Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

नेपाल र बंगलादेशको खेल सुरु

काठमाडौं, (खेलाडी)- बंगलादेशविरुद्ध दुई खेलको मैत्रीपूर्ण शृंखलाअन्तर्गतको पहिलो खेल दशरथ रंगशालामा सुरु भएको छ ।

नेपाली टोलीबाट स्ट्राइकर प्रिती राई र सविता रानाले यही खेलबाट राष्ट्रिय टोलीमा 'डेब्यू' गरेका छन् ।

नेपालबाट पहिलो एघारमा कप्तान रेणुका नगरकोटीसहित गिता राना, हिराकुमारी भुजेल, अमृता जैसी, प्रिती राई, विमला चौधरी, एन्जिला तुम्बापो सुब्बा, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन, पुजा राना, सविता राना मैदान उत्रिएका छन् । प्रिती र सविताको राष्ट्रय टिममा यो पहिलो खेल हो ।

नियमित स्टार स्ट्राइकर सावित्रा भण्डारी घाइते भएका कारण टोलीमा उनको उपस्थिती नहुँदा आक्रमणको जिम्मेवारी प्रितीले सम्हाल्दा सविताले मिड्फिल्डबाट खेलेकी छिन ।

प्रतिक्रिया दिनुहोस

\