कार्तिक ६, २०८१ मंगलबार | १९:१५:२४
सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित सन्दीप जोराको कप्तानीमा नेपाली टोली घोषणा लाइफ केयर, नेक्सस र साइक सेमिफाइनलमा लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने अहमद र एट्किन्सन इङ्ल्यान्डको टोलीमा कमनवेल्थ गेम्समा १० खेल समावेश हुने एकदिवसीय शृंखलामा इङ्ल्यान्डको कप्तानी लिभिङ्गस्टोनले गर्ने केन विलियमसनले दोस्रो टेस्ट पनि गुमाउने नटिङघम फरेस्टको कठिन जित एक वर्षपछि नेयमारको पुनरागमन दौसारीको ह्याट्रिकमा अल हिलालको जित
शनिबारको दिन एभरेस्ट महिला भलिबल लिग

इडब्ल्युभिएलको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर

काठमाडौं । नेपाली भलिबल इतिहासमै पहिलो पटक भएको फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को उपाधि भिडन्त शनिबार हुँदैछ ।

नेपाली भलिबल फ्रेन्चाइज लिगको पहिलो च्याम्पियन बन्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदैछन् कर्णाली यश्विज र ललितपुर क्विन्स ।

फाइनल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा साँझ ५ः३० बजे सुरु हुनेछ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा भएको प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका थिए ।

विदेशी खेलाडीको आगमनले प्रतियोगिताको रौनक बढाएको छ । हरेक फ्रेन्चाइज टोलीले समान तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेका थिए । उनीहरू नै खेलमा निर्णायक बनेका छन् ।  

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि कर्णालीले शीर्ष र ललितपुरले दोस्रो स्थानमा रहँदै उपाधि भिडन्त पक्का गरे ।

लिग चरणको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ को जित निकालेपछि ललिपुरको फाइनल यात्रा पक्का भएको थियो ।

फाइनलमा स्थान बनाउन नसके पनि काठमाडौं स्पाइर्कस, चितवन शक्ति, गण्डकी थन्डर्स र मधेश युनाइटेड यो ऐतिहासिक क्षणको साक्षी बने । 

विदेशी खेलाडीको आगमनले प्रतियोगिताको रौनक बढाएको छ । हरेक फ्रेन्चाइज टोलीले समान तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेका थिए । उनीहरू नै खेलमा निर्णायक बनेका छन् ।  । यस्तो फाइनल पुग्ने टोलीको प्रदर्शन

कर्णाली यश्विज

कर्णाली यश्विजको टोली, तस्विरः कर्णालीको फेसबुक पेजबाट । 

कर्णाली यश्विज फाइनलमा प्रवेश गर्छ भन्ने सायद कसैले अनुमान गरेका थिए । टोलीले यस्ता खेलाडीलाई मार्की बनाएको थियो जोसँग खासै अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव थिएन । 

कर्णालीको मार्की तथा कप्तान थिइन् सुमित्रा रेग्मी । उनले करिब दुई महिना अगाडि मात्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी थिइन् । 

यसैगरी कर्णालीमा नेपाली भलिबलमा नाम सुनिएको अर्को खेलाडी थिइन् मनिषा चौधरी । उनी पनि पछिल्लो समय विच भलिबलमै केन्द्रित रहँदा फुल कोर्ट भलिबलमा खासै देखिएकी छैनन् । 

टोलीको यो सफलतमा पर्दा पछाडिका नायक थिए प्रशिक्षक कुमार राई । अनुभवी प्रशिक्षक राई युवा खेलाडीलाई स्टार बनाउन माहिर छन् । 

युवा खेलाडीलाई समेट्दै टोली तयार पारेको कर्णालीले विदेशी खेलाडीका रूपमा अमेरिकाकी ग्याब्रियल बेन्डा, टर्कीकी जिनेप आउट्रन र ग्रिसकी एथेनासिया लियाग्कीलाई अनुबन्ध गरेको थियो ।

लियाग्कीले उत्कृष्ट प्रदर्शनका साथै नेतृत्वादायी भूमिका निर्वाह गरिन् । आउट्रन र बेन्डाको पनि उत्कृष्ट प्रदर्शन रह्यो ।

