इल्डेफोन्स लिमा

इल्डेफोन्स लिमाः एन्डोरा फुटबलका जिउँदा इतिहास

एन्डोरा । ‘विद्यालयमै थिएँ । एक शिक्षकले मलाई कक्षामा सबैका अगाडि बेस्सरी गाली गरे । तँ किन त्यहाँ जान लागेको ? तैले त्यहाँ देशको बेइज्जत गर्नेवाला छस् भनेर थर्काए । पछि ती शिक्षक नेता भए । म त त्यसबेला भर्खर १८ वर्षको त थिएँ । मैले सोचें, मेरो के गल्ती छ र ?’ एन्डोराका फुटबल खेलाडी इल्डेफोन्स लिमा हाँस्दै ती दिन सम्झन्छन् ।

खासमा यो कुरा सन् १९९८ को हो । लिमा र उनका साथीहरू ब्राजिलविरुद्ध खेल्न गइरहेका थिए । लिमाका लागि यो खेल एन्डोराको राष्ट्रिय टिमबाट तेस्रो खेल थियो । ती विद्यालयका शिक्षकमात्र होइनन्, धेरैले लिमाहरूलाई ब्राजिलविरुद्ध किन खेल्न लागेको भनेर गाली गरेका थिए । उसो त ती शिक्षकले पछि लिमासँग माफी मागे ।

लिमाले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । ४३ वर्षीय लिमा २६ वर्षसम्म एन्डोराको राष्ट्रिय टिममा रहे । यसबीचमा उनले १३७ खेल खेले । युरो छनोटअन्तर्गत सेप्टेम्बर १२ मा स्विट्जरल्यान्डविरुद्धको खेल नै उनले राष्ट्रिय जर्सी लगाएको अन्तिम खेल बन्यो ।

एन्डोराजस्तो टिम खेल्दै गर्दा तिनका खेलाडीहरूबारे चर्चा हुन्छ । बैंकका जागिरे, अग्निनियन्त्रक, प्रहरी आदि बटुलेर बनाइएको टिम हो भनिन्छ । ‘जे जसरी टिम निर्माण हुने भए पनि हामी सबै खेलाडी व्यावसायिक नै हुन्छौं । अरू र हामीबीच फरक केबल कमाइको हो । हामी फुटबल खेलेरै करोडौं कमाउन सक्दैनौं । तर, आफ्नो टिमलाई जिताउन मिहिनेत त हामीले पनि अरूजस्तै गरेका हुन्छौं,’ लिमा भन्छन् ।

एन्डोराले स्विट्जरल्यान्डसँग सियोनमा खेलेको थियो । टौरबिलोन रंगशालामा उनी पूरा समय मैदानमा रहन सकेनन् । चोटका कारण पहिलो हाफको २३ औं मिनेटमै मैदान छाड्न बाध्य भए । जब उनी कप्तानको आर्मब्यान्ड निकालेर मैदानबाट बाहिर निस्किए, रंगशालामा रहेका सबै आ–आफ्नो स्थानबाट उठे । उनको सम्मानमा ताली बजाए । ताली नबजाऊन पनि किन ? लिमा देशका लागि सबैभन्दा लामो समय अन्तर्राष्ट्रिय फुटबल खेल्ने खेलाडी हुन् ।

लिमाले एन्डोरालाई जम्मा ६ खेलमात्र जिताउन सके । एक सयभन्दा बढी खेलमा हार भोगे । तर, यो तथ्यांकले उनलाई लज्जित बनाउँदैन । बरू गर्व छ । ‘मान्छेहरूले लेखेको पढिरहेको हुन्छु । कतिले मसँग एन्डोरा भन्ने देश छ भन्ने थाहा पाएकै तिमीले गर्दा हो भन्छन्,’ लिमाले सुनाए ।

राष्ट्रिय टिमबाट संन्यास लिएको भए पनि क्लब करियर उनले टुंग्याएका छैनन् । उनको क्लब करियर पनि कम समृद्ध छैन । ६ देशका लिगमा खेल्दा उनी हरेक पोजिसनमा देखिएका छन् । अचम्म लाग्नसक्छ, उनले गोलरक्षक भएर पनि खेलेका छन् । एन्डोराबाहेक उनले ग्रिस, मेक्सिको, स्विट्जरल्यान्ड, स्पेन र इटालीका क्लबबाट खेलेका छन् ।

