मंसिर २७, २०८१ बिहीबार | १७:२४:२०
मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं
शनिबारको दिन नेपाली क्रिकेट

एनपिएलमा चम्किन सक्ने आठ नेपाली खेलाडी

काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको आकार लिइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने प्रतियोगितामा विराटनगर र जनकपुरसँगै काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिको दौडमा छन् ।

अबको करिब एक महिना नेपाल क्रिकेटमय बन्ने छ । एनपिएल नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने गतिलो प्लेटफर्म हो ।

खेलाडी डटकमले पनि एनपिएलमा चम्कन सक्ने आठ खेलाडीको सूची तयार पारेको छ । यहाँ कुनै पनि टोलीका मार्की खेलाडी समावेश गरिएको छैन । एउटा टोलीबाट एक खेलाडीमात्रै राखिएको छ ।

यस्ता छन् एनपिएलमा चम्कन सक्ने नेपाली खेलाडीको प्रदर्शन:  शाहब आलम (काठमाडौं गुर्खाज)

साहब आलम, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

शाहब आलम काठमाडौं गुर्खाजका प्रमुख बलर हुन् । काठमाडौंको बलिङ केही हदसम्म शाहबमै निर्भर रहनेछ ।  राष्ट्रिय टोलीमा खासै मौका नपाए पनि स्पिनर शाहबले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

शाहबले गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा २३ विकेट लिएका थिए । त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्ने शाहबसँग एभरेस्ट लिग, धनगढी लिग, पोखरा प्रिमियर लिग र नेपाल टी-२० लिग खेलेको पनि अनुभव छ । उनले सन् २०१९ को पोखरा र २०२१ मा इभेस्ट प्रिमियर लिगको उपाधि जितेका थिए । 

शाहबले ६ अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेलमा ९.२२ को इकोनोमीमा ४ विकेट लिएका छन् ।

रिजन ढकाल (चितवन राइनोज)

रिजन ढकाल, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

चितवन राइजोनको बलिङ आक्रमण तीव्र गतिका बलर रिजन ढकालमा निर्भर रहने छ । युवा बलर रिजन वागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् । उनीसँग नेपाल टी-२० लिग खेलेको अनुभव छ । रिजनले गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा १५ विकेट लिएका थिए । 

उनले नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ६ खेलमा ७.६१ को इकोनोमीमा ६ विकेट लिएका छन् ।

गुलशन झा (कर्णाली याक्स)

गुलशन झा (बायाँ), तस्विरः कर्णाली याक्सको फेसबुक पेजबाट  ।

युवा अलराउन्डर गुलशन झाबाट कर्णाली याक्सले ठूलो अपेक्षा राखेको छ । पछिल्लो समय राम्रो लयमा देखिएका उनी ब्याट र बल दुवैबाट टोलीलाई योगदान दिन सक्छन् ।

गुलशनले सन् २०२२ मा नेपाल ट्वान्टी-२० लिग जितेका थिए । नेपाल पुलिस क्लबाट घरेलु प्रतियोगिता खेल्ने उनी पछिल्लो समय राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।  

उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियका ३० खेलमा १३९.८८ को स्ट्राइक रेटमा एक अर्धशतकसहित ४७७ रन प्रहार गरेका छन् । गुलशनले ७.२५ को इकोनोमी रेटमा २२ विकेट पनि लिएका छन् ।

सन्दीप जोरा (लुम्बिनी लायन्स)

सन्दीप जोरा ।

सन्दीप जोरा आक्रमक ब्याटिङका लागि परिचित छन् । लुम्बिनीको ब्याटिङ आक्रमण केही हदसम्म सन्दीपमै निर्भर रहनेछ । मध्यक्रमका ब्याटर सन्दीपले गत महिना सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा नेपालको कप्तानी गरेका थिए । उनले प्रतियोगिताका ४ खेलमा १०८ रन बनाएका थिए ।

सन्दीपसँग एभरेस्ट प्रिमियर लिग र नेपाल ट्वान्टी-२० लिगको अनुभव छ । नेपाल एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्ने सन्दीपले गत वर्ष प्रधानमन्त्री कपमा १८५ रन बनाएका थिए । 

