पुस १५, २०८२ बुधबार | ०७:००:११
एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो
शनिबारको दिन

टेनिस स्टार जोकोभिचको महत्त्वाकांक्षा उस्तै

काठमाडौ‌ । वर्षको चौथो तथा अन्तिम ग्रान्ड स्लाम युएस ओपन सोमबार सुरु हुँदै छ । सुरुमा अस्ट्रेलियन ओपन, त्यसपछि विम्बल्डन र फ्रेन्च ओपन । अनि, अन्त्यमा युएस ओपन । न्युयोर्कमा सुरु हुने यसपल्टको प्रतियोगितामा अरू बेला जस्तै सबैको ध्यान एकै खेलाडीमा हुनेछ । उनी नोभाक जोकोभिच नै हुन् । सर्बियाका यी खेलाडी सफलता, चर्चा र विवादबाट कहिले पो टाढा रहे र ? तर यस पटक उनलाई हेर्ने नजर केही फेरिएको छ ।

भयो के भन्दा जोकोभिच यस पटकको पनि युएस ओपन जितेर कीर्तिमानी २५ औं ग्रान्ड स्लाम हात पार्न चाहन्छन् । उनले जितेका २४ ग्रान्ड स्लाम पनि आफैंमा कीर्तिमान हो । यो उपाधिको संख्याले नै भन्छ, उनी धेरै ठूला खेलाडी हुन् । आखिरमा उनी ३७ वर्षका पो भइसके । शरीर त पक्कै युवाजस्तो रहेन होला । तर उनको महत्त्वाकांक्षा उस्तै ।

पेरिस ओलम्पिक २०२४ अन्त्तर्गत फाइनलमा स्थान बनाएपछि नोभाक जोकोभिक

सबैभन्दा पहिले यो वर्षका सुरुआती तीन ग्रान्ड स्लाम विजेतातर्फ नजर लगाऔं । अस्ट्रेलियन ओपन जिते यानिक सिनरले । विम्बल्डन कार्लोस अल्कारेजले जिते । फ्रेन्च ओपन पनि अल्कारेजकै नाममा रह्यो । यसमा खोइ त जोकोभिचको नाम ? विम्बल्डन फाइनलमा त अल्कारेजले जोकोभिचलाई नै हराएका हुन् । त्यसैले एक खाले भाष्य निर्माण हुन थालेको थियो, अब जोकोभिचको दिन साँच्चै रहेन ।

 जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ । पेरिस ओलम्पिकको सफलताले उनी उत्तिकै उत्साही छन् । हुनसक्छ, न्युयोर्कमा पुरानै जोकोभिच देख्न पाइने हो कि ? उनलाई केन्द्रमा राखेर यसपल्टको युएस ओपन हेर्नुको मज्जै अर्को हुनेछ । 

यही भाष्य गलत साबित भयो, पेरिस ओलम्पिक २०२४ मा । स्वर्ण पदकका लागि भएको फाइनलमा जोकोभिचले अल्कारेजलाई पराजित गरे । यसै कारण उनी विश्वकै सर्वकालीन महान खेलाडीको सूचीमा सबैभन्दा अगाडि रहे । उनले चारै ग्रान्ड स्लाममात्र जितेका छैनन्, अब त उनी ओलम्पिक स्वर्ण जितेका खेलाडी भए । यस्तो उपलब्धि चुम्ने उनी दुर्लभ पाँचौं खेलाडी मात्र हुन् । पेरिसको रोलान्ड गारोसमा स्वर्ण जितेयता यिनै कारणले उनी असाध्यै धेरै भावुक रहे ।

पेरिस ओलम्पिक २०२४ का दौरान नोभाक जोकोभिक

यसक्रममा उनी आफ्ना आलोचकको मुख बन्द गर्न सफल रहे । उनको ओलम्पिक स्वर्ण पनि त्यो पृष्ठभूमिमा सम्भव भएको थियो, जसमा घुँडाको शल्यक्रिया गराएको केही सातामात्रै भएको थियो । संयोगले पेरिस ओलम्पिकको स्वर्ण उनले जितेको ९९ औं उपाधि पनि थियो । त्यसैले उनले यो सफलतालाई धेरै महत्व दिँदै भने, यो जत्तिको सफलता सायद अन्य कुनै होला ।यस्तोमा के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ । पेरिस ओलम्पिकको सफलताले उनी उत्तिकै उत्साही छन् । हुनसक्छ, न्युयोर्कमा पुरानै जोकोभिच देख्न पाइने हो कि ? उनलाई केन्द्रमा राखेर यसपल्टको युएस ओपन हेर्नुको मज्जै अर्को हुनेछ ।