एन्डोराको फुटबल इतिहास केलाउने हो भने लिमालाई त्यहाँ सुरुबाटै भेटिन्छ । खासमा लिमाको करियर नै एन्डोराको फुटबल इतिहास हो । एन्डोराले हालसम्म जति अन्तर्राष्ट्रिय फुटबल खेलेको छ, लिमाले पनि लगभग त्यति नै खेलेका छन् । लिमाले चार फरक दशकमा एन्डोराको प्रतिनिधित्व गरेका छन् ।  

एन्डोराले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको सन् १९९६ बाट हो । त्यस वर्षको नोभेम्बर १३ मा एन्डोरा इस्टोनियासँग भिडेको थियो । जुन, १९९७ मा एन्डोराले आफ्नो दोस्रो खेल खेल्यो । विपक्षी उही इस्टोनिया । संयोगवश यही खेलबाट लिमाले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । सिधैभन्दा लिमाले एन्डोराबाट खेलेको पहिलो खेल टोलीले अन्तर्राष्ट्रियमा खेलेको दोस्रो खेल थियो ।

एन्डोरियाली फुटबल संघलाई राष्ट्रिय टिम निर्माण गर्न सजिलो थिएन । राष्ट्रिय टिमका लागि खेल्न सक्ने खेलाडी २५ जना जति थिए । खेलाडी किन त्यति कम ? किनभने एन्डोरामा फुटबल संस्कृतिको जग नै थिएन । फेरि त्यसबेला पार्सपोर्ट भएका मान्छे कति नै हुन्थे र ? त्यही ३०/ ३५ हजार त हो ।

इस्टोनियासँगको दोस्रो खेल एन्डोराले इस्टोनियाकै मैदानमा खेलेकोे हो । रोचक के छ भने एन्डोराले पहिलो पटक विदेशी भूमिमा खेलेको यो पहिलो खेल थियो । पहिलो पटक विदेशी भूमिमा खेल्न जाँदै गरेको एन्डोराको भविष्य कसरी अघि बढ्छ, स्पष्ट थिएन ।

‘त्यसबेला एन्डोरामा फुटबल भर्खर जन्मिएको थियो । हामीले यो बीचमा एन्डोरामा फुटबल हुर्किएको देखेका छौं । एन्डोरामा मात्र होइन, यसबीचमा विश्वमै फुटबल कसरी अघि बढ्यो, यसको पनि साक्षी बन्न पाइयो,’ लिमा इतिहास भन्छन् ।

सुरुमा एन्डोरियाली फुटबलमा के थियो ? ‘जब हामी पहिलो खेल खेल्न इस्टोनिया जाँदै थियौं, हामीलाई अन्तर्राष्ट्रिय फुटबलबारे केही थाहै थिएन । त्यसबेला एन्डोरामा फुटबल भनेकै एफसी एन्डोरा हो जस्तो लाग्थ्यो । जो स्पेनमा दोस्रो श्रेणीको लिग खेल्थ्यो,’ लिमा सम्झन्छन् ।

एन्डोरियाली फुटबल संघलाई राष्ट्रिय टिम निर्माण गर्न सजिलो थिएन । राष्ट्रिय टिमका लागि खेल्न सक्ने खेलाडी २५ जना जति थिए । खेलाडी किन त्यति कम ? किनभने एन्डोरामा फुटबल संस्कृतिको जग नै थिएन । फेरि त्यसबेला पार्सपोर्ट भएका मान्छे कति नै हुन्थे र ? त्यही ३०/ ३५ हजार त हो ।

लिमा त २५ जनामा पनि पर्दैन थिए । किनभने एन्डोराको राष्ट्रिय टिमबाट खेल्न कम्तीमा २० वर्ष एन्डोरामा बसोबास गरेको हुनुपथ्र्यो । दुई महिनाको छँदा एन्डोरा पुगेका लिमा त्यसपछि सधंै एन्डोरामै रहे । तर उनी टिममा पर्न सक्दैन थिए । किनभने उनी १७ वर्षका मात्र थिए ।

