजन लिगको समस्या भनेकै यसको स्वरूप एकनासको नहुने हो । यसको आयोजना कहिले कुन ढाँचाले भएको छ भने कहिले कुन ढाँचामा । सहभागी टिमको संख्या पनि कहिल्यै पनि समान रहेन । त्यस अर्थमा सहिद स्मारक लिगको रूप वास्तवमै बहुरूपी छ । यसपल्टको लिग पनि फरक हुँदै छ, आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)को दाबी मान्ने हो भने विशेष हुँदै छ । त्यो भनेको डबल लिगका रूपमा ।

अनि त्यो भनेको सहभागीमध्ये एउटा टिमले अर्कोसँग दुईपल्ट खेल्ने । अब यहाँनिर प्रश्न उठ्छ, कतिपल्ट सहिद स्मारक लिग यसरी ‘डबल लिग’ मा कहिले कहिले भएको छ त ? प्रश्न निकै जायज छ किनभने स्वयं एन्फालाई नै थाहा नहुन सक्छ यसको इतिहास । यसको कारण फेरि त्यही हो, एक त लिगको इतिहास निकै कमजोर हुनु । दोस्रो, आफूखुसी शैली परिवर्तन गर्दै आयोजना गर्नु । भलै त्यसका लागि तर्क र कारण बेग्लाबेग्लै रहे ।

र, फेरि त्यही प्रश्नमा फर्किने हो भने उसको उत्तर हो, तीनपल्ट । कुन-कुन वर्षमा त ? यसको पनि उत्तर छ ०६२, ०६३ र ०६६-६७ मा । वर्ष ०६० देखि नेपाली फुटबलमा आधुनिक लिग सुरु भएको मान्ने चलन छ । यो हामीले नै चलाएको एकखाले परम्परा भयो । एन्फा नेतृत्वमा आएयता गणेश थापाले वर्ष ०५२, ०५४ र ०५७ सालमा कामचलाउ तरिकाले लिग चलाए । उनले ०६१ र ०६२ सालमा लगातार दुई संस्करणको लिग गरेपछि त्यसपछिको लिग ‘डबल’ गर्ने निर्णय गरेका थिए ।

त्यो भनेको वर्ष ०६३ भयो । त्यस अर्थमा नेपाली फुटबलमा पहिलो पटक डबल लिगको आयोजना त्यही वर्ष भएको हो । त्यसमा सहभागी टिम संख्या थियो १५ । त्यस ऐतिहासिक डबल लिग जित्ने टिम बन्यो, मनाङ मस्र्याङ्दी क्लब । उपाधिका लागि चार टिम होडमा थिए, त्यसमध्ये विजेता मनाङले अन्त्यमा ५ अंकको निर्णायक अग्रता लिएको थियो । टोलीले २८ खेलबाट ६८ अंक बटुलेको थियो । अघिल्लो वर्ष जितेको उपाधिको रक्षा गर्न पनि मनाङ सफल रह्यो ।  

मनाङको पछाडि क्रमशः थ्री स्टार, आर्मी र पुलिस क्लब रहे । वर्ष ०६३ सालमा १४ टिमबीच डबल लिग भयो । त्यसको विजेता बन्यो पुलिस । पुलिसले २६ खेलबाट ६५ अंक बटुलेको थियो । उसको पछाडि आर्मी रह्यो । त्यसपछि अपेक्षाअनुसार थ्री स्टार र मनाङ रहे । वर्ष ०६६-६७ सालमा फेरि डबल लिगकै आधारमा प्रतियोगिता भयो, लगभग दुई वर्षको अन्तरालमा । आन्तरिक विवाद र बेकम्मा राजनीतिका कारण फेरि लिग हुन नसकेको स्थिति थियो ।

त्यतिबेला १२ टिम सहभागी थिए । यो नै सम्भवतः नेपाली घरेलु फुटबलका लागि सबैभन्दा उपयुक्त स्वरूप थियो, सहभागी टिम संख्याका आधारमा । यो लिग पनि पुलिस नै जित्यो । पुलिसले २२ खेलबाट ५० अंक हासिल गरेर लिग उपाधि रक्षा गरेको थियो, उसको पछाडि थ्री स्टार र एनआरटी रह्यो । त्यसपछि डबल लिग हुन छाडेको थियो । यसका अनेक कारण पनि रहे । यसपल्ट १२ वर्षपछि फेरि एकपल्ट हुन लागेको छ ‘डबल लिग’ ।