फुटबल
युभेन्टसको पहिलो जित
मिलान, (खेलाडी)- युभेन्टसले इटालियन सिरी 'ए' मा पहिलो जित हात पारेको छ ।
सिरी 'ए' मा बुधबार भएको खेलमा युभेन्टसले स्पेजियालाई ३ -२ ले हरायो ।
२८औं मिनेटमा मोइस केनको गोलमा युभेन्टसले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै इम्यानियोल ग्यासी स्पेजियालाई खेलमा फर्काएका थिए ।
४९औं मिनेटमा यानिस एन्टीस्टले स्पेजियाालई २-१ को अग्रता अग्रता दिलाए ।
६६ र्आं मिनेटमा फेड्रिको केइसाले युभेन्टसलाई खेलमा फर्काए । ७२ औं मिनेटमा मटाइस डी लिटले युभेन्टसका अग्रता ३- १ मा पु¥याएका थिए ।
पाँच खेलमा एक जितका साथ पाँच अंक मात्र जोडेको युभेन्टस १३औं स्थानमा उक्लिएको छ । स्पेजिया भने पाँच खेलबाट चार अंकका साथ १७औं स्थानमा छ ।