Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

ग्रिजम्यानको पूर्व क्लब एट्लेटिकोमा पुनरागमन, बार्सिलोनाबाट ११ खेलाडी बाहिरिरए

मड्रिड, (खेलाडी)- स्पेनिस ला लिगाको टोली एट्लेटिको मड्रिडले एन्टोनियो ग्रिजम्यानलाई क्लबमा फर्काएको छ ।

मंगलबार सुरुवा बजारको अन्तिम दिन अप्रत्यासित रुपमा ग्रिजम्यान एक वर्षका लागि लोनमा बार्सिलोनाबाट आफ्नो पूर्व क्लब फर्किएका हुन् । बार्सिलोनाले सन् २०१९ मा १० करोड ७० लाख युरोमा फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो । 

बार्सिलोना जानुअघि ग्रिजम्यानले एट्लेटिकोबाट २ सय ५७ खेलमा १ सय ३३ गोल गरेका थिए ।

३० वर्षे ग्रिजम्यानले बार्सिलोनाबाट १ सय २ खेलमा ३५ गोल मात्र गरे । बार्सिलोनाबाट उनले कोपा डेल रे मात्र जिते । आर्थिक समस्यायाबाट गुज्रिएको बार्सिलोनाबाट बाहिरिने ग्रिजम्यान यसपाली ११औं खेलाडी हुन् ।

यसअघि बार्सिलोनाले आर्थिक समस्याकै कारण अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीलाई क्लबमा राख्न असमर्थ भएको थियो । मेसी पेरिस सेन्ट जर्मन(पिएसजी) गएका थिए ।

सरुवा बजारको अन्तिम दिन बार्सिलोनाले तीन खेलाडी बेचेको थियो । रक्षक इमर्सन रोयल २ करोड ५८ लाख युरोमा टोटनहम र मिडफिल्डर लियाक्स मोरिबा १ करोड ३७ लाख युरोमा आरबी लिपजिग सरुवा भए ।

डिएगो सिमोनीको टोलीले गत सिजन बार्सिलोनाबाट स्ट्राइकर लुइस स्वारेजलाई अनुबन्ध गरेको थियो । उनकै प्रेरणादायी प्रदर्शनमा एट्लेटिकोले गत सिजन ला लिगाको उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस

\