Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

काल्भर्टले अझै केही खेल गुमाउने

लण्डन, (खेलाडी)-  एर्भटनका प्रशिक्षक राफेल बेनिटेजले डोमिनिक काल्भर्ट केही साता मैदान बाहिर रहने बताएका छन् । 

खुट्टाको चोटबाट गुज्रिरहेका इङ्ल्यान्डका स्ट्राइकर काल्भर्टलाई ठीक हुन केही साता लाग्ने प्रशिक्षक बेनिटेजले बताए । 

‘मलाई लाग्छ उनी मैदान फर्किन दुई वा तीन हप्ताभन्दा लामो समय लाग्हुनेछ,’ उनले भने, ‘उनले बाँकी टिमसँग अभ्यास नगर्नुको कारण यही हो ।’

उनले चोटका कारण सोमबार राति बर्नली विरुद्धको खेल गुमाएका थिए । जसमा एर्भटनले घरेलु मैदानमा बर्नलीलाई ३-१ गोल अन्तरले हराएको थियो । 

२४ वर्षे इङ्ल्यान्डका स्ट्राइकर काल्भर्टले चोटका बाबजुत पनि प्रिमियर लिगका सुरुआती तीन खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस

\