चैत्र ११, २०८२ बुधबार | १०:०८:०८
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित
शनिबारको दिन भारतीय क्रिकेट

संन्यास लिने बेलाका रोहित र कोहलीको स्टारडम कहिलेसम्म ?

काठमाडौं । विश्व क्रिकेटमा एउटा कुरा निश्चित भएको छ, अबको विश्व टेस्ट च्याम्पिनयसिपको फाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्ने छन् । त्यसको अर्थ यसपल्टको फाइनलमा भारत हुने छैन । यसअघि दुई फाइनल लगातार भिड्ने टिम भारत नै थियो । भलै, भारतले उपाधि भने जितेन । यसपल्ट त भारत फाइनल पुग्न नै सकेन ।

फाइनल यात्रा निश्चित गर्ने क्रममा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराएको थियो । अस्ट्रेलियाले भने भारतलाई नै हरायो । भर्खर सकिएको पाँच टेस्ट शृंखला अस्ट्रेलियाले ३-१ ले जित्यो । केही नभए पनि दस वर्षको अन्तरमा अस्ट्रेलियाले भारतलाई बोर्डर–गावस्कर ट्रफीमा हराएको हो । त्यसैले अहिले अस्ट्रेलियाली क्रिकेटमा खुसी छाएको छ ।

भारतीय क्रिकेटलाई नजिकबाट हेरिरहेकालाई आधार मान्ने हो भने अबको केही दिनमा एउटा ठूलै निर्णय आउन सक्नेछ । त्यसले भारतीय टिममा व्यापक परिवर्तन गर्न सक्नेछ । 

यसको ठीक विपरीत भारतीय क्रिकेटमा आरोप-प्रत्यारोप र विवादको सिलसिला चलिरहेको छ । यो शृंखलामा भारतका लागि खराब खेल्ने दुई खेलाडी रहे । ती थिए त कप्तान रोहित शर्मा र विराट कोहली नै । यी तिनै दुई नाम हुन्, जसले भारतीय क्रिकेटमा लामै समयदेखि आफ्नो प्रभुत्व कायम राखिरहेका छन् । तर, अब खुल्लमखुला प्रश्न गर्न सुरु भएको छ, कहिलेसम्म रोहित र कोहली टिममा रहिरहने हो ?

ट्वान्टी -२० विश्वकप ट्रफीका साथ विराट (बायाँ) र रोहित । 

सुनिल गावस्करले यसबीच एउटा मीठो तर्क प्रस्तुत गरेका छन् । उनको भनाइको आशय हो, भारतमा स्टारडम चल्छ । रोहित र कोहली स्टार खेलाडी हुन्, उनीहरूलाई छुन सक्ने कोही छैनन् । अझभन्दा उनीहरूले जत्तिकै खराब खेल्दा पनि प्रश्न गर्ने कोही हुन्नन् । आँटै गर्दैनन् । त्यसैले अब भारतीय क्रिकेटबाट त्यस्तो स्टारडमलाई सधैंका लागि हटाउनुपर्छ ।

कतिले त उनीहरू दुईलाई संन्यास लिन पनि सुझाव दिइरहेका छन् । भारतीय क्रिकेटलाई नजिकबाट हेरिरहेकालाई आधार मान्ने हो भने अबको केही दिनमा एउटा ठूलै निर्णय आउन सक्नेछ । त्यसले भारतीय टिममा व्यापक परिवर्तन गर्न सक्नेछ । अब भारत केही महिनापछि इङ्ल्यान्ड जानेछ, पाँच टेस्टको शृंखला खेल्न ।

त्यसैलाई भने टिम परिवर्तनबाट गुज्रिने सम्भावना छ । यहाँनिर प्रश्न आउन सक्छ, साँच्चै रोहित र कोहलीले संन्यास लिने छन् त ? कुनै प्रकारको सम्भावना त अहिले देखिन्न । यही बेला अर्का पूर्वखेलाडी सञ्जय मञ्जेरकरले पनि आफ्नो तर्क प्रस्तुत गरेका छन् । उनी भन्थे, ‘खेलाडीले कहिले संन्यास लिने हो, त्यसको निर्णय तिनै खेलाडीले गर्ने कुरा हो ।’

टेस्ट क्रिकेटका दौरान विराट (दायाँ) र रोहित ।  

उनी थप्छन्, ‘तर तिनै खेलाडीलाई कहिलेसम्म टिममा राखिरहने हो, त्यो भने छनोटकर्तामा भरपर्छ ।’ यो सिधा सिधा रोहित र कोहलीलाई भनेकै हो, भारतीय टिममा अब नयाँ खेलाडीलाई मौका दिए भयो भनेर । तर यहाँनिर यो तथ्य पनि बिर्सनुहुन्न, रोहित र कोहली दुवै त्यस्ता खेलाडी हुन्, जसले कुनै पनि बेला उत्कृष्ट पुनरागमन गर्न सक्छन् ।