चैत्र १३, २०८२ शुक्रबार | ०२:१५:२१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै
शनिबारको दिन

सुदूरपश्चिमका हेर्नलायक खेलाडीः बलियो योगफलका नायक जैब ब्रेक थ्रु दिलाउन पनि माहिर

काठमाडौं । इङ्लिस अलराउन्डर सेफ जैब जनकपुरविरुद्धको फाइनलमा सुदूरपश्चिमका हेर्नलायक खेलाडी हुन् । नेपाली खेलाडी विनोद भण्डारीका ओपनिङ पार्टनर हुन् जैब ।

जैब र विनोदको जोडी एनपिएलकै सबैभन्दा बलियो ओपनिङ जोडीमध्ये एक हो । जैबले विनोदसँग मिलेर सुदूरपश्चिमलाई राम्रो सुरुआत दिँदै आएका छन् । एनपिएलमा जैबले एक अर्धशतकसँगै २०६ रन जोडेका छन् ।

जनकपुरविरुद्ध पछिल्ला दुई खेलमा जैबले ५३ रन जोडेका छन् । बुधबार भएको पहिलो क्वालिफायरमा जैबले पहिलो विकेटको लागि विनोदसँग ५८ रनको साझेदारी गरेका थिए । जसमा जैबको ३२ रनको योगदान रह्यो । लिग चरणको खेलमा जैबले जनकपुरविरुद्ध २१ रन जोडेका थिए ।

काठमाडौंविरुद्ध ब्याटिङ गर्दै जैब  ।

जैबको नाममा एक अर्धशतक छ । जैबले लुम्बिनीविरुद्ध ९० रनको इनिङ खेलेका थिए । यही खेलमा उनले तीन विकेट पनि लिएका थिए । उनले ११ खेलाडीलाई पेभिलियनको बाटो देखाइसकेका छन् । क्वालिफायर्समा जनकपुरका दुई खेलाडी उनको स्पिन बलिङको शिकार बनेका थिए । ती खेलाडी थिए ओपनर तथा कप्तान आसिफ शेख र चौथो नम्बरका ब्याटर हर्ष ठाकर । आसिफ लगातार दोस्रो पटक जैबबाट बोल्ड भएका थिए । लिग चरणको खेलमा आसिफ खाता नै खोल्न नपाई पेभिलियन फर्किएका थिए ।

उनले टोलीलाई महत्वपूर्ण ब्रेक थ्रु दिलाइ रहेका छन् । क्वालिफायरअघि लिग चरणका खेलमा उनले पोखराका ओपनर आन्द्रेस गोउस, कर्णालीका चाडविक वाल्टन र चितवनका विपीन रावलको विकेट लिँदै टोलीलाई ब्रेक थ्रु दिलाएका थिए । गोउस र वाल्टन पोखरा र कर्णालीका प्रमुख खेलाडी हुन् । त्यस्तै तेस्रो नम्बरका ब्याटर विपीनले पेभिलियन फर्किनुअघि ओपनर हसन इसाखिलसँग मिलेर अर्धशतकीय साझेदारी गरेका थिए ।

शनिबार फाइनलमा पनि सुदूरपश्चिमलाई उनीबाट यस्तै निर्णायक प्रदर्शनको आशा रहनेछ । 

जैब र विनोद भण्डारी ।