Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

काभानी एक साता मैदान बाहिर

लन्डन, (खेलाडी)- इडिन्सन काभानीलृे चोटका कारण च्याम्पियन्स लिग अन्तर्गत मंगलबार योङ ब्बाइजविरुद्ध हुने खेल गुमाउने भएका छन् ।

शनिबार न्युक्यासलविरुद्ध दुई गोलका साथ ओल्ड ट्राफोर्ड पुनरागमन सुखद पारेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने युनाइटेडको भ्रमण टोलीमा समावेश छन् ।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले चोटका कारण काभानी करिब एक साता मैदान बाहिर रहने बताए । योङ ब्बाइज भ्रमण गर्ने २२ सदस्यीय टोलीमा १९ वर्षे विंगर एन्थोनी एलेग्री र २१ वर्षे गोलकिपर माटेज कोभार पनि अटाएका छन् ।

सन् २००९ को फाइनलपछि रोनाल्डोका लागि युनाइटेडबाट च्याम्पियन्स लिगमा यो पहिलो खेल हुनेछ । सो फाइनलमा युनाइटेड बार्सिलोनासँग पराजित भएको थियो ।

सोल्सायरले यस सिजन क्लबमा अनुबन्धन भएका रोनाल्डो, राफेल भराने र जाडोन सान्चोजस्ता उत्कृष्ट खेलाडीका कारण आफूलाई पहिलो रोजाइ छनोट गर्ने चुनौती थपिएको बताए ।

'कस्तो नतिजा ल्याउने त्यो हामीमै निर्भर रहन्छ । हामीले आफू पनि उपाधिको दाबेदार हौं भनेर प्रमाणित गर्ने अवसर पनि आएको छ,' सोल्सfयरले भने, 'विगतमा टोलीको प्रदर्शन उल्लेख्य थिएन । अहिलेको टोली पछिल्लो केही सिजन यताकै बलियो टोली हो । हामीसँग सन्तुलित टोली छ । मलाई टोलीका सबै सदस्यप्रति विश्वास छ, सबै खेलाडी एउटै खेलमा खेलाउन सम्भव छैन । सबैले उचित अवसर प्राप्त गर्नेछन् । एउटै खेलाडीलाई मैदान उतारेर हामी उनीहरुमाथि अनावश्यक दबाब दिन चाहदैनौं ।' 

प्रतिक्रिया दिनुहोस

\