एन्डोराको परिस्थिति बुझेर युरोपेली फुटबल महासंघ (युइएफए)ले केही हदसम्म छुट नदिएको भए एन्डोराको फुटबल यहाँसम्म आइपुग्थ्यो त ? जवाफ दिन सजिलो छैन । किनभने एन्डोराले वर्षौंसम्म आफ्नो खेल छिमेकी स्पेनको बार्सिलोनामा खेल्यो । एन्डोरामा त पूर्वाधार नै थिएन । लिमा सम्झन्छन्, एन्डोराको राजधानी पिरनिसमा केही मैदान त थिए, तर ती सबै बरफले ढाकिएका हुन्थे । फेरि ती मैदान अन्तर्राष्ट्रिय खेल खेलाउन लायकका पनि थिएनन् ।

‘एन्डोरा त गाउँजस्तो हो । जहाँ हरेकले एकअर्कालाई चिन्छन्,’ लिमा भन्छन् । उनलाई पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न जाँदाको क्षण अझै मजाले याद छ । ‘टिममा किशोर खेलाडी थिए, बाँकीचाहिँ ३० कटेका । मसँगै मेरा दाइ पनि टिममा थिए । हामी १० दिनसम्म इस्टोनियामा बस्यौं । त्यो देश भर्खर सोभियत संघबाट छुट्टिएको थियो । सुपरमार्केट थिए तर सामान थिएनन् । हामी भोकै पनि प¥यौं । घरमा टेलिफोन गर्न लामो लाइनमा लाग्नुपथ्र्यो । त्यसबेला हामी आफैंलाई अन्तर्राष्ट्रिय खेल खेल्न लागेको कुराले अचम्मित बनाउँथ्यो । कतिले सोध्थे, खेलेपछि कति पैसा पाइन्छ भनेर । खासमा हामीलाई त्यसको मतलब थिएन,’ लिमा विगततिर फर्किन्छन् ।

मैदानमा निस्किन रंगशालाको ‘टनेल’ बाट छिर्दा एन्डोराका खेलाडीको सातोपुत्लो उड्यो । रोनाल्डो, रोबर्टो कार्लोस, डुंगा, टाफरेल, रिभाल्डो जस्ता खेलाडीलाई देख्दा नडराउन पनि कसरी ?

इस्टोनियासँगको त्यो खेल लिमा कहिल्यै बिर्सन सक्दैनन् । किनभने उनले गोल गरेका थिए । ‘मसँग त्यो खेलको फुटेज छैन । जेहोस् ओभरहेड गोल गरेको थिएँ । मलाई लाग्दैन कि मैले त्यसबेला गोल गर्छु भनेर बल प्रहार गरेको थिएँ । मसँग बल थियो, विपक्षी खेलाडी मतिर आइरहेका थिए । म ड्रिब्लिङ त गर्न सक्दिनँ थिए । त्यसकारण जहाँ थिएँ त्यहीबाट प्रहार गरें । गोल भयो,’ लिमा त्यो दिन सम्झँदा रोमाञ्चित हुन्छन् । त्यो गोल एन्डोराले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल थियो ।

इस्टोनियासँगको खेलको सम्झना त मीठो छ । तर, ब्राजिलसँगको खेलको नि ? ‘हामीले इस्टोनियापछि लात्भियासँग खेलेका थियौं । त्यसबेला हाम्रा प्रशिक्षक ब्राजिली थिए । उनको ब्राजिली फुटबल संघसँग सम्पर्क थियो । उनले ब्राजिलसँग मैत्रीपूर्ण खेल खेलौं न त भने,’ लिमा हाँस्दै स्मरण गर्छन्, ‘ब्राजिलीलाई त थाहा पनि थिएन होला एन्डोरा भन्ने देश छ भनेर । हामी पेरिस जाने भयौं ब्राजिलसँग खेल्न । त्यसबेला ब्राजिलको खेल हेर्न टन्न फ्रान्सेली जम्मा भएका थिए । सबैतिर भीडभाड । हाम्रो बस हिँड्ने बाटो पनि बन्द । बसको झ्यालबाट हाम्रो टिमको एकजना साथीले बाहिर हेरे । ठूलो भीड देखेपछि अत्तालिँदै भने, हामी यहाँ कहाँ आइपुग्यौं ?’

