भाद्र २४, २०८१ सोमबार | ०४:३७:४८
अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने अवसानको बाटोमा नेपाली फुटबल मुवाँथाईकी पलिस्थाले युथ वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने यु-२० एथलेटिक्स प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत जाने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ ओसिएको कार्यकारी सदस्यमा निर्वाचित ‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन पलेशालाई नेपाली कांग्रेसको सम्मान एन्फा महिला लिगः बागमतीविरुद्ध पुलिसको कठिन जित नेटबल प्रतियोगिताः आयोजक ज्ञानोदय च्याम्पियन माल्दिभ्स जाने भलिबल टोलीको बिदाइ उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने
शनिबारको दिन आइसिसी ट्वान्टी २० विश्वकप

भारत दोस्रो र दक्षिण अफ्रिका पहिलो उपाधिको लडाइँ लड्दै

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको आज (शनिबार) हुने फाइनलमा उपाधिका लागि भिड्नेछन् दुई अपराजित टोली भारत र दक्षिण अफ्रिका । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक ट्वान्टी-२० विश्वकप फाइनलमा पुगेका हुन् । सन् २००७ को च्याम्पियन भारत २०१४ मा श्रीलंकासँग पराजित भएको थियो ।

भारत साबिक विजेता इङ्ल्यान्ड र दक्षिण अफ्रिका अफगानिस्तानलाई पराजित गर्दै उपाधि नजिक पुगेका छन् । फाइनल बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप अन्य संस्करणभन्दा केही विशेष रह्यो । प्रतियोगितामा पहिलो पटक २० राष्ट्रले सहभागिता जनाए । त्यसमा आठ एसोसिएट राष्ट्र थिए ।

प्रतियोगितामा हालसम्म तीन ह्याट्रिक भएका छन् । अस्ट्रेलियाका प्याट कमिन्सले बंगलादेश, अफगानिस्तान र इङ्ल्यान्डका क्रिस जोर्डनले अमेरिकाविरुद्ध यो सफलता प्राप्त गरे ।

यसपालि एसोसिएट राष्ट्र केवल सहभागितामा मात्र सीमित रहेनन्, ती राष्ट्रहरूको प्रदर्शनले विश्व क्रिकेटको ध्यान खिच्न सफल भयो । आयोजक अमेरिका पहिलो सहभागितामै सुपर ८ को यात्रा तय गर्न सफल भयो । क्यानडा, नेपालले पनि राम्रो छाप छाड्न सफल भए । अमेरिका र पाकिस्तान तथा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलले निकै चर्चा कमायो ।

अमेरिका सुपर ओभरमा विजयी हुँदा नेपाल मात्र एक रनले पराजित भएको थियो । अफगानिस्तान प्रतियोगिताको डार्कहर्सको रूपमा उदायो । टोलीले अप्रत्याशित ढंगले सेमिफाइनलसम्म यात्रा तय गर्यो । 

प्रतियोगितामा हालसम्म तीन ह्याट्रिक भएका छन् । अस्ट्रेलियाका प्याट कमिन्सले बंगलादेश, अफगानिस्तान र इङ्ल्यान्डका क्रिस जोर्डनले अमेरिकाविरुद्ध यो सफलता प्राप्त गरे ।

मैदानको पिचलाई लिएर निकै आलोचना भयो । यस प्रतियोगितामा ब्याटरमाथि बल हाबी भए । बलिया टोलीले पनि रन बनाउन निकै संघर्ष गर्नुपरेको छ । हालसम्म ५४ खेल समाप्त हुँदा मात्र ४ खेलमा २०० भन्दामाथिको रन बनेको छ । प्रतियोगितामा सबैभन्दा प्रमुख समस्याका रूपमा रह्यो वर्षा । वर्षाका कारण धेरै खेल प्रभावित भए । तीमध्यै केही खेल ओभर घटाएर वा निर्धारित समयभन्दा ढिला गरेर खेलाइयो भने केही खेल एक बल पनि नफ्याँकी रद्द भए ।

भारतले र इङ्ल्यान्डबीचको सेमिफाइनल पनि वर्षाले प्रभावित हुँदा निर्धारित समयभन्दा करिब डढे घन्टापछि सुरु भएको थियो । समूह चरणमा नेपाल र श्रीलंका, इङ्ल्यान्ड र स्कटल्यान्ड, अमेरिका र आयरल्यान्ड, भारत र क्यानडाबीचको खेल वर्षाका कारण रद्द भयो ।

यस्तो छ दुई टोलीको प्रदर्शन

दक्षिण अफ्रिकाको शतप्रशित जित 

दक्षिण अफ्रिकाले शतप्रतिशत जितका साथ फाइनल यात्रा तय गरेको छ । दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपमा लगातार ८ खेल जित्ने पहिलो टोली हो । समूह चरणमा श्रीलंकालाई नेदरल्यान्ड्सलाई ४ विकेट, बंगलादेशलाई ४ रन र नेपाललाई १ रनले पराजित गरेको दक्षिण अफ्रिका समूह विजेताका रूपमा सुपर ८ मा प्रवेश गरेको थियो ।

सुपर ८ मा पनि दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रन, इङ्ल्यान्डलाई ७ रन र वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्यो । सेमिफाइनलमा अफगानिस्तानसँग ९ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका उपाधि नजिक पुगेको हो ।

क्विन्टन डी कक दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले दुई अर्धशतकसहित २०४ रन बनाएका छन् । डेविड मिलर १४८ र हेनरिक क्लासनले १३८ रन प्रहार गरेका छन् । १३ विकेट लिएका एनरिच नोर्टजे दक्षिण अफ्रिकाका सर्वाधिक विकेटकर्ता हुन् । कागिसो रबाडाले १२ र टाबारेज साम्सीले ११ विकेट लिएका छन् ।

अपराजित भारत 

भारत पनि प्रतियोगितामा अपराजित छ । भारतले ८ खेलमा ७ जित निकाल्दै १ खेलमा अंक बाँडेको छ । समूह चरणमा आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले पराजित गरेको भारतले क्यानडासँग भए अंक बाँडेको थियो । समूह विजेता बनेको भारतले सुपर ८मा अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अस्ट्रेलियालाई २४ रनले पराजित गर्यो । भारतले सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराएको थियो ।

भारतका कप्तान रोहित शर्मा नै सर्वाधिक रनकर्ता हुन् । उनले ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । सूर्यकुमार यादवले १९६ र ऋषभ पन्तले १७१ रन जोडिसकेका छन् । १५ विकेट लिएका अर्शदीप सिंह भारतबाट सर्वाधिक विकेटकर्ता हुन् । जसप्रित बुमराहले १३ र कुलदीप यादवले १० विकेट लिइसकेका छन् ।