मंसिर २८, २०८२ आइतबार | ०४:३५:४०
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार
शनिबारको दिन नेपाली क्रिकेट

संकटमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । भारतका मनोज प्रभाकरले मंसिर २९ मा राजीनामा दिएर सुटुक्क फर्केपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षकविहीन बनेको छ ।

प्रभाकरको राजीनामाले नेपाली क्रिकेटलाई अझै संकटमा पार्ने काम गरेको छ । पछिल्ला केही वर्षयता निकै आरोहअवरोह खेपिरहेको नेपाली क्रिकेट टोली अहिले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन संघर्षरत छ ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय हो नेपाल क्रिकेट संघ (क्यान) । क्यान आफैं समस्यामा रहँदा त्यसको असर क्रिकेट टोलीमा पर्नु स्वाभाविक देखिएको छ ।  

एकपछि अर्को गलत निर्णयका कारण क्यान आलोचनामा पर्दै आएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लगातारको खराब प्रदर्शन, कमजोर घरेलु प्रतियोगिता र संरचनाले पनि क्यानको छविलाई धुमिल बनाएको छ ।

पछिल्लो साढे दुई वर्षमा नेपाली क्रिकेटमा धेरै प्रयोग भएका छन् । तर, त्यसमध्ये केहीले मात्र सफलता पाएका छन् । लगातारको खराब प्रदर्शनले नेपालको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता गुमाउने त होइन भन्ने शंका उब्जाएको छ । नेपाली क्रिकेटको पछिल्लो अवस्था  

लगातार प्रशिक्षक परिवर्तन

लगातार प्रशिक्षक परिवर्तन नेपालका लागि प्रमुख समस्या बनिरहेको छ । छिटो–छिटो प्रशिक्षक परिवर्तन हुँदा त्यसको प्रत्यक्ष असर खेलाडीको प्रदर्शन र टोलीको नतिजामा परिरहेको छ ।

साढे दुई वर्षयता नेपाली क्रिकेटले ५ प्रशिक्षक फेरिसकेको छ । यसले पनि नेपाली क्रिकेटलाई पछाडि धकेल्ने काम गरिरहेको छ ।

नयाँ प्रशिक्षकको आगमनसँगै टोलीमा पनि नयाँ नयाँ प्रयोग हुने गर्दछ । छिटो–छिटो प्रशिक्षक परिवर्तन हुँदा खेलाडी पुरानो शैलीमा अभ्यस्त हुन नपाउँदै नयाँ शैली अपनाउनुपर्ने हुन्छ, जसले गर्दा खेलाडी र टोली दुवैलाई असर गरिरहेको हुन्छ ।

यसबीच उमेश पटवाल, जगत टमाटा (कार्यबाहक), डेभ वाटमोर, पुबुदु दासानायके र मनोज प्रभाकरले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

विवादमा क्यान

२०७६ असोज १० र ११ गतेको निर्वाचनबाट चतुरबहादुर चन्दको नेतृत्वमा क्यानले नयाँ कार्यसमिति पाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को प्रत्यक्ष निगरानीमा भएको उक्त निर्वाचनपछि २०७६ असोज २७ मा क्यानमाथिको निलम्बन ससर्त फुकुवा भएको थियो । त्यसपछि आइसिसीले २०७९ जेठ २९ गतेबाट क्यानमाथिको निलम्बन पूर्ण रूपमा हटाएको थियो । 

आइसिसीको निलम्बनबाट फुकुवा भएपछि नेपाली क्रिकेटले गति लिने अपेक्षा गरिएको थियो तर क्यान लगातार विवादमा तानिँदै आएको छ ।

निलम्बन हटेसँगै क्यानले द्रुत गतिमा काम गर्ने अनुमान थियो तर क्यान आफैं आन्तरिक किचलोमै रुमल्लिएको छ ।

क्यान खेलाडी वर्गीकरणमा होस् या घरेलु प्रतियोगिता आयोजना गर्दा, विवारहित हुन सकेको छैन ।

लगातार विवादमा फस्दै आएको क्यान नेतृत्वसँग नेपाली क्रिकेटको विकास गर्ने कुनै ठोस योजना देखिँदैन ।  

लगातार खराब प्रदर्शनले संकटमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

नेपालको प्रदर्शन लगातार रूपमा खस्किँदै आएको छ । खराब प्रदर्शनले २०७४ चैत १ मा प्राप्त गरेको एकदिबसीय अन्तर्राष्ट्रिय मान्यतालाई पनि संकटमा पारेको छ ।

नेपालले खेलेका पछिल्ल्लो १० एकदिवसीय खेलमा मात्र तीन जित हात पार्दा ६ हार र एक खेल विना नतिजा टुंगिएको छ ।

तीन जितमध्ये दुई जित नेपालले घरेलु मैदानमै भएको एकदिवसीय शृंखलाअन्तर्गत युएईविरुद्ध थियो । यसले नेपालको एकदिबसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन खासै मदत गर्दैन ।

नेपालको एकदिवसीय मान्यता जोगाउने एक मात्र बाटो आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ हो ।

लिग २ का पछिल्लो शृंखलामा नेपालले राम्रो प्रदर्शन गर्न सकेन । 

भर्खरै नामिबियामा सकिएको शृंखलामा नेपालले ४ खेल खेल्दा एक जित पनि निकाल्न सकेन । यस शृंखलामा नेपालले तीन हार बेहोर्दा एक खेल विना नतिजा टुंगिएको थियो । 

