नेपाल कराते महासंघ

नेपालमा कराते: विवाद सकियो, बेथिति सकिएला ?

काठमाडौं । ‘नेपाली करातेकर्मीहरूमा खुसीको खबर' लामो समयदेखि नेपाली कराते खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सिन्डिकेट लाग्दै आएको थियो, आजबाट निकास पाउने भएको छ ।’

दीपक श्रेष्ठले जुलाई २६ मा फेसबुकबाट करातेकर्मीका लागि यो खुसी साटेका थिए । उनी दक्षिण एसियाली खेलकुदमा करातेबाट दुई स्वर्ण जितेका खेलाडी हुन् । अहिले उनले राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय खेलाडी संघको नेतृत्व सम्हालिरहेका छन् ।

कराते विवादका कारण धेरै नेपाली कराते खेलाडी वर्षौंदेखि पिल्सिएका थिए । कति विदेसिए, कतिले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नै नपाएर खेल जीवन टुंग्याए । दशकभन्दा बढी समयदेखिको करातेकर्मीको पीडा चर्को थियो ।  त्यसैले दीपकसहित धेरै करातेकर्मीले यो खुसी सामाजिक सञ्जालमार्फत साटेका थिए ।

मलेसियामा जुलाई २६ मा भएको एसियाली कराते महासंघ र विश्व कराते महासंघका पदाधिकारीसँगको वार्ता र बैठकपछि नेपाली कराते विवादले निकास पाएको थियो । 

मलेसियामा जुलाई २६ मा भएको एसियाली कराते महासंघ र विश्व कराते महासंघका पदाधिकारीसँगको वार्ता र बैठकपछि नेपाली कराते विवादले निकास पाएको थियो । विवाद समाधानका लागि युवराज लामाको नेतृत्वमा रहेको नेपाल कराते महासंघको चार सदस्यीय प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । अध्यक्ष लामासहित उपाध्यक्ष प्रकाशमोहन धौभडेल, महासचिव दावा गुरुङ र कोषाध्यक्ष किशोर भट्टराई सहभागी थिए ।  

नेपाल कराते महासंघले विज्ञप्ति जारी गर्दै लामो समयदेखि अनिर्णयको बन्दी बन्दै आएको नेपाली करातेले अब निकास पाउने जनाउँदै विश्व र एसियाली कराते महासंघसँगको भेटले आशाको किरण र भविष्य देखाएको बताएको छ । अब सम्पूर्ण विवाद अन्त्य भई नेपाली करातेले सही मार्ग लिनेमा महासंघ विश्वस्त छ ।

विवाद अन्त्यको पहल
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करातेको विवाद र बेथिति अन्त्य गराउन करातेका संस्थापकमध्ये एक लामाको अध्यक्षतामा नेपाल कराते महासंघको २१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।  

राखेप सदस्य–सचिव टंकलाल घिसिङको संक्रियतामा तदर्थ समितिमा सितोरियो, गोजुरियो, वादोरियो र सोतोकानका पदाधिकारीलाई समेट्दै तीन महिनाभित्र विधान संशोधन र निर्वाचन गर्न समयसीमा तोकिएको थियो । यही कमिटीले चैत १२ गते चितवनमा निर्वाचन गर्दै १२ वर्षयता समाधान हुन नसकेको कराते विवाद समाधानको वैधानिक आधार खडा गरेको हो ।

आफ्नो नेतृत्वमा रहेको पुरानो कराते महासंघले मान्यता पाउनुपर्ने मागसहित पुरेन्द्रविक्रम लाखे पनि मलेसिया पुगेका थिए । 

नेपाल कराते महासंघमा लामाले नेतृत्व गरे पनि एसियाली र विश्व कराते महासंघले मान्यता नदिएसम्म केही संशय बाँकी नै थियो । लामा निर्वाचित महासंघलाई अन्तर्राष्ट्रिय मान्यता नदिए पुरानो विवाद पुनः निम्तिने पक्कापक्की थियो ।

मलेसियामा जुलाई १८ मा विश्व कराते महासंघका अध्यक्ष र महासचिव तथा एसियन कराते महासंघका अध्यक्ष र सिइओसमक्ष नेपाल कराते महासंघले वैधानिकता प्रमाण देखाएको हो ।

