Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

कीर्तिमान नजिक जोकोभिच

न्युयोर्क, (खेलाडी)- विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

बिहिबार भएको क्वाटरफाइनलमा जोकोभिचले माटियो बेरेन्टनीलाई ५-७ ,  ६-२,  ६-२,  ६-३ ले हराए ।

जोकोभिचले सेमिफाइनलमा टोकियो ओलम्पिक २०२० का च्याम्पियन एलेक्जेन्डर जेभरेवसँग प्रतिस्पर्धा गर्नेछन् । जेभरेवले जोकोभिचलाई टोकियो ओलम्पिकको सेमिफाइनलमा हराएका थिए ।

जोकोभिच  एकै वर्ष चार वटै ग्रान्डस्लाम जित्ने अभियानमा छन् । जोकोभिचले यस वर्ष अस्ट्रेलियन ओपन, फेन्च ओपन, र विम्बल्डन जितिसकेका छन् । युएस ओपनको उपाधि जितेमा जोकोभिचले रड लाभारको एकै वर्ष चार वटै ग्रान्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गर्नेछन् । लाभरले सन् १९६९ मा एकै वर्ष ४ वटै ग्रान्डस्लाम जितेका थिए ।

यसअघि जोकोभिच सन् २०१६ मा युएस ओपन, फेन्च ओपन र अस्ट्रेलियन ओपनको उपाधि जितेपनि विम्बल्डनमा निराश भएपछि  लाभरको कीर्तिमानको संघारमा पुगेपनि निराश भएका थिए ।

प्रतिक्रिया दिनुहोस

\