सन्दीपले नेपालका लागि ३१ ट्वान्टी-२० खेलमा ११८.२ को स्ट्राइक रेटमा तीन अर्धशतकसहित ३८८ रन बनाएका छन् ।

प्रतिश जिसी (सन्दीप जोराकिंग्स) 

प्रतिस जिसी, तस्विरः विरानगरको फेसबुकबाट ।

युवा बलिङ अलराउन्डर प्रतिश जिसी विराटनगर किंग्सका महत्त्वपूर्ण खेलाडी हुन् । तीव्र गति बलरसँग जुनसुकै बेला ब्याटरमाथि हाबी हुनसक्ने क्षमता हुन्छ । प्रतिशले गत महिना सम्पन्न हङकङ सिक्सेसका चार खेल खेल्दा ७ विकेट लिएका थिए ।

वागमती प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने प्रतिशसँग नेपाल ट्वान्टी-२० लिगको अनुभव छ । उनले गत वर्ष प्रधानमन्त्री कपमा १० विकेट लिएका थिए । 

प्रतिशले नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रियका १० खेलमा ८.०८ औसत इकोनोमीमा ८ विकेट लिएका छन् ।

ललितनारायण राजवंशी (जनकपुर बोल्ट्स)

कप्तान अनिलकुमार साहका साथमा ललितनारायण राजवंशी, (बायाँ), तस्विरः जनकपुरको फेसबुकबाट ।

जनकपुरले बलिङ आक्रमण ललित राजवंशीकै भरोसा गर्नेछ । स्पिनर ललित नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छन् । उनीसँग इपिएल, धनगढी प्रिमियर, पोखरा प्रिमियर र नेपाल ट्वान्टी-२० लिगको अनुभव छ ।

उनले सन् २०१७ मा धनगढी र २०१८ मा पोखरा प्रिमियर लिगको उपाधि जितेका थिए । गत वर्ष पुलिसलाई प्रधानमन्त्री कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ललितले २३ विकेट लिएका थिए । 

उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियका ३३ खेलमा ६.३० को इकोनोमीमा २१ रन लिएका छन् ।

आरिफ शेख (सुदूरपश्चिम रोयल्स)

आरिफ शेख ।

आरिफ शेख मध्यक्रमका भरपर्दा ब्याटर हुन् । सुदूरपश्चिमको इनिङ्स अगाडि बढाउने जिम्मेवारी आरिफकै काँधमा हुनेछ । ट्वान्टी-२० मा पछिल्लो समय लय समात्न नसके पनि आरिफ जुनसुकै बेला बलमाथि घातक बन्न सक्ने क्षमता राख्छन् ।

नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने आरिफसँग इपिएल, धनगढी, पोखरा प्रिमियर र नेपाल ट्वान्टी–२० लिगको अनुभव छ । आरिफले सन् २०१६ मा एभरेस्ट र २०१७ मा धनगढी प्रिमियर लिगको उपाधि जितेका थिए । 

आरिफले गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा २५६ रन प्रहार गरेका थिए । उनले नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ४१ खेलमा १०८.८१ को स्ट्राइक रेटमा ४९४ रन प्रहार गरेका छन् ।

सागर ढकाल (पोखरा एभेन्जर्स)

सागर ढकाल तस्विरः पोखरा एभेन्जर्सको फेसबुकबाट । 

स्पिनर सागर ढकाल पोखरा एभेन्जर्सका प्रमुख खेलाडी हुन् । राष्ट्रिय टोलीका लागि खासै मौका नपाएका उनले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । नेपाल पुलिस क्लबाट घरेलु प्रतियोगिता खेल्ने सागरसँग इपिएल, धनगढी प्रिमियर लिग र नेपाल ट्वान्टी-२० लिगको अनुभव छ ।

सागरले सन् २०२१ मा इपिएल र २०२२ मा नेपाल ट्वान्टी-२० लिगको उपाधि जितेका छन् । उनी इपिएलको च्याम्पियन बन्दा सर्वोकृष्ट खेलाडी पनि चुनिएका थिए । सागरले गत वर्ष पुलिसलाई प्रधानमन्त्री कपको च्याम्पियन बनाउने क्रममा १९ विकेट लिएका थिए । 

उनले नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ६ खेलमा ८.१० को इकोनोमीमा दुई विकेट लिएका छन् ।