Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

घरेलु समर्थक मेरो संन्यासका साक्षीः धोनी 


दिल्ली, (खेलाडी)-  चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी आगामी सिजन इन्डियन प्रिमियर लिग (आइपिएल) मा देखिन्छन् वा देखिदैनन् दुबिधा अझै कायम छ ।

सन् २०२० मा अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका धोनी पछिल्लो दुई सिजनको आइपिएलमा स्वभाविक लयमा थिएनन् । त्यसैले धोनीले यस सिजनको अन्त्यपछि क्लब करियरबाट बिट मार्ने अनुमान गरिएको थियो । 

तर धोनीले भने तत्काल संन्यासको योजना नहरेको बताए । यद्धपी धोनीले आफ्नो अन्तिम खेल चेन्नाईको घरेलु मैदानमा खेल्ने संकेत गरेका छन् । उनले  घरेलु समर्थक आफ्नो संंन्यासको साक्षी हुने बताए ।

'जब सन्यासको समय आउँछ, चेन्नाई सुपर किंग्सका समर्थकले घरेलु मैदानमा मेरो अन्तिम खेल हेर्ने मौका पाउनुहुनेछ । आशा छ चेन्नाईबाट मेरो अन्तिम खेल हेर्न धेरै भन्दा धेरै समर्थकहरु आउनु हुनेछ ,’ उनले भने । 

 

प्रतिक्रिया दिनुहोस

\