पुस १६, २०८२ बिहीबार | ०१:१६:१४
एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित एनभिए च्याम्पियनसिपः कोशी क्वार्टरफाइनलमा, र्कीतिपुर बाहिरियो एनभिए च्याम्पियनसिपः बुढानिलकण्ठ क्वार्टरफाइनलमा, जावलाखेल बाहिरियो पल्सर स्पोर्टस अवार्डलाई रारा चाउचाउको साथ विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित
शनिबारको दिन नेपाली राष्ट्रिय क्रिकेट टोली

नेपालले चाहे जस्तै जित र सिरिज

सबैभन्दा पहिले जिम्बावेली क्रिकेटलाई धन्यवाद । उसले नेपालमा आफ्नो ‘ए’ टिम पठाएर हाम्रो क्रिकेटलाई गुण लगाएकै हो । दुई दशक जति अगाडि जिम्बावेली क्रिकेट बबाल थियो, विश्व क्रिकेटकै एक शक्ति बनेको थियो । एन्डी फ्लावरको नेतृत्वमा जिम्बावेले अनेक सम्झनालायक खेल खेले । अहिले जिम्बावेली टिम त्यत्तिको छैन्, तर अझै पनि त यो टेस्ट मान्यता प्राप्त टिम हो । त्यसैले त्यहाँको क्रिकेटमा पक्कै केही त्यस्तो छ, जसबाट नेपालले सिक्न सक्छ ।

ठीक यहींनिर कप्तान सन्दीप लामिछानेको भनाइ पनि उल्लेख गर्न आवश्यक छ । उनी सिरिज सुरु हुन अगाडि भन्थे, ‘हामी कम्तीमा टेस्ट मान्यता प्राप्त देशको ए टिमलाई हराउन सक्षम हुनु पर्छ ।’

जिम्बावेली ‘ए’ टिमले टीयू मैदानमा ट्वान्टी ट्वान्टी र वान डेको दुई सिरिज खेलेको थियो । जति बेला दुवै सिरिज समाप्त भयो र नेपाल त्यसमध्ये वान डे सिरिजमा विजयी रह्यो, अलराउन्ड करण केसीले ठीकै भने, ‘यो सिरिजका लागि सबैभन्दा पहिले जिम्बावेली क्रिकेटलाई धेरै धेरै धन्यवाद ।’

ठीक यहींनिर कप्तान सन्दीप लामिछानेको भनाइ पनि उल्लेख गर्न आवश्यक छ । उनी सिरिज सुरु हुन अगाडि भन्थे, ‘हामी कम्तीमा टेस्ट मान्यता प्राप्त देशको ए टिमलाई हराउन सक्षम हुनु पर्छ ।’

अन्त्यमा भएको त्यही थियो, त्यसैले मज्जाले भन्न सकिन्छ, जिम्बावे ‘ए’ विरुद्धको सिरिज नेपालले चिताएको जस्तो थियो र त्यसमा नेपाल जित निकाल्न पनि सफल रह्यो । त्यस अर्थमा यसलाई ऐतिहासिक सिरिज भन्दा पनि केही फरक पर्दैन् । नेपालले आफ्नो क्रिकेट स्तर बढाउने हो भने के गर्नु पर्ला त ? यसका अनेक उत्तर हुन सक्छन् । तर त्यसमध्ये सबैभन्दा बलियो उत्तर हुन सक्छ, यस्तै जिम्बावे ‘ए’ जस्तो टिमलाई निम्तो दिने र खेलाउने ।

यो सिरिजमा कुल छ खेल थिए, त्यसमध्ये एक वर्षाले सम्भव भएन् । त्यस अर्थमा ट्वान्टी ट्वान्टीका दुई खेल मात्र भए । त्यसमा पहिलो जिम्बावे विजयी रह्यो भने तेस्रोमा नेपाल । त्यस अर्थमा यो सिरिज १–१ को बराबरीमा रह्यो । त्यसपछि आउँछ, तीन वान डेको सिरिज । यसमा पनि पहिलो खेल जिम्बावेको पक्षमा रह्यो, दोस्रो खेल नेपालले जितपछि सिरिज रोमाञ्चक मोडमा पुगेको थियो । अन्तिम खेलमा नेपाल फेरि एकपल्ट विजयी रह्यो ।

यो सिरिज त्यस्तो पृष्ठभूमिमा भएको छ, जति बेला नेपालसामु कम्तीमा आठ वान डे अगाडि रहेका छन् । नेपालले विश्व क्रिकेट लिग टु अन्तर्गत यी खेल खेल्न लागेको हो । त्यसमध्ये नेपालले चाँडै स्टकल्यान्ड र अमेरिकाको भ्रमण गर्नेछ । यो वान डे विश्वकपसम्म पुग्ने बाटो पनि हो । त्यस अगाडि नेपाललाई चाहिएको भनेको यस्तै जिम्बावे ‘ए’ विरुद्धको सिरिज नै हो । त्यसमाथि नेपाल वान डे सिरिजमा विजयी रहेको छ, यो आफैमा निकै उत्साहबर्ढक छ ।

नेपाली टिमका प्रशिक्षक पबुदु दसानायेके पनि सिरिजमा आफ्नो टिमको प्रदर्शनबाट खुसी छन् । पक्कै पनि सिरिजमा नेपालको प्रदर्शन असाध्यै उत्कृष्ट रहेन् । जहाँ नेपाल विजयी रहेको खेलमा प्रदर्शन राम्रो रह्यो, त्यहीं नेपाल पराजित रहेको खेलमा नेपालको प्रदर्शन उत्तिकै खराव पनि रह्यो । एक प्रकारले भन्दा नेपाली टिमको प्रदर्शनमा एकरूपताको अभाव रह्यो, त्यो भनेको कहिले राम्रो त कहिले नराम्रो । एकनासे प्रदर्शन हुनै नसक्ने ।

यसमा प्रशिक्षक दसानायेकेलाई पनि चिन्ता छ । तर उनी भन्छन्, ‘जिम्बावेविरुद्धको सिरिजले हामीलाई धेरै सिकाएको छ । आफू भन्दा माथिका टिमविरुद्ध खेल्नुको फाइदा यही हो । पक्कै पनि हाम्रो प्रदर्शनमा एकरूपता रहेन् । तर पनि हामी वान डे सिरिजमा प्राप्त जितमा खुसी हुन सक्छौं । यस्तो जितले हामीलाई अगाडि बढ्न मदत गर्ने गर्छ । जिम्बावेविरुद्ध खेलेपछि हाम्रा खेलाडी पक्कै पनि केही आत्मविश्वासी भएका छन्, यसले आउने दिनमा धेरै फाइदा हुने पक्का छ ।’