Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मेसीको बयान गर्न शब्द पाउँदिन- पिएसजीका प्रशिक्षक

पेरिस, (खेलाडी)- पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफ्ना स्टार खेलाडी लियोनेल मेसीको बयान गर्न आफूलाई सधै शब्दको अभाव हुने गरेको बताएका छन् । 

बार्सिलोनाबाट यसै सिजनका लागि मात्र पेरिस आइपुगेका ६ पटकका बालन डी अर विजेता नयाँ टिममा छोटो समयमै स्थापित भइसकेको र उच्च लय समाउने क्रममा रहेको पोचेटिन्होले बताए ।

बार्सिलोनाले स्पेनिस ला लिगाको आर्थिक नियमका कारण मेसीलाई क्याम्प नोउमा राख्न नसक्दा उनको पिएसजी सरुवा सम्भव भएको थियो । नयाँ क्लबबाट लिग वानअन्तर्गत रेइम्समाथि जित हासिल गरेको खेलमा मेसी २४ मिनेट मैदान उत्रिएका थिए । त्यसलगत्तै अर्जेन्टिनाका लागि विश्वकप छनोटका खेल खेल्न उनी दक्षिण अमेरिका लागेका थिए ।

अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गरेर फर्किएका मेसी अब नयाँ क्लबका लागि च्याम्पियन्स लिगमा ‘डेब्यु’ गर्ने तयारीमा छन् । पिएसजीले बुधबार राति क्लब ब्रुगेसँग खेल्दै नयाँ सिजनको च्याम्पियन्स लिग यात्रा सुरु गर्नेछ । बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका मेसीले बुधबार त्यही खेलमार्फत पिएसजीको जर्सीमा युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको यात्रा सुरु गर्नेछन् ।

‘मेसीको बयान गर्न सायद म उपयुक्त मानिस होइन होला । उनको वारेमा भन्नका लागि मसँग सधै शब्दको कमी हुने गर्छ । उनी सधै विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा रहेका छन्,’ मेसीको ताजा फर्मबारे युइएफए डटकमले सोधेको प्रश्नमा पोचेटिन्होको उत्तर थियो, ‘यहाँ आएपछि मेसीले निक्कै छोटो समयमा आफूलाई नयाँ टिम र सहरसँग अभ्यस्त गरिसके । उनी निक्कै राम्ररी अभ्यास गरिरहेका छन् र आफ्नो स्वभाविक लय समाउने क्रममा छन् ।’

प्रतिक्रिया दिनुहोस

\