फाल्गुन २, २०८२ शनिबार | ०४:१९:२६
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन

सुदूरपश्चिम र जनकपुरको ‘फाइनल जर्नी’

काठमाडौं । भूगोलमा हेर्ने हो भने सुदूरपश्चिम र जनकपुर देशको झण्डै दुई छेउमा पर्छन । सुदूरपश्चिम सबैभन्दा पश्चिमको प्रदेश अनि जनकपुरचाहिँ सबैभन्दा पूर्वको कोशी प्रदेशसँग जोडिएको मधेश प्रधेशको राजधानी ।

नेपाली खेलकुद पछिल्लो एक महिना नेपाल प्रिमियर लिग (एनपिएल)को नाममा पूरा क्रिकेटमय भयो । खेलकुदमात्र नभई एक हिसाबमा देशकै सबैभन्दा चर्चाको केन्द्र बनेको थियो, एनपिएल ।

वागमती प्रदेशमा भएको यो नेपाली खेलकुदकै अहिलेसम्मको सबैभन्दा ठूलो घरेलु प्रतियोगितामा भूगोलले टाढा भए पनि जनकपुर र सुदूरपश्चिम क्रिकेटिङ दृष्टिमा निकै नजिक रहे ।

आज शनिबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने दुई टोली हुनुमात्र जनकपुर र सुदूरपश्चिमको समान विशेषता होइनन् । सुरुदेखि नै जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल्सको प्रदर्शनले फाइनल खेल्ने सम्भावना बोकेका निर्विवाद टोलीको रूपमा यिनै दुईले आफूलाई प्रस्तुत गरेका थिए ।

फाइनलको एउटै गन्तव्यसम्म आइपुग्दाको यात्रा दुई टोलीको उस्तै रहेन । समग्रमा फाइनलसम्म पुग्न सुदूरपश्चिमले ८ खेल खेले पुग्यो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै पराजित भएका कारण जनकपुरले भने थप एक खेलमा संघर्ष गर्नुपर्यो ।

प्रत्येक खेलमा ओहिरिने समर्थकको भीड यी दुई टोलीको अर्को समान विशेषता हो । त्योभन्दा पनि विशेष चाहिँ के भने जनकपुर र सुदूरपश्चिमका दर्शक अन्य टोलीको तुलनामा ‘अर्गानिक’ थिए ।

देउडा र मैथिली/भोजपुरी गीतमा नाचिरहेका दर्शकले कीर्तिपुरको माहोललाई पूरा एक महिना तताइरहे । आफ्नै क्षेत्रीय भाषा, संस्कृति र सभ्यताको सुदूरपश्चिमेली र जनकपुरिया समर्थकले एनपिएल मेलामा भरपूर प्रवर्धन गरे ।

उसो त, फाइनलको एउटै गन्तव्यसम्म आइपुग्दाको यात्रा दुई टोलीको उस्तै रहेन । समग्रमा फाइनलसम्म पुग्न सुदूरपश्चिमले ८ खेल खेले पुग्यो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै पराजित भएका कारण जनकपुरले भने थप एक खेलमा संघर्ष गर्नुपर्यो ।

तर, समूह चरणमा दुवै टोलीलाई हराउन सफल एकमात्र विपक्षीका रूपमा चितवन राइनोजले नाम लेखायो । सुदूरपश्चिमले पूरा प्रतियोगितामा अहिलेसम्म भोगेको हार त्यही एकमात्र हो ।

फाइनलसम्मको यात्रामा सुदूरपश्चिमले ८ खेल खेल्दा एक हार बेहोर्यो भने जनकपुरले ९ खेलमा तीन हार सामना गर्नुपर्यो । सुदूरपश्चिमले चितवनलाई ३३ रनको नतिजा सुम्पिनुबाहेक समूह चरणका बाँकी सबै ६ खेल जितेर १२ अंकसहित शीर्ष टोलीका रूपमा क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो ।

पहिलो क्वालिफायरमा पराजित भएको टोलीलाई दोस्रो क्वालिफायरको मौका थियो । जहाँ भने जनकपुर चुकेन । इलिमिनेटरमा चितवन राइनोजलाई निराश पारेर आएको कर्णाली याक्समाथि जनकपुरले २ विकेटको जित निकाल्दै प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध तेस्रो प्रतिस्पर्धा निश्चित गर्यो ।

समूह चरणमा सुदूरपश्चिमसँग ७२ तथा चितवनसँग ३२ रनको हार भोगेको जनकपुरले बाँकी ५ खेलमा जित हासिल गरेको थियो । ५ जितसहित १० अंक जोडेको टोली उपविजेताको हैसियतमा सुदूरपश्चिमसँगै सोझै क्वालिफायरलाई छनोट भयो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच प्रतियोगितामा दोस्रो पटक भेट भयो । तर, दोस्रो भेटमा पनि नतिजा भने उस्तै रहयो अर्थात सुदूरपश्चिमको भागमा जित र जनकपुरको नियतिमा लगातार हार ।

अभ्यासका क्रममा हातमा चोट लागेपछि जनकपुरले क्वालिफायरमा उच्च फर्ममा रहेका कप्तान अनिलकुमार शाहको मैदानी साथ पाएन । जसका कारण सुदूरपश्चिमसँग समूह चरणमा भोगेको हारको बदला लिने सम्भावना थप कमजोर बन्यो ।

टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९  विकेट गुमाउँदै १३९ रन बनायो । जवाफमा सुदूरको लयले निरन्तरता पाउँदा निर्धारित २० ओभरको ९ बल बाँकी रहँदै २ विकेट क्षतिमा १४१ रन बनाएर सुदूरपश्चिमले खेल जित्यो ।

पहिलो क्वालिफायरमा पराजित भएको टोलीलाई दोस्रो क्वालिफायरको मौका थियो । जहाँ भने जनकपुर चुकेन । इलिमिनेटरमा चितवन राइनोजलाई निराश पारेर आएको कर्णाली याक्समाथि जनकपुरले २ विकेटको जित निकाल्दै प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध तेस्रो प्रतिस्पर्धा निश्चित गर्यो ।

टस जितेर फिल्डिङ रोजेको जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई ११८/९ मा रोक्यो । रन बनाउन निकै कठिन भइरहेको दिन टोलीले १९ ओभर समाप्तिमा ८ विकेट गुमाउँदै ११९ रन बनाएर फाइनल यात्रा पक्का गर्यो ।