पुस ३०, २०८२ बुधबार | १४:३६:०७
भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल
शनिबारको दिन धर्ममान वज्राचार्य

टेबल टेनिसमा समर्पित धर्ममान

काठमाडौं । २०३१ सालमा लैनचौर टेबल टेनिस प्रशिक्षण केन्द्रमा भर्ना भइरहँदा धर्ममान वज्राचार्यले सायदै सोचेका थिए होलान्, ‘यो नै हो मेरो करिअर भनेर’ । जतिबेला उनी १४ वर्षका मात्र थिए ।

लैनचौर प्रशिक्षण केन्द्र त्यही हल हो, जहाँ नेपालले टेबल टेनिसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्छ । २०३० सालमा उक्त प्रशिक्षण केन्द्रको स्थापना भएको थियो । ५० वर्षको अन्तरालमा यस हलबाट टेबल टेनिसका अनेकौं पदक विजेता खेलाडी जन्मिए । धर्ममान यस प्रशिक्षण केन्द्रका पहिलो ब्याचका खेलाडी हुन् ।

यिनै धर्ममानले पछि नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय पदक दिलाए । साढे दुई दशक खेलाडी जीवन बिताएका धर्ममान पछि प्रशिक्षक पनि भए । २०८० सालसम्म आइपुग्दा ६३ वर्षे धर्ममानले टेबलटेनिसमा झन्डै आधा शताब्दी आफ्नो समय दिएका छन् ।

साँच्चै टेबल टेनिसलाई धर्ममानले माया मार्न सकेनन् । यदि यसो नहुँदो हो त उनमा कुनै न कुनै बेला ‘मोनोटोनस’ भाव आइसकेको हुन्थ्यो । तर, यस्तो कहिल्यै भएन । त्यसैले त उनले चाहे जति खेले अनि खेलाए । आजको दिनमा उनी अरूलाई प्रेरणा दिइरहेका छन् ।

धर्ममानले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल १८ स्वर्ण, ५ रजत र १३ कांस्य जिते अनि राष्ट्रियतर्फ २१ स्वर्ण, १० रजत र ७ कांस्य । खेलाडी छँदै २०४८ सालमा सहायक प्रशिक्षक भएका धर्ममानले २०७७ सालसम्म आइपुग्दा प्रमुख प्रशिक्षक भएर रिटायर्ड भए ।

यसरी टेबल टेनिसमा सम्पूर्ण जीवन समर्पित गरेका धर्ममान सोमबार मात्र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले आयोजना गर्ने वार्षिक अवार्ड कार्यक्रममा सम्मानित भए । उनलाई एनएनआइपिएले गजराज स्मृति आदर्श खेल व्यक्तित्व २०७९ बाट सम्मान गरेको हो । उनलाई अवार्डसँगै ३५ हजार रुपैयाँ पनि प्रदान गरियो ।

कुनै पनि एक क्षेत्रमा यसरी आफ्नो जीवन नै समर्पित गर्नु कत्तिको सहज विषय हो ? धर्ममानलाई नजिकबाट बुझेकाहरूले यो उत्तर उहिले नै पाइसकेका छन् । उनीहरूका लागि धर्ममान प्रेरणाका स्रोत हुन् ।

साँच्चै टेबल टेनिसलाई धर्ममानले माया मार्न सकेनन् । यदि यसो नहुँदो हो त उनमा कुनै न कुनै बेला ‘मोनोटोनस’ भाव आइसकेको हुन्थ्यो । तर, यस्तो कहिल्यै भएन । त्यसैले त उनले चाहे जति खेले अनि खेलाए । आजको दिनमा उनी अरूलाई प्रेरणा दिइरहेका छन् ।

लैनचौरमा उनले छोराको नाममा खेलकुद सामग्री पसल, ‘सलिम स्पोर्टस इन्टरप्राइज’ पनि खोलेका थिए । जुन पसल अहिले छोराले नै चलाउँछन् । धर्ममान भने रिटायर्ड जीवन बिताइरहेका छन् । उनी अहिले प्रायः पसलमै पनि भेटिन्छन्। 

धर्ममानले बाल्यावस्थामा खेलेको पहिलो खेल भने फुटबल हो । उनी आफ्ना सुरुआती दिनमा फुटबल खेल्थे । कति बेलादेखि टेबल टेनिसमा रस बस्न थाल्यो, त्यो उनी आफैंलाई थाहा छैन ।

धर्ममान २०५५ सालमा नेपालगन्जमा भएको २९औं राष्ट्रिय टेबल टेनिस टुरसम्म खेलाडीका रूपमा सक्रिय रहे । राष्ट्रिय प्रतियोगिता खेल्न थालेको केही समयमै उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिन पाए । सन् १९८० मा कोलकातामा भएको पाँचौं एसियन टेबल टेनिस च्याम्पियनसिप उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसबाहेक उनले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, विश्व टेबलटेनिस टुर, इलेक्ट्रा गोल्डकप र विश्व टेबलटेनिस च्याम्पियनसिप पनि खेले ।

सन् १९९४ मा चीनमा भएको १२औं एसियाली टेबल टेनिस च्याम्पियनसिप धर्ममानले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

लैनचौरमा उनले छोराको नाममा खेलकुद सामग्री पसल, ‘सलिम स्पोर्टस इन्टरप्राइज’ पनि खोलेका थिए । जुन पसल अहिले छोराले नै चलाउँछन् । धर्ममान भने रिटायर्ड जीवन बिताइरहेका छन् । उनी अहिले प्रायः पसलमै पनि भेटिन्छन्।