हाल २४ खेलबाट १८ अंकसाथ नेपाल विश्वकप लिग २ मा छैटौं स्थानमा छ ।

क्यान–खेलाडी विवाद सतहमा

पछिल्लो समय क्यान र खेलाडीबीचको विवाद प्रस्ट रूपमा सतहमै देखिएको छ ।

क्यानले गत वर्ष मंसिर २९ गते तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासन तोडेको भन्दै कारबाहीको डन्डा चलायो ।

क्यानले ज्ञानेन्द्र र दीपेन्द्रको जिम्मेवारी खोस्दै चारै जनालाई ६ महिनासम्म केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

क्यानले ज्ञानेन्द्रबाट कप्तानी खोस्दै सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो । यो घटनापछि नेपाली खेलाडी दुई कित्तामा विभाजित हुन पुगे ।

धेरै खेलाडीले क्यानको यो निर्णयप्रति विरोध गर्दै प्रशिक्षण नजानेसम्मका काम गरे ।  पछि विभिन्न चरणका छलफलपछि क्यान चारै जना खेलाडीलाई टोलीमा ल्याउन तयार भयो तर टोलीको कप्तान भने सन्दीप नै रहेका थिए ।

खेलाडी टोलीमा फर्किए पनि उनीहरूको प्रदर्शन भने पहिले जस्तो हुन सकेन । मैदानमा खेलाडीले एकअर्कालाई सहयोग नगरे प्रस्ट झल्कन्थ्यो ।

क्यानको उक्त निर्णयको असर अहिले पनि टोलीमा परिरहेको छ ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पनि जाँदाजाँदै नेपाली टोलीमा गुट उपगुट रहेको संकेत दिएका थिए ।

नेपाल टी–२०

पछिल्लो समय सबैभन्दा बढी चर्चा र विवादमा रहेको प्रतियोगिता हो नेपाल टी–२० लिग ।

क्यानले पहिलो पटक आयोजना लागेको यस लिग सुरुदेखि नै विवादमा तानिएको छ । यसअघि तीन पटक मिति हेरफेर भइसेकेको लिग शनिबारदेखि हुने क्यानले जनाएको छ । तर प्रतियोगिताको जुन रूपले तयारी हुनुपर्ने हो, त्यसको कुनै छनक छैन । 

क्यानले गोप्य रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई सम्पूर्ण आयोजना अधिकार बेचेपछि विवादमा आएको नेपाल टी–२० लिगविरुद्ध लामो समयदेखि नियमित अर्को फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट प्रिमियर लिग गर्दै आएका आमिर अख्तरले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतमा मुद्दा परेको अवस्थामा आफ्नो लगानी सुरक्षित नहुने चिन्ताका कारण  कान्तिपुर मिडिया ग्रुपको समेत स्वामित्व रहेको कान्तिपुर क्यापिटल्सको काठमाडौं गोर्खाजले नेपाल टी–२० लिग नखेल्ने निर्णय गरिसकेको छ ।

काठमाडौं गोर्खाज बाहिरिएपछि क्यानले काठमाडौं नाइट्सलाई नयाँ फ्रेन्चाइज टोलीको रूपमा भित्र्याएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्टर्न युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली प्रतिस्पर्धी हुँदै छन् ।

अबको बाटो

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने एकमात्र बाटो आइसिसी पुरुष क्रिकेट लिग २ को शीर्ष पाँच स्थानमा रहनु हो ।पछिल्ला खराब प्रदर्शनले शीर्ष तीनमा रहेर सिधैं एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना भने समाप्त भइसकेको छ ।

लिग २ मा सात टोलीको सहभागिता छ । त्यसमध्ये पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाउने पक्का भइसकेको छ ।

यसैगरी स्कटल्यान्ड र ओमानले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइसकेको हुँदा नेपालको प्रतिस्पर्धा अमेरिका, युएई र नामिबियासँग छ ।

अमेरिका सम्पूर्ण खेल खेल्दै ३५ अंकसाथ चौथो स्थानमा छ । हाल ३७ अंकसाथ तेस्रो स्थानमा रहेको नामिबियाले ६ खेल खेल्न बाँकी छ ।

यसैगरी २७ अंकसाथ नेपालभन्दा माथि रहेको युएईले पनि १० खेल खेल्न बाँकी रहँदा नेपालले १२ खेल खेल्न बाँकी छ ।

नेपाललेले बाँकी तीनमध्ये दुई शृंखला घरेलु मैदानमा खेल्दै छ ।

नेपालले घरेलु मैदानमा पहिलो शृंखला युएई र पपुवा न्युगिनीसँग खेल्नेछ । यसको मिति भने तय भइसकेको छैन ।

त्यसैगरी आगामी फेब्रुअरीमा नेपालले घरेलु मैदानमै स्कटल्यान्ड र नामिबियासँग खेल्ने छ । यो नेपालको लिग २ को अन्तिम शृंखला हो ।

नेपालले विदेशी भूमिमा पुवुवा न्युगिनी र युएईसँग प्रतिस्पर्धा गर्नेछ । पपुवा न्युगिनीमा हुने यो शृंखलाको पनि मिति तय भएको छैन ।

अन्य टोलीको अवस्था हेर्दा बाँकी १२ मध्ये कम्तीमा १० खेलमा जित निकाले नेपालले अमेरिकालाई उछिन्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छ । अन्यथा नेपालले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।