आफ्नो नेतृत्वमा रहेको पुरानो कराते महासंघले मान्यता पाउनुपर्ने मागसहित पुरेन्द्रविक्रम लाखे पनि मलेसिया पुगेका थिए । लामा र लाखेले आ–आफ्नो प्रमाणसहित वैधानिकता दावी गर्दा विश्व कराते महासंघले लामा नेतृत्वलाई मान्यता दिएको हो ।

लामाको भ्रमणसँगै यो विवाद पूर्ण रूपमा समाप्त भएको कराते महासंघको दाबी छ । ‘मलेसियाको भ्रमण निकै महत्त्वपूर्ण रह्यो । त्यहाँको बैठकबाट नेपालको कराते  विवाद टुंगिएको छ । अब सबै मिलेर नेपालको कराते विकासमा लाग्नुपर्छ,’ खेलाडीसँग लामाले भने ।

विश्व कराते महासंघले नेपाल कराते महासंघको विवरण अद्यावधिक गर्दै आफ्नो आधिकारिक बेवसाइटमा लामालाई अध्यक्ष मानेको छ । यता राखेप र नेपाल ओलम्पिक कमिटीले पनि लामा नेतृत्वको महासंघलाई मान्यता दिएको छ ।

नेपाली करातेमा केही योगदान गरेका र कराते महासंघमा छुटेका केही सरोकारवालाहरू भने अन्तर्राष्ट्रिय मान्यता पाए पनि देशभित्रको कराते विवाद तुरुन्तै समाधान नहुने तर्क गरेका छन् ।

कराते महासंघको विवाद समाधान भएसँगै अब नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहज र विवादरहित ढंगले सहभागिता जनाउन पाउने छ । यसका लागि अन्तर्राष्ट्रिय कराते महासंघले नेपाल कराते महासंघसँग सिधै सम्पर्क र समन्वय गर्ने बाटो खुलेको हो ।

नेपाली करातेमा केही योगदान गरेका र कराते महासंघमा छुटेका केही सरोकारवालाहरू भने अन्तर्राष्ट्रिय मान्यता पाए पनि देशभित्रको कराते विवाद तुरुन्तै समाधान नहुने तर्क गरेका छन् । तर, महासंघ अध्यक्ष लामा भने मिलेर अघि बढ्नुको कुनै विकल्प नभएको बताउँछन् । ‘अहिले समस्या समाधान भएको छ । सबैजना मिल्नुको विकल्प छैन । अब हामीले यसलाई हार र जितको रूपमा लिनु हुँदैन । मिलेर अगाडि बढे विवाद आउने ठाउँ नै छैन,’ लामा भन्छन् ।

कसरी निम्तियो विवाद ?
२०६८ सालमा नेपालमा दुईटा नेपाल ओलम्पिक कमिटी अस्तित्वमा रहँदा कराते पनि फरक–फरक रूपमा दर्ता भएका थिए । त्यतिबेला दावा लामा र पुरेन्द्रविक्रम लाखेले आ–आफ्नै हैसियतमा कराते महासंघ चलाए । जसका कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएन । सहभागिता जनाउँदा पनि अन्तर्राष्ट्रिय भूमिमा समेत विवाद छताछुल्ल भएको थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय फरक मान्यता पाएपछि सधैं विवाद नै भइरह्यो । दुई संघको विवादमा खेलाडीहरू मुछिन थाले । कुन संघबाट खेल्दा आफ्नो भविष्य सुध्रिएला भन्ने दुविधामा कयौं खेलाडी पलायन हुन बाध्य भए । राष्ट्रिय टिममा रहेका खेलाडीले एसियाली र अन्तर्राष्ट्रिय कराते महासंघका आधिकारिक प्रतियोगिताहरू नै खेल्न पाएनन् ।

विमला तामाङले एकल कातामा भाग लिँदै कांस्य पदक जितिन् । तर, कातामै राष्ट्रिय टिमबाट छनोट भएकी चन्चला दनुवारले खेल्नै पाइनन् ।  एसियाडमै करातेबाट दुई टोली पुगेपछि विवाद सतहमै आएको थियो । 

दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघलाई राखेप र लाखे नेतृत्वको महासंघलाई नेपाल ओलम्पिक कमिटीले मान्यता दिएका थिए । ०५६ सालमा काठमाडौंमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साग) मा १४ स्वर्ण पदक जितेको करातेको यात्रा ओरालो लाग्न थाल्यो ।

त्यही विवाद सन् २०१४ को इन्चोन एसियाली खेलकुदमै पनि छताछुल्ल भयो । दुवै संघले एउटै विधामा छनोट गरेका कराते खेलाडी इन्चोन पुगेका थिए । तर, एनओसी मान्यताप्राप्त संघबाट प्रतिनिधित्व गरेका खेलाडीले मात्र खेल्न पाए । विमला तामाङले एकल कातामा भाग लिँदै कांस्य पदक जितिन् । तर, कातामै राष्ट्रिय टिमबाट छनोट भएकी चन्चला दनुवारले खेल्नै पाइनन् ।  एसियाडमै करातेबाट दुई टोली पुगेपछि विवाद सतहमै आएको थियो । अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको कराते विवादले स्थान पाएको थियो ।

विवाद मिलाउने सुरुको प्रयास 
नयाँ खेलकुद ऐन आएसँगै शम्भु आचार्यको अध्यक्षतामा ०७५ फागुन १४ गते तीन महिनाभित्र विधान संशोधनसहित निर्वाचन गर्न भन्दै कराते महासंघको तदर्थ समिति गठन भएको थियो । खेलकुद मन्त्रायलले तत्कालीन राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको नेतृत्वमा विवाद समाधान समिति पनि बनाएको थियो । तर, यही तदर्थ समितिले चार वर्षसम्म विवाद समाधान, विधान संशोधन र निर्वाचन गराउने भनिए पनि जिम्मेवारी पूरा गर्न सकेन ।

तत्कालीन समय आचार्यको अध्यक्षतामा बनेको २१ सदस्यीय समितिको सह–अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं थिए । सचिवमा बीआर मित्र र श्याम शेर्पा तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ थिए । सदस्यमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, ताराप्रसाद वली, दुर्गा गौतम परियार, रवि महर्जन र मिङ्मा तामाङ रहेका थिए ।

सदस्य–सचिवद्वारा तदर्थ समिति गठन
लामो समयको विवादपछि राखेप सदस्य–सचिव घिसिङले ०७९ माघ दोस्रो साता पूर्वसदस्य–सचिव तथा करातेका संस्थापकमध्ये एक युवराज लामाको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका आधारमा विवाद गर्दै आएका दावा गुरुङ र पुरेन्द्रविक्रम लाखेको समितिमा रहेका पदाधिकारी पनि यस तदर्थ समितिमा समेटिएको थियो ।

चितवनको पटिहानीमा सम्पन्न कराते महाधिवेशनबाट लामा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका थिए । यससँगै १२ वर्षदेखिको विवाद समाधान गर्ने बाटो खुलेको थियो ।

उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह–महासचिवमा ओमकृष्ण प्रसाईं, सचिवमा श्याम शेर्पा र बीआर मित्र तथा कोषाध्यक्षमा सानुलाल श्रेष्ठ थिए । 
सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, ताराप्रसाद वली, दुर्गा परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोर भट्टराई थिए ।

लामा निर्विरोध अध्यक्ष 
चितवनको पटिहानीमा सम्पन्न कराते महाधिवेशनबाट लामा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका थिए । यससँगै १२ वर्षदेखिको विवाद समाधान गर्ने बाटो खुलेको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी चयन हुँदा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भए । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बीआर मित्र सर्वसम्मत चुनिए ।

सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद वली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तितुङ चुनिएका छन् । अध्यक्ष लामाले सञ्जय राई र कमला रानालाई मनोनीत गरेका छन् । महासंघ सल्लाहकार समितिमा दीपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्कीलाई राखिएको छ ।

देशभित्रको विवाद र यसले अन्तर्राष्ट्रियजगतमा पारेको प्रभाव मत्थर भए पनि नेपाली करातेको पुरानो साख र गौरव फर्काउँदै एसियाली र विश्वस्तरमा सफल खेलको रूपमा प्रमाणित गर्न कराते महासंघसामु चुनौतीको पहाड छ ।