प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता

महिला बक्सिङकी एक्ली प्रशिक्षक

पोखरा । २०६६ साल माघ १८ गतेको दिन प्रियंका बर्माका लागि विशेष छ । त्यही दिन त हो, पोखरा महेन्द्रपुलकी स्थायी बासिन्दा प्रियंकाले बक्सिङ खेलसँग कहिल्यै नछुट्टिने सम्बन्ध गाँस्ने निर्णय लिएको ।

पोखरा रंगशालामा त्यही दिन उनले बक्सिङ प्रशिक्षक सुरेश मल्ललाई पहिलोपल्ट भेटेकी थिइन् । एसियाली खेलकुदका कांस्य पदक विजेता बक्सर चन्द्रबहादुर गुरुङले उनलाई प्रशिक्षक मल्लसँग भेटाएका थिए । प्रचुर सम्भावना हुनाका बावजुद बक्सिङबाट विरक्तिइसकेकी प्रियंकालाई यही खेलमा राखिरहन गुरुङले प्रशिक्षक मल्लसँग भेटाएका थिए । मल्लले खेलको यसरी बयान गरे कि जोसिलो उमेरकी प्रियंकाले त्यसपछि बक्सिङवाहेक केही सोच्नै सकिनन् ।

प्रशिक्षक मल्लले उनलाई त्यस्तो के भनेका थिए, जसले बक्सिङ उनको जीवनशैली नै बन्यो त ? उनकै शव्दमा सुन्ने हो भने ‘मलाई सुरेश गुरुको मुखबाट बक्सिङको डेफिनेसन सुनेपछि यो खेलप्रतिको आकर्षण झनै बढ्यो । उहाँले बक्सिङ भनेको शारीरिक खेलमात्र होइन भन्ने कुरा बुझाउनुभयो । उहाँले बक्सिङ भनेको हिर्काउने र पिटने अनि पिटाइ खाने मात्र खेल होइन । यो त माइन्ड गेम हो भन्ने कुरा मलाई बुझाउनुभयो । यसले मानिसको सिएनएस (सेन्ट्रल नलेज सिस्टम)लाई राम्रो बनाउँछ । सिएनएस राम्रो भएपछि तत्काल रिएक्ट गर्न सकिन्छ र पढाइलाई पनि राम्रो गर्छ भन्ने कुरा बुझाउनुभयो । त्यसपछि मलाई यो खेलले लोभ्यायो ।’

मल्लले बक्सिङलाई परिभाषित गर्ने क्रममा एउटा कुखुराको प्वाँख फालेर ‘डेमो’ देखाए । प्वाँख विस्तारै उड्दै भुईंमा झर्नुअघि फत्ते गर्नैपर्ने कामको रूपमा उनले त्यहीं फ्याँकिएको एउटा बल उठाएर त्यसलाई सही ठाउँमा राखेर फर्किए । ‘गुरुले डेमो नै देखाएपछि म झनै प्रभावित भएँ । बक्सिङले मानिसलाई आफ्नो काममा कसरी फोकस गराउँछ भन्ने गुरुले बुझाउन खोज्नुभएको थियो । मैले राम्ररी बुझें,’ २०६६ साल माघ महिनाको त्यो घटना प्रियंकाले हाँस्दै स्मरण गरिन्, ‘सायद सुरेश गुरुसँग भेट नभएको भए म बक्सिङको सट्टा अरू कुनै खेलमा लाग्थेँ होला ।’

२०६६ साल पुसबाट खेल्न थालेको बक्सिङमा उनी ११ वर्षसम्म खेलाडीको रूपमा सक्रिय भइन । त्यसपछि २८ वर्षको उमेरमा उनले खेलाडीका रूपमा संन्यास लिने निर्णय गरिन र प्रशिक्षण करियरमा होमिइन् । देशकै पहिलो र एकमात्र लाइसेन्सप्राप्त महिला बक्सिङ प्रशिक्षक प्रियंकाका लागि अचेल जीवनशैली भनेकै यही खेल हो ।

‘सुरेश गुरु’ले भनेजस्तै मोटी प्रियंका खेल्न थालेको केही दिनमै एक केजी वजन घटाउन सफल भइन । त्यसपछि त उनको यो खेलप्रति मोह झनै बढ्यो । २०६६ साल पुसबाट खेल्न थालेको बक्सिङमा उनी ११ वर्षसम्म खेलाडीको रूपमा सक्रिय भइन । त्यसपछि २८ वर्षको उमेरमा उनले खेलाडीका रूपमा संन्यास लिने निर्णय गरिन र प्रशिक्षण करियरमा होमिइन् । देशकै पहिलो र एकमात्र लाइसेन्सप्राप्त महिला बक्सिङ प्रशिक्षक प्रियंकाका लागि अचेल जीवनशैली भनेकै यही खेल हो ।  

२०६६ देखि २०७७ सालसम्म खेलाडीका रूपमा सक्रिय रहँदा उनले गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र)बाट सातौं र आठौं राष्ट्रिय खेलकुदमा भाग लिइन् । खेलाडीका रूपमा उनको करियरको उत्कर्ष त्यही हो । दुवैमा उनले पदक जित्न सकिनन् । राष्ट्रिय टिम उनको पहुँचभन्दा सधैं टाढाको विषय बनिरह्यो ।

खेलाडीका रूपमा बक्सिङ रोज्न प्रशिक्षक मल्लको उर्जावान परिभाषाबाट प्रेरित प्रियंकालाई प्रशिक्षक बन्नका लागि भने नेपाली बक्सिङमा उनले भोगेको यथार्थबाट उर्जा मिल्यो ।

‘नेपाली बक्सिङमा महिला खेलाडीको अत्यन्तै न्युन संख्याले गर्दा मलाई प्रशिक्षक भएर