मैदानमा निस्किन रंगशालाको ‘टनेल’ बाट छिर्दा एन्डोराका खेलाडीको सातोपुत्लो उड्यो । रोनाल्डो, रोबर्टो कार्लोस, डुंगा, टाफरेल, रिभाल्डो जस्ता खेलाडीलाई देख्दा नडराउन पनि कसरी ?

‘त्यो खेलको तस्बिर अझ पनि सुरक्षित छन् । एउटा तस्बिरमा मेरो दाइले रोनाल्डोसँग जर्सी मागिरहेको देखिन्छ । मलाई रोबर्टो कार्लोसले फ्रिकिक प्रहार गर्न लाग्दाको क्षण याद छ । म उनीतिर फर्किएर चिच्याइरहेको थिएँ, बेस्सरी नहान है भन्दैथिएँ । उनको स्वाभाविक फ्रिकिक प्रहारले मलाई मार्ने थियो । जेहोस् त्यो खेलले एन्डोराको फुटबलमा ठूलो फेरबदल ल्यायो । किनभने हामी ३-० ले मात्र पराजित भएका थियौं,’ लिमा ब्राजिलसँग खेल्दा क्षण सुनाउँछन् ।

खासमा ब्राजिल विश्वकप खेल्न फ्रान्स पुगेको थियो । यसकारण एन्डोरासँगको खेल ब्राजिलका लागि अभ्यास खेल थियो । त्यस विश्वकपमा ब्राजिल फाइनलमा पुग्यो । तर, उपाधि भिडन्तमा फ्रान्स विजयी भयो । ‘फाइनलबारे एक अखबारले लेखेको हेडलाइन म अझ पनि सम्झिन्छु । लेखिएको थियो, ब्राजिलभन्दा एन्डोराको रक्षापंक्ति बलियो,’ लिमा सम्झिन्छन् ।

त्यही वर्ष एन्डोराले फ्रान्सविरुद्ध पनि खेल्यो । यो खेल थियो, युरो १९९८ को छनोट । जसमा फ्रान्स २-० ले विजयी भयो । एक वर्षपछि फ्रान्ससँग नै भिड्दा भने एन्डोराले एक गोलमात्र खायो, त्यो पनि पेनाल्टीमा ।

‘त्यसपछि त हामीमा भिन्दै जोस पलाइहाल्यो नि । ब्राजिलसँग खेलेका छौं, फ्रान्ससँग खेलेका छौं, अब त सिल्भेस्टर स्टेलोन र पेलेसँग पनि भिड्न सकिन्छ जस्तो लाग्न थाल्यो,’ लिमा मजाले हाँस्छन् ।

समय यस्तो पनि आयो जब एन्डोरा लगभग सबै बलिया टिमसँग खेल्ने भयो । सन् १९९०, २००० र २०१० को दशकमा लिमाले नखेलेका राम्रा टिम सायदै बाँकी छन् । ‘तर मैले लियोनल मेसीविरुद्ध चाहिँ खेल्न पाइनँ । त्यही भएर फिफाको कार्यक्रममा जाँदा मैले भने पनि, लेजेन्डहरूको खेलमा मलाई बोलाउनू, म मेसीविरुद्ध खेल्न चाहन्छु,’ लिमा ठट्टा गर्छन् ।

लिमाले लगभग सबै बलिया टिमसँग खेल्न त पाए । तर, अधिकांश खेलमा पराजय बेहोरे । आफ्नो करियरमा जितेको ६ खेललाई उनी उपाधि नै मान्छन् ।

लिमाले लगभग सबै बलिया टिमसँग खेल्न त पाए । तर, अधिकांश खेलमा पराजय बेहोरे । आफ्नो करियरमा जितेको ६ खेललाई उनी उपाधि नै मान्छन् । उनलाई खल्लो लागेको नतिजाचाहिँ ६–० हो । उनीसम्मिलित एन्डोराले धेरै पटक ६ गोल खाएको छ । रुस, युक्रेन, इङ्ल्यान्ड, बेल्जियम यस्ता टिम हुन्, जसले एन्डोरालाई ६-० ले हराएका छन् ।

