माघ ८, २०८२ बिहीबार | १९:५०:२९
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन आइसिसी एकदिवसीय विश्वकप

बाबर आजमः पूरा हुन बाँकी एउटा ‘लेख’

काठमाडाैं । सबैले यस्तै अपेक्षा गरेका थिए । बाबर आजमले यस्तै गरे । त्यो भनेको कप्तानी छाड्ने निर्णय हो । भारतमा चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्न असफल रहेपछि पाकिस्तानी टोली चाँडै घर फर्कन बाध्य भयो । अन्तिम खेल अगाडिसम्म पाकिस्तानको अन्तिम चारमा पुग्ने आश त जीवित नै थियो ।

तर, त्यही अन्तिम खेलमा पनि पाकिस्तान इङ्ल्यान्डको हातबाट नराम्रोसँग पराजित भयो । लिग चरणका ९ खेलमध्ये पाकिस्तान पाँचमा पराजित रह्यो, त्यस अर्थमा यो टिम सेमिफाइनल पुग्न योग्य पनि थिएन । बाबरले पनि माने, पाकिस्तानी टिमको प्रदर्शन राम्रो रहेन । न त उनको व्यक्तिगत प्रदर्शन नै राम्रो थियो ।

पाकिस्तानका पुराना खेलाडीको आरोप थियो, पाकिस्तानको खराब प्रदर्शन पछाडि कोही एकजना बढी जिम्मेवार छन् भने ती हुन्, बाबर । 

त्यसैले घर फर्केलगत्तै उनले घोषणा गरे, पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा । उनको व्यापक आलोचना भइरहेको थियो । पाकिस्तानका पुराना खेलाडीको आरोप थियो, पाकिस्तानको खराब प्रदर्शन पछाडि कोही एकजना बढी जिम्मेवार छन् भने ती हुन्, बाबर । प्रतियोगिता सुरु हुनु अगाडि उनी एकदिवसीय क्रिकेटमा नम्बर एक ब्याटर थिए ।

तर, प्रतियोगितामा उनको प्रदर्शन त्यसलाई सुहाउँदो रहेन । त्यसैले प्रतियोगिताकै बीचमा उनले यो वरीयता पनि गुमाए । पुराना खेलाडी वसिम अक्रम भन्थे, ‘बाबरको प्रदर्शन कहिले पनि विश्वका नम्बर एक खेलाडीजस्तो रहेन ।’  यसको उत्तरमा बाबरले यत्तिमात्रै भनेका छन्, ‘बोल्न सजिलो छ, गर्न भने गाह्रो ।’

एउटा तथ्य के निश्चित छ भने एउटा अब्बल दर्जाको ब्याटरका रूपमा बाबरमाथि कुनै शंका छैन । पाकिस्तानले पछिल्लो समय पाएका निकै उच्चस्तरका ब्याटरमा पर्छन् उनी । सायद यसपल्ट उनको व्यक्तिगत खराब प्रदर्शन पछाडि कप्तानीको ठूलो बोझ प्रमुख रह्यो । एउटा राम्रो खेलाडीलाई उत्तिकै राम्रो कप्तान भइरहन कहाँ सजिलो छ र ?

खासमा बाबरलाई धेरै दोष लगाउनु ठीक हुन्न । पाकिस्तानको घरेलु क्रिकेट नै राम्रो चलिहेको छैन भनिन्छ । अनि पाकिस्तानी क्रिकेट बोर्ड पनि उत्तिकै दलदलमा छ ।

फेरि पाकिस्तान त्यस्तो क्रिकेट मन पराउने देश हो, जहाँ धेरै बढी नै आलोचना हुन्छ । राम्रो खेल्यो कि प्रशंसामात्रै, खराब खेल्यो तुरुन्तै त्यही टिमको चर्को आलोचना । खासमा बाबरलाई धेरै दोष लगाउनु ठीक हुन्न । पाकिस्तानको घरेलु क्रिकेट नै राम्रो चलिहेको छैन भनिन्छ । अनि पाकिस्तानी क्रिकेट बोर्ड पनि उत्तिकै दलदलमा छ ।

खेलाडीले नियमित तलब नै पाइरहका छैनन् अनि तिनै खेलाडीबाट मात्र राम्रो अपेक्षा किन ? बाबरको नाम लिएर सबैले आफू बच्ने र अरूलाई तल देखाउने काममात्र गरिरहेका छन् । फेरि यसपल्टको विश्वकप भारतमा भइरहेको छ, त्यसैले पनि पाकिस्तानको भारतीय भूमिमा खराब प्रदर्शनले धेरैको आँखा तानेको हो ।

अबका केही वर्ष बाबर पाकिस्तानी टिममा देखिने नियमित अनुहार नै हुन् । साँच्चैभन्दा उनी एउटा पूरा हुन ‘बाँकी लेख’ हुन् । 

बाबरले कप्तानी छाडे पनि पाकिस्तानी क्रिकेट टिममा उनको स्थान कसैले लिन सक्दैनन् । त्यसैले अबका केही वर्ष उनी पाकिस्तानी टिममा देखिने नियमित अनुहार नै हुन् । साँच्चैभन्दा उनी एउटा पूरा हुन ‘बाँकी लेख’ हुन् । अबका दिनमा उनीबाट अझ धेरै आस गर्न सकिन्छ । उनीसम्मिलित स्टोरी (लेख) अझ लम्बिने छ ।

शनिबारको अन्य स्टोरीः नेम्वाङलाई सर्वशक्तिमानको दम्भ नपलाओस्अस्ट्रेलियाले भारतलाई रोक्न सक्ला ?विश्वकप क्रिकेटः सजिलो थिएन बलर सामीलाईआइसिसी विश्वकप २०२३ का अविस्मरणीय क्षण