माघ २, २०८२ शुक्रबार | ००:२६:३७
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित
शनिबारको दिन एनभिए महिला तथा पुरुष भलिबल लिग

एनभिए लिग: अपराजित गण्डकीलाई हेल्प नेपालको चुनाैती

काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ शनिबार फाइनलमा साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्दा गण्डकी प्रदेश अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा गण्डकीले ७ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल यात्रा तय गर्यो ।

गण्डकीले एपिएफ, बूढानीलकण्ठ र आर्मीलाई ३-१, सुदूरपश्चिम, कोशी र पुलिसलाई ३-० तथा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।

पछिल्लो समय नेपाली भलिबलमा विभागीय टोलीको दबदबा तोड्दै गएका यी दुई टोलीबीचको फाइनल भिडन्त निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

यता उपाधि रक्षा अभियानमा रहेको हेल्प नेपाल पनि लिग चरणमा ब्यहोरेको हारको बदला लिन लक्ष्यमा छ ।

हेल्प नेपालले ७ खेलमा ६ जित र १ हारको नतिजासहित १९ अंक जोड्यो । बूढानीलकण्ठलाई ३-१, कोशी, सुदूरपश्चिम, एपिएफ, पुलिस र आर्मी लाई समान ३-० को सेटमा हराएको हेल्प नेपाल गण्डकीसँग ३-२ को सेटमा पराजित भएको थियो ।

गण्डकी र हेल्प नेपाल भिड्दै

प्रतियोगितामा विभागीय टोलीको प्रदर्शन भने केही फितलो रह्यो । पुलिस १४ अंकका साथ तेस्रो स्थानमा रहँदा गत संस्करणको उपविजेता आर्मी १२ अंका साथ चौथो स्थानमा रह्यो ।

पाँचौं स्थानमा रहेको एपिएफले १० अंक जोड्यो । सुदूरपश्चिमले ६, बूढानीलकण्ठले तीन अंक जोड्दा कोशी अंकविहिन बन्यो ।

गण्डकीमा तीन भारतीय खेलाडी मोहन उक्र पाण्डेयन, रमन कुमार र सहया एन्थोनी राज सन्तोष छन् । ती मध्ये सन्तोष राम्रो लयमा देखिएका छन् । 

हिमाल सुनारी, रवि केसी, खोमप्रसाद पाण्डे( हरि), इन्द्र विक जस्ता खेलाडी पनि गण्डकीको टोलीमा छन् ।

यसैगरी हेल्प नेपाल तीन पाकिस्तानी खेलाडी मजर अली, अद्नान खान र मुबसन राजा वाटोका साथ मैदान उत्रिएको छ ।तीनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् ।

हेल्प नेपाललाई सन्जुविक्रम केसी, टोपबहादुर थापा(कप्तान), चिरन खड्का जस्ता खेलाडीको साथ रहनेछ ।

हेल्प नेपालले आर्मीलाई हराउँदै गत चैतमा सम्पन्न आरबीबी महिला तथा पुरुष क्लब च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । त्यतीबेला सेमिफाइनलमा भएको भेटमा भने हेल्प नेपालले गण्डकीविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।

पछिल्लो समय नेपाली भलिबलमा विभागीय टोलीको दबदबा तोड्दै गएका यी दुई टोलीबीचको फाइनल भिडन्त निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।