Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

एमबाप्पेले पेरिस नछोड्नेमा पिएसजी विश्वस्त

पेरिस, (खेलाडी)- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का खेलकुद निर्देशक लियोनार्दाेले यस सिजनको अन्त्यपछि पनि किलियन एमबाप्पले क्लब नछाड्ने विश्वास व्यक्त गरेका छन् । 

पिएसजीमा फ्रान्सका स्ट्राइकर एमबाप्पेको सम्झौता यसै सिजनको अन्त्यसँगै सकिनेछ । जारी सिजनको सुरुआतमा पनि रियाल मड्रिड जाने चर्चा चलेका एमबाप्पेले पिएसजीसँग सम्झौता नवीकरण गर्न अस्विकार गरेका थिए । तर लियोनार्दो भने एमबाप्पेले सम्झौता नवीकरण गर्नेमा विश्वस्त छन् । 

‘यहाँ एमबाप्पे विनाको भविष्य कसैले देखेको छैन,’ उनले भने, ‘यो सिजनको अन्त्यमा उनले क्लब छोड्ने सम्भावना म देख्दिँन । पिएसजीसँग एमबाप्पेको सम्बन्ध गहिरो छ ।’ 

लियोनार्दोले स्पेनिस क्लब रियालको व्यवहारबाट पिएसजी खुसी नभएको बताए ।

‘पिएसजी रियालको व्यवहारमा खुशी छैन । हामीले उनीहरुको प्रस्ताब बुझेका छौं,’ उनले भने, ‘हाम्रो दृष्टिकोणबाट हेर्दा त्यो पर्याप्त छैन ।’

एमबाप्पे पिएसजीमै बस्ने कुरा तथ्य भएको बताउँदै थपे, ‘तथ्य कुरा यो हो कि, उनी पिएसजीमै बस्छन् । हुने कुरा यही हो । हामी एमबाप्पे बिनाको पिएसजी सोच्न सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस

\