फाल्गुन १२, २०८२ मंगलबार | १२:५३:०८
पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं पाकिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा इङ्ल्याण्ड एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं
शनिबारको दिन धर्ममान वज्राचार्य

टेबल टेनिसमा समर्पित धर्ममान

काठमाडौं । २०३१ सालमा लैनचौर टेबल टेनिस प्रशिक्षण केन्द्रमा भर्ना भइरहँदा धर्ममान वज्राचार्यले सायदै सोचेका थिए होलान्, ‘यो नै हो मेरो करिअर भनेर’ । जतिबेला उनी १४ वर्षका मात्र थिए ।

लैनचौर प्रशिक्षण केन्द्र त्यही हल हो, जहाँ नेपालले टेबल टेनिसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्छ । २०३० सालमा उक्त प्रशिक्षण केन्द्रको स्थापना भएको थियो । ५० वर्षको अन्तरालमा यस हलबाट टेबल टेनिसका अनेकौं पदक विजेता खेलाडी जन्मिए । धर्ममान यस प्रशिक्षण केन्द्रका पहिलो ब्याचका खेलाडी हुन् ।

यिनै धर्ममानले पछि नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक दिलाए । साढे दुई दशक खेलाडी जीवन बिताएका धर्ममान पछि प्रशिक्षक पनि भए । २०८० सालसम्म आइपुग्दा ६३ वर्षे धर्ममानले टेबलटेनिसमा झन्डै आधा शताब्दी आफ्नो समय दिएका छन् ।

साँच्चै टेबल टेनिसलाई धर्ममानले माया मार्न सकेनन् । यदि यसो नहुँदो हो त उनमा कुनै न कुनै बेला ‘मोनोटोनस’ भाव आइसकेको हुन्थ्यो । तर, यस्तो कहिल्यै भएन । त्यसैले त उनले चाहे जति खेले अनि खेलाए । आजको दिनमा उनी अरूलाई प्रेरणा दिइरहेका छन् ।

धर्ममानले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल १८ स्वर्ण, ५ रजत र १३ कांस्य जिते अनि राष्ट्रियतर्फ २१ स्वर्ण, १० रजत र ७ कांस्य । खेलाडी छँदै २०४८ सालमा सहायक प्रशिक्षक भएका धर्ममानले २०७७ सालसम्म आइपुग्दा प्रमुख प्रशिक्षक भएर रिटायर्ड भए ।

यसरी टेबल टेनिसमा सम्पूर्ण जीवन समर्पित गरेका धर्ममान सोमबार मात्र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले आयोजना गर्ने वार्षिक अवार्ड कार्यक्रममा सम्मानित भए । उनलाई एनएनआइपिएले गजराज स्मृति आदर्श खेल व्यक्तित्व २०७९ बाट सम्मान गरेको हो । उनलाई अवार्डसँगै ३५ हजार रुपैयाँ पनि प्रदान गरियो ।

कुनै पनि एक क्षेत्रमा यसरी आफ्नो जीवन नै समर्पित गर्नु कत्तिको सहज विषय हो ? धर्ममानलाई नजिकबाट बुझेकाहरूले यो उत्तर उहिले नै पाइसकेका छन् । उनीहरूका लागि धर्ममान प्रेरणाका स्रोत हुन् ।

साँच्चै टेबल टेनिसलाई धर्ममानले माया मार्न सकेनन् । यदि यसो नहुँदो हो त उनमा कुनै न कुनै बेला ‘मोनोटोनस’ भाव आइसकेको हुन्थ्यो । तर, यस्तो कहिल्यै भएन । त्यसैले त उनले चाहे जति खेले अनि खेलाए । आजको दिनमा उनी अरूलाई प्रेरणा दिइरहेका छन् ।

लैनचौरमा उनले छोराको नाममा खेलकुद सामग्री पसल, ‘सलिम स्पोर्टस इन्टरप्राइज’ पनि खोलेका थिए । जुन पसल अहिले छोराले नै चलाउँछन् । धर्ममान भने रिटायर्ड जीवन बिताइरहेका छन् । उनी अहिले प्रायः पसलमै पनि भेटिन्छन्। 

धर्ममानले बाल्यावस्थामा खेलेको पहिलो खेल भने फुटबल हो । उनी आफ्ना सुरुआती दिनमा फुटबल खेल्थे । कति बेलादेखि टेबल टेनिसमा रस बस्न थाल्यो, त्यो उनी आफैंलाई थाहा छैन ।

धर्ममान २०५५ सालमा नेपालगन्जमा भएको २९औं राष्ट्रिय टेबल टेनिस टुरसम्म खेलाडीका रूपमा सक्रिय रहे । राष्ट्रिय प्रतियोगिता खेल्न थालेको केही समयमै उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिन पाए । सन् १९८० मा कोलकातामा भएको पाँचौं एसियन टेबल टेनिस च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसबाहेक उनले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, विश्व टेबलटेनिस टुर, इलेक्ट्रा गोल्डकप र विश्व टेबलटेनिस च्याम्पियनसिप पनि खेले ।

सन् १९९४ मा चीनमा भएको १२औं एसियाली टेबल टेनिस च्याम्पियनसिप धर्ममानले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

लैनचौरमा उनले छोराको नाममा खेलकुद सामग्री पसल, ‘सलिम स्पोर्टस इन्टरप्राइज’ पनि खोलेका थिए । जुन पसल अहिले छोराले नै चलाउँछन् । धर्ममान भने रिटायर्ड जीवन बिताइरहेका छन् । उनी अहिले प्रायः पसलमै पनि भेटिन्छन्।