मंसिर २०, २०८२ शनिबार | १६:३०:११
सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ
शनिबारको दिन नेपाली राष्ट्रिय क्रिकेट टोली

यस्ता छन् नेपालका विपक्षी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी ट्वान्टी– २० क्रिकेट विश्वकपको ग्लोबल छनोटका लागि ओमान छ । छनोट प्रतियोगिताअघि हुने चारदिवसीय शृंखलामा नेपालले घरेलु टोली ओमान शुक्रबार पहिलो खेल खेलिसकेको छ । त्यसपछि आयरल्यान्ड र यूएईसँग खेल्नेछ ।

ग्लोबल छनोटमा भने नेपालले ओमानसँगै फिलिपिन्स र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । तीन नयाँ खेलाडीसहित १७ सदस्यीय टोली रहेको छ । दोस्रो पटक विश्वकपमा छनोट हुने लक्ष्य लिएको नेपालले सामना गर्ने टोली यस्ता छन्:

क्यानडा

यस क्रममा नेपालले सामना गर्ने मुलुकमध्ये क्यानडा पनि एक हो । सन् १९६८ यता एसोसिएट राष्ट्र बनेको क्यानडाले विभिन्न समय र विभिन्न फम्र्याटमा नेपालसँग खेलिसकेको छ । छनोटको समूह ‘ए’ परेको क्यानेडियन टोली पनि ओमान पुगिसकेको छ ।

नेपालले क्यानडासँग अन्तिम पटक २०१२ मा यूएईको शारजहा“मा ट्वान्टी–२० विश्वकप छनोटकै क्रममा खेलेको थियो । सन् २०१२ को मार्च २० मा सम्पन्न त्यो खेलमा नेपाली टिम क्यानडासँग १८ रनले पराजित भएको थियो । क्यानडाको १ सय १ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १८.२ ओभरमा सबै विकेट गुमाई ८३ रनमात्रै बनाउन सकेको थियो ।

तर, पछिल्लो समय सुधारिएको नेपाली टोली यसपालि ८४ रनमै सीमित हुन चाहँदैन । क्यानडासँगै अन्य दुई टोलीलाई समेत पराजित गर्दै विश्वकपको टिकट काट्न चाहन्छ । यसक्रममा नेपालले क्यानडासँग फेबु्रअरी २१ मा खेल्ने छ । समूह चरणबाट शीर्ष दुईमा रहँदै सेमिफाइनल पुग्ने दुई टोलीले अर्को समूहबाट आएका दुई टोलीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछन् ।

यसरी फाइनल पुग्ने दुई टोलीले नोभेम्बरमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छन् । नेपाली क्रिकेट इतिहासमा दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान पुगेको नेपाली टोलीको सामना गर्ने क्यानडाको टोली नवनित धविवालको कप्तानीमा खेल्दै छ ।

आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत अमेरिका छनोटबाट ग्लोबल छनोटमा आइपुगेको टोली हो क्यानडा । यसक्रममा क्यानडाले जर्मनी र फिलिपिन्ससँग दुई वार्मअप म्याच खेल्नेछ ।

पहिलो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान आइपुगेको क्यानडाले १४ जनाको टोली घोषणा गरेको छ भने सात खेलाडी रिजर्भमा राखेको छ ।

क्यानडाको टोली: धविवाल (कप्तान), डिलोन हेलिगर, ऋषभ जोशी, जतिन्दर मथारु, श्रेयश मुभा, सलमान नजर, रेयन पठान, कलिम सना, जुनियाद सिद्दिकी, रवीन्द्रपाल सिंह, म्याथ्यु स्पुरर्स, हम्जा तारिक, हर्ष ठक्कर, साद जाफर ।

रिजर्भ खेलाडी: साहिद अहमेदजाई, आकाश गिल, रोमेल शहजाद, भूपिन्दर सोहल, कन्वारपल ताथगर, उदय वालिया, सिमरन भिर्क ।

फिलिपिन्स

विश्वकप छनोटमा नेपालसँग परेको अर्को टोली हो फिलिपिन्स । सन् २०१७ मा एसोसिएट मुलुक बनेको फिलिपिन्सले पहिलो पटक विश्वकपको ग्लोबल छनोट खेल्न लागेको हो । विश्व क्रिकेटमा आफ्नो अस्तित्व खोज्न मिडिल इस्ट भ्रमणमा निस्किएको फिलिपिन्सले १५ सदस्यीय टोली सार्वजनिक गरिसकेको छ ।

पछिल्ला चुनौतीपूर्ण केही वर्षमा फिलिपिन्सले खेल्न लागेको यो पहिलो ठूलो प्रतियोगिता हो । आइसिसीको वरीयताको ४६औं स्थानको फिलिपिन्सले इस्ट एसिया प्यासिफिक रिजनको प्रतिनिधित्व गर्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको हो ।

फिलिपिन्सका टिम म्यानेजर फेजल खानले यो प्रतियोगिताले त्यो स्तरमा क्रिकेट के हो भन्ने बुझ्ने अवसर फिलिपिन्सलाई दिएको बताएका छन् ।

‘ग्लोबल छनोट त्यो स्तरको क्रिकेट कस्तो हुन्छ भन्ने बुझ्न फिलिपिन्सका लागि ठूलो मौका हो । र, समग्र खेलाडीसँगै क्रिकेटको विकासका लागि पनि यो प्रतियोगिता एकदमै महत्त्वपूर्ण छ,’ खानले भने, ‘एमेच्योर टोलीका लागि यहाँसम्म पुग्नु नै एउटा ठूलो उपलब्धि हो । हामी ठूला टोलीसामु ‘अन्डरडग’को रूपमा प्रस्तुत हुनेछौं । हाम्रो सम्पूर्ण टोलीले आफ्नो शतप्रतिशत दिनेमा म विश्वस्त छु ।’

फिलिपिन्सको टोली: जोनाथन हिल (कप्तान), ड्यानियल स्मिथ, जोर्डन अलेग्रे, मचन्दा बिडाप्पा, सिभामोहन बुसिरेडी, गुभुविन्दर चौहान, रिचार्ड गुडविन, हर्नी इसोरेना, अजित कुमार, विमल कुमार, हुजाफिया मोहम्मद, जिन–मिगुयल पोडोस्की, ग्रान्ट रस, मुजामिल सहजाद, केनरी टेलर ।

ओमान

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक खेलमा मात्रै ओमानको सामना गरेको छ । सन् २०१९ मा पेन्टान्गुलर ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत ओमानमै भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

पहिलो ब्याटिङ गरेको नेपाल ६४ रनमा अलआउट भएको थियो । त्यो खेलमा नेपालका लागि आरिफ शेखले २० र दीपेन्द्रसिंह ऐरीले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । एकदिवसीयमा चिरपरिचित प्रतिद्वन्द्वी भए पनि ओमानसँग नेपालले ट्वान्टी–२० मा खेल्नै मौका बिरलै पाएको छ ।

ग्लोबल छनोटअघि ओमानमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले ६ विकेटले पराजित गरिसकेको छ । नेपाल ग्लोबल छनोटमा पनि ओमानविरुद्ध यही नतिजा दोहोर्‍याउने प्रयत्नमा हुनेछ ।

ओमानको टोली: जिसन मक्सुद (कप्तान), खवार अली, फैज बुट, नेस्टोर धाम्बा, सन्दीप गौड, आमिर कलिम, कलिमुल्लाह, आयान खान, बिलाल खान, सोएब खान, नसिम खुसी, मोहम्मद नदिम, कश्यप प्रजापति, जतिन्दर सिंह ।