‘हुन त यी सबै टिम हामीभन्दा बलिया हुन् । यी हारले हामीलाई पुर्याउने क्षति सीमित हुन्छ । तर हामीले हरेक खेलमा मिहिनेत गरेका हुन्छौं । एन्डोरा भएर के भयो त, इच्छा त जितकै हुन्छ नि । खेल दौरान महसुस हुन्छ, मसँग त खेलौना पेस्तोलमात्र छ, त्यसमा पानीमात्र भर्न सक्छु । तर, पानी पनि कसैको आँखामा हान्न पाइयो भने त उसले आँखा मिचुन्जेलमा आफूले बल खोस्न पाइन्छ नि । फुटबलमा खराबभन्दा खराब टिमले पनि गोलको मौका त पाउँछ नै,’ लिमा भन्छन् ।

लिमाले अन्तर्राष्ट्रिय फुटबलमा जितको स्वाद चाखेको सन् २०१७ मा मात्र हो । जित थियो हंगेरीमाथि । विश्वकप छनोट खेलमा । करियर सुरु गरेको २० वर्षपछि विजयी हुँदा लिमा असाध्यै रोए । ‘यो हाम्रा लागि विश्वकप जितेसरह थियो । त्यो रात म रोएँ । मलाई लाग्दैन त्यसअघि म त्यति धेरै रोएको थिएँ,’ लिमाको भावुक सुनिन्छन् ।

त्यही वर्ष एन्डोराले सान मारिनोलाई मैत्रीपूर्ण खेलमा २-० ले हरायो । त्यस खेलमा पहिलो गोल लिमाले गरेका थिए । यी दुई टिमको स्तर लगभग एकै थियो । एन्डोराले नजितेको ८६ खेल भइसकेको थियो भने सान मारिनो ७४ खेलमा जितविहीन थियो ।

‘त्यस खेलअघि म चिन्तित थिएँ । खानै सकिरहेको थिइनँ । सान मारिनोसँग भिड्नु वेम्बलीमा खेल्नुभन्दा कठिन हुन्छ । किनभने सान मारिनो हाम्रो स्तरको टिम हो । सान मारिनोसँग हार्दा मैले घरमा जवाफ दिनुपथ्र्यो तर इङ्ल्यान्डसँग हारे कसैले सोध्दैन थिए । बेकहम, जेरार्ड, लाम्पार्ड भएको टिमसँग हार्दा के को प्रश्न ?’ लिमा गर्व गर्छन् ।लिमाले आफ्नो टिम एन्डोराको प्रतिस्पर्धी भावना थिएन, छैन भन्न खोजेका होइनन् । हार्दा दुःख त हुन्थ्यो नै । किनभने कक्षा कोठादेखि सञ्चारमाध्यमसम्म खेलाडीको आलोचना गरिन्थ्यो । यस्ता आलोचनाले लिमालाई सधैं बलियो बनाइरह्यो । सानो देश भएर ठूूलाविरुद्ध किन खेल्ने ? प्रश्न यस्तो पनि गरिन्थ्यो ।

‘सानो हुँदैमा ठूलाविरुद्ध खेल्नु हुँदैन भन्ने कुरा गलत हो । हामीले सन् १९९६ बाट खेल्न थालेको हो । यसबीच कयौं यस्ता देश छन् जसले केही उपलब्धि हासिल गरेका छैनन् । उनीहरू पनि हामी जस्तै भएनन् र ?’ लिमाको प्रश्न छ ।

एन्डोराजस्तो टिम खेल्दै गर्दा तिनका खेलाडीहरूबारे चर्चा हुन्छ । बैंकका जागिरे, अग्निनियन्त्रक, प्रहरी आदि बटुलेर बनाइएको टिम हो भनिन्छ । ‘जे जसरी टिम निर्माण हुने भए पनि हामी सबै खेलाडी व्यावसायिक नै हुन्छौं । अरू र हामीबीच फरक केबल कमाइको हो । हामी फुटबल खेलेरै करोडौं कमाउन सक्दैनौं । तर, आफ्नो टिमलाई जिताउन मिहिनेत त हामीले पनि अरूजस्तै गरेका हुन्छौं,’ लिमा भन्छन् ।

लिमा आफ्नो अन्तिम खेल वेम्बलीमा खेल्न चाहन्थे । यो मामलामा उनका दाजु टोनी भने भाग्यमानी ठहरिए । टोनीले सन् २०१० मा वेम्बलीमा खेलेर बिदा लिएका थिए । विश्वकप छनोटको त्यो खेलमा टोनी एन्डोराका कप्तान थिए । खेल घरेलु टिम इङ्ल्यान्डले ६-० ले जितेको थियो ।