कप्तान सुमित्रा रेग्मीसँग मिना सुनार (६ नम्बर जर्सी), तस्विरः कर्णालीको फेसबुक पेजबाट । 

कर्णालीका लागि सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडी रहिन् मिना सुनार । कलिलो उमेर भए पनि उनको प्रदर्शन कुनै अनुभवी खेलाडीको भन्दा कम थिएन । उनले आफूलाई भविष्यको स्टारका रूप स्थापित गरेकी छन् । 

कप्तान सुमित्रा रेग्मीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । टोलीको यो सफलतमा पर्दा पछाडिका नायक थिए प्रशिक्षक कुमार राई । अनुभवी प्रशिक्षक राई युवा खेलाडीलाई स्टार बनाउन माहिर छन् । 

घरेलु प्रतियोगितामा न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई स्थापित बनाएका राईले सुमित्रा, प्रतिभा माली, कृपा अघिकारी जस्ता स्टार खेलाडी उत्पादन गरेका छन् । 

यस पटक पनि राई आफ्नो रणनितीमा सफल देखिए । उनको प्रशिक्षणमा टोलीले अपराजित रहँदै फाइनल यात्रा तय गरेको छ । 

लिग चरणमा कर्णालीले मधेश र काठमाडौंलाई समान ३-१, गण्डकी थन्डर्स,चितवन शक्तिलाई समान ३-२ र ललितपुर क्सिन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

ललितपुर क्विन्स

ललितपुर क्विन्सको टोली, तस्विरः ललितपुरको फेसबुक पेजबाट । 

चोटले सताएको ललितपुर क्विन्सले अन्तत राहत महसुस गरेको छ । स्टार खेलाडी घाइते हुँदा ललितपुरको प्रदर्शनमा निकै उताड चढाव आयो । तर अन्तिममा टोली उपाधि नजिक पुगेको छ ।

ललितपुरले थाइल्याल्डबाट सुटाड्ता चुइलिम, वारन्या श्रीलोङ, पत्राथिप सान्त्रकोनलाई भित्र्याएको थियो ।

तीनै विदेशी खेलाडी एकै ठाउँको हुँदा पहिलो खेलमा उत्कृष्ट तालमेल देखिएको थियो । चुइलिम पहिलो खेलमै घाइते भइन् । त्यसपछि भने टोलीले केही लय गुमाउन पुग्यो ।

चुइलिमको अनुपस्थितीमा उत्कृष्ट प्रदर्शन गरेकी पुनम चन्द पनि लगत्तैको खेलमा घाइते हुँदा ललितपुर थप समस्यामा परेको थियो ।

हालसम्मको खेल हेर्दा ललितपुर वारन्या श्रीलोङमै निर्भर देखिन्छ । टोलीका लागि अधिकांश अंक उनैले बटुलिरहेकी छन् ।

आफ्ना प्रमुख खेलाडी नहुँदा ललितपुरको प्रदर्शनमा केही गिरावट आएको प्रस्ट देखिन्थ्यो । चुइलिम दुई खेलको अनुपस्थितीपछि कोर्टमा फर्किएकी छन् । तर पुनमले भने फाइन खेल्नेमा पनि शंका छ । 

ललितपुरमा मार्की तथा कप्तान सलिना श्रेष्ठ, पुनम चन्द कामना विष्ट र साफिया पुन गरि राष्ट्रिय टोलीका चार खेलाडी थिए । सलिना र कामनाको प्रदर्शन उत्कृष्ट रहँदा साफियाले भने आफ्नो  लय समात्न सकिरहेकी छैनन् ।

वारन्या श्रीलोङ, तस्विरः ललितपुरको फेसबुक पेजबाट । 

हालसम्मको खेल हेर्दा ललितपुर वारन्या श्रीलोङमै निर्भर देखिन्छ । टोलीका लागि अधिकांश अंक उनैले बटुलिरहेकी छन् ।

टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालिरहेका छन् । युवा प्रशिक्षक खड्काले घरेलु प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लबलाई धेरै उपाधि दिलाइ सकेका छन् ।

लिग चरणमा काठमाडौं, मधेश र चितवनलाई समान ३-१ को सेटमा हराएको ललितपुरले कर्णालीसँग ३-० तथा गण्डकीसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो ।