चैत्र १०, २०८२ मंगलबार | २३:०६:५९
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य
शनिबारको दिन पेरिस ओलम्पिक २०२४

४६ सेकेन्डमै रिङ छाडेर किन भक्कानिइन् इटालियन बक्सर करिनी ?

काठमाडौं । फ्रान्समा चलिरहेको पेरिस ओलम्पिकको महिला बक्सिङ प्रतिस्पर्धाको एउटा बाउटमा निकै विवाद भयो । रिङमा इटालियन एन्जेला करिनी र अल्जेरियन इमान खलिफबीच प्रतिस्पर्धा सुरु भयो । सुरु भएको ४६ सेकेन्डमै एन्जेलाले प्रतिस्पर्धा नै छाडेर भक्कानिइन् ।

रिङ छाडेपछि एन्जेलाले यस्तो मुक्काहरू आफूले कहिल्यै नखाएको प्रतिक्रिया दिइन् । ‘मैले कहिल्यै यस्तो मुक्का खाइनँ । तर, म यहाँ जज हैन । यो खेल सही थियो या गलत । यो मेरो फैसला गर्ने काम पनि हैन ।’

आइओसीले विज्ञप्ति जारी गर्दै पेरिस ओलम्पिक बक्सिङ युनिटको नियमका आधारमा प्रतियोगितामा खेलाडीलाई खेल्न दिएको जनाएको छ ।

जसका कारण एन्जेलाले खेल छाडिन्, उनलाई एक वर्षअघि अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबिए)ले जेन्डर टेस्टमा फेल गरेको थियो । आइबिएले पछिल्लो वर्ष भारतको दिल्लीमा भएको महिला विश्व च्याम्पियनसिपमा उनै इमानलाई खेल्न दिइएको थिएन ।  जेन्डर टेस्ट हुँदा महिला खेलाडीमा पुरुष हार्माेन स्तर बढी पाइएपछि प्रतियोगिताबाट आउट गरिन्छ ।

त्यसैले पेरिस अ‍ोलम्पिकमा इमानले पहिलो खेल जितेपछि प्रश्न उठेको थियो । प्रश्न थियो महिलासँग पुरुषको किन प्रतिस्पर्धा ?, आइबिएले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई प्रश्न गरेको छ । आइबिएले भनेको छ, ‘आईओसीले नियम उल्लघंन ग¥यो ।’

यसैबीच आइओसीले विज्ञप्ति जारी गर्दै पेरिस ओलम्पिक बक्सिङ युनिटको नियमका आधारमा प्रतियोगितामा खेलाडीलाई खेल्न दिएको जनाएको छ ।

इमान र एन्जेलाको खेलअघि नै विभिन्न प्रश्न सुरु भइसकेको थियो । इमानसँगै चाइनिज ताइपेइकी बक्सर लीन यू तिनलाई सन् २०२३ मा आइबिएले जेन्डर टेस्टमा फेल गरेको थियो । 

महिला ६६ केजी तौल समूहको राउन्ड अफ १६ को खेल छाडेपछि एन्जेलाले रूदै रिङ छाडेकी थिइन् । इमानले हात मिलाउन चाहेका थिए । तर, एन्जेलाले रुँदै इन्कार गरिदिइन् । ४६ सेकेन्डमा एन्जेलाले मुक्का भेटेपछि सेफ्टीको लागि लगाइएको गियरचेन फुत्किएको थियो । दोस्रो मुक्कापछि एन्जेलाको नाकबाट रगत नै बगेको थियो ।

इटालियन बक्सर एन्जेलाले रिङबाट हटेपछि बुवाको सम्मानका लागि खेलेको बताएकी छन् । ‘मैले बक्सिङ सधैं बुवाको सम्मानका लागि खेले । अहिले आफ्नो स्वास्थ्य जोगाउन खेलबाटै पछि हट्ने निर्णय गरें,’ उनले सुनाइन्, ‘यो सही थियो या गलत थाहा भएन । महिला प्रतिस्पर्धामा मैले अहिलेसम्म यस्तो पञ्च खाएको छैन । मैलेमात्र आफ्नो काम गरेको हो ।’

यता, इमान र एन्जेलाको खेलअघि नै विभिन्न प्रश्न सुरु भइसकेको थियो । इमानसँगै चाइनिज ताइपेइकी बक्सर लीन यू तिनलाई सन् २०२३ मा आइबिएले जेन्डर टेस्टमा फेल गरेको थियो । 

अस्ट्रेलियन बक्सर क्याटलिन पार्करले इमानलाई महिला प्रतिस्पर्धामा सहभागी गराउन नहुने प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय एमेच्योर बक्सिङका अध्यक्ष उमर क्रेमलेवले इमानलाई निलम्बन गरेको बताएका छन् । निलम्बनपछि उनले अदालतमा मुद्दा दर्ता गराएकी थिइन् । तर, पछि आफैंले मुद्दा फिर्ता लिइन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क एडन्सले दुवै खेलाडीले प्रतियोगिताको नियम पूरा गरेको बताउँदै दुवै जनाको पासपोर्टमा महिला रहेको जानकारी दिएका छन् ।

अस्ट्रेलियन बक्सर क्याटलिन पार्करले इमानलाई महिला प्रतिस्पर्धामा सहभागी गराउन नहुने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो खेलाडी पनि ओलम्पिकमा रहेको र इमानलाई खेलाउने निर्णय सही नभएको बताएका छन् । यस्तो खेलले धेरै नराम्रो घटना निम्त्याउने पनि उनले स्पष्ट पारेका छन् ।

पेरिस ओलम्पिकमा इटालीले ५ स्वर्ण, ८ रजत र ४ कांस्यसहित कुल १६ पदक जितिसकेको छ ।