यद्यपि स्विट्जरल्यान्डमा खेलेर बिदाइ हुँदा उनलाई पछुतो लागेन । ‘देशबाहिर अन्तिम खेल खेल्ने इच्छा थियो । आखिरमा स्विट्जरल्यान्ड जस्तो फुटबलप्रेमी देशमा खेलेर बिदा भएँ । 

कोभिड-१९ महामारी नआइपुगेको भए लिमाले अलिक अगाडि नै संन्यास लिइसकेका हुन्थे । कोभिड संक्रमणमा परेका कारण उनी करिब एक वर्ष एन्डोराको टिममा परेनन् । त्यो समय सम्झिएर उनी अहिले पनि दुःखी हुन्छन् । वास्तवमा खेलअघि कोभिड परीक्षण गर्ने चलन नै उनलाई मनपरेको होइन ।

‘मलाई थाहा छैन, किन परीक्षण गर्ने आवश्यकता हुन्थ्यो । मैले आफ्नो देशका लागि खेल्न धेरै पटक क्लब फुटबललाई वास्ता गरिनँ । तर, कोभिड संक्रमणका नाममा मलाई लामो समय टिमबाहिर राखियो,’ लिमा दुखेसो सुनाउँछन् ।  

यद्यपि स्विट्जरल्यान्डमा खेलेर बिदाइ हुँदा उनलाई पछुतो लागेन । ‘देशबाहिर अन्तिम खेल खेल्ने इच्छा थियो । आखिरमा स्विट्जरल्यान्ड जस्तो फुटबलप्रेमी देशमा खेलेर बिदा भएँ । म मैदानबाट बाहिरिँदै गर्दा स्विस समर्थकले सम्मान दिए । मैदानमा रहेका हरेक खेलाडीले ताली बजाए । त्यस दिन मेरो परिवार नै रंगशालामा थियो । म कुनै स्टार खेलाडी नभए पनि त्यस किसिमको सम्मान पाउनु ठूलो कुरा हो । त्यस दिन मैले आफूलाई एन्डोराको दूत सम्झिएँ,’ लिमा भन्छन् ।

लिमा कसैको जीवन सजिलो नहुने विश्वास गर्छन् । ‘मैले २६ वर्ष खेलें । चार फरक दशकको अनुभव गर्न पाएँ । मैले मेरा बच्चाहरूलाई भनेको छु सकुन्जेल खेल । मचाहिँ अब सक्दिनँ । किनभने मलाई अब दौडिन नै गाह्रो हुन्छ, चाँडै ४४ वर्ष पुग्दै छु,’ लिमा भन्छन्, ‘मैले दुवै रोनाल्डोविरुद्ध खेल्न पाएँ । एकले त हामीविरुद्ध गोल नै गर्न सकेनन् । मसँग आज पनि सेभचेन्को, लेवान्डोस्की, बेल, भान पर्सीजस्ता खेलाडीको जर्सी छ । रोनाल्डो नाजारियोको पुस्ताबाट खेल्न थालेको केलियन एमबाप्पेसम्म आइपुगें । मैले कुनै एक पुस्ताको आइडलविरुद्ध मात्र होइन धेरै पुस्ताको आइडलविरुद्ध खेलें, यसमै गर्व छ ।’

लिमा आफूले राखेको कीर्तिमान सधैंका लागि सुरक्षित रहेको विश्वास गर्दैनन् । ‘कुनै दिन कसैले भंग गर्ला । तर, त्यसले मलाई केही फरक पार्दैन । किनभने मैले धेरै मीठा स्मृति संग्रह गरेको छु । मैले कस्तो जीवन बाँचे, कसैले पनि अन्दाज गर्न सक्दैन,’ लिमा बिट मार्छन् ।

(द गार्डियनबाट) 

याे पनिः

विश्वकप फुटबल २०२६ छनोट: दोस्रो चरणको लक्ष्यमा नेपाल

‘ब्याडमिन्टनमा विश्व स्टार एसियाकै, नेपालले धेरै गर्न बाँकी’

कांस्य पदकमा खुम्चिएको हाङझाउ यात्रा

सिटीलाई लम्कन नदिने आर्सनलको लक्ष्य