फाल्गुन २७, २०८२ बुधबार | ०९:२२:१८
द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती
शनिबारको दिन

टेनिस स्टार जोकोभिचको महत्त्वाकांक्षा उस्तै

काठमाडौ‌ । वर्षको चौथो तथा अन्तिम ग्रान्ड स्लाम युएस ओपन सोमबार सुरु हुँदै छ । सुरुमा अस्ट्रेलियन ओपन, त्यसपछि विम्बल्डन र फ्रेन्च ओपन । अनि, अन्त्यमा युएस ओपन । न्युयोर्कमा सुरु हुने यसपल्टको प्रतियोगितामा अरू बेला जस्तै सबैको ध्यान एकै खेलाडीमा हुनेछ । उनी नोभाक जोकोभिच नै हुन् । सर्बियाका यी खेलाडी सफलता, चर्चा र विवादबाट कहिले पो टाढा रहे र ? तर यस पटक उनलाई हेर्ने नजर केही फेरिएको छ ।

भयो के भन्दा जोकोभिच यस पटकको पनि युएस ओपन जितेर कीर्तिमानी २५ औं ग्रान्ड स्लाम हात पार्न चाहन्छन् । उनले जितेका २४ ग्रान्ड स्लाम पनि आफैंमा कीर्तिमान हो । यो उपाधिको संख्याले नै भन्छ, उनी धेरै ठूला खेलाडी हुन् । आखिरमा उनी ३७ वर्षका पो भइसके । शरीर त पक्कै युवाजस्तो रहेन होला । तर उनको महत्त्वाकांक्षा उस्तै ।

पेरिस ओलम्पिक २०२४ अन्त्तर्गत फाइनलमा स्थान बनाएपछि नोभाक जोकोभिक

सबैभन्दा पहिले यो वर्षका सुरुआती तीन ग्रान्ड स्लाम विजेतातर्फ नजर लगाऔं । अस्ट्रेलियन ओपन जिते यानिक सिनरले । विम्बल्डन कार्लोस अल्कारेजले जिते । फ्रेन्च ओपन पनि अल्कारेजकै नाममा रह्यो । यसमा खोइ त जोकोभिचको नाम ? विम्बल्डन फाइनलमा त अल्कारेजले जोकोभिचलाई नै हराएका हुन् । त्यसैले एक खाले भाष्य निर्माण हुन थालेको थियो, अब जोकोभिचको दिन साँच्चै रहेन ।

 जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ । पेरिस ओलम्पिकको सफलताले उनी उत्तिकै उत्साही छन् । हुनसक्छ, न्युयोर्कमा पुरानै जोकोभिच देख्न पाइने हो कि ? उनलाई केन्द्रमा राखेर यसपल्टको युएस ओपन हेर्नुको मज्जै अर्को हुनेछ । 

यही भाष्य गलत साबित भयो, पेरिस ओलम्पिक २०२४ मा । स्वर्ण पदकका लागि भएको फाइनलमा जोकोभिचले अल्कारेजलाई पराजित गरे । यसै कारण उनी विश्वकै सर्वकालीन महान खेलाडीको सूचीमा सबैभन्दा अगाडि रहे । उनले चारै ग्रान्ड स्लाममात्र जितेका छैनन्, अब त उनी ओलम्पिक स्वर्ण जितेका खेलाडी भए । यस्तो उपलब्धि चुम्ने उनी दुर्लभ पाँचौं खेलाडी मात्र हुन् । पेरिसको रोलान्ड गारोसमा स्वर्ण जितेयता यिनै कारणले उनी असाध्यै धेरै भावुक रहे ।

पेरिस ओलम्पिक २०२४ का दौरान नोभाक जोकोभिक

यसक्रममा उनी आफ्ना आलोचकको मुख बन्द गर्न सफल रहे । उनको ओलम्पिक स्वर्ण पनि त्यो पृष्ठभूमिमा सम्भव भएको थियो, जसमा घुँडाको शल्यक्रिया गराएको केही सातामात्रै भएको थियो । संयोगले पेरिस ओलम्पिकको स्वर्ण उनले जितेको ९९ औं उपाधि पनि थियो । त्यसैले उनले यो सफलतालाई धेरै महत्व दिँदै भने, यो जत्तिको सफलता सायद अन्य कुनै होला ।यस्तोमा के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ । पेरिस ओलम्पिकको सफलताले उनी उत्तिकै उत्साही छन् । हुनसक्छ, न्युयोर्कमा पुरानै जोकोभिच देख्न पाइने हो कि ? उनलाई केन्द्रमा राखेर यसपल्टको युएस ओपन हेर्नुको मज्जै अर्को हुनेछ ।