Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

बार्टी युएस ओपनको तेस्रो चरणमा

न्युयोर्क (खेलाडी) विश्व नम्बर एक एस्लेघ बार्टीले डेनमार्ककी कार्लो टाउसनलाई ६–१, ७–५ को नतिजामा हराउँदै यूएस ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

त्यस्तै तीन पटककी ग्रान्ड स्लाम विजेता एन्जेलिक केर्बेरले पनि प्रतियोगिताको तेस्रो चरणमा स्थान पक्का गरिन । केर्बेरले युक्रेनकी एन्हेलिना कालिनियालाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन । तेस्रो चरणमा उनले अमेरिकाकी सलोनी स्टेफिन्ससन्ँग प्रतिस्पर्धा गर्नेछिन् ।

यता पोल्यान्डकी इगा स्वाटेकले तेस्रो चरणको टिकट काट्ने क्रममा फ्रान्सकी फियोना फेर्रोमाथि ३–६, ७–६ (७–३) ६–० को जित हासिल गरिन् । स्वाटेकले तेस्रो चरणमा २८औं वरियताकी एनेट कोन्टाभेइटको सामना गर्नेछिन् ।

त्यस्तै चेक गणतन्त्रकी पेट्रा भिटोभाले क्रिस्टेना प्लिसकोभालाई ७–६ (७–४), ६–२ को सोझो सेटमा हराइन । दुई पटककी विम्बल्डन विजेता भिटोभाले तेस्रो चरणमा मारिया साकिरीको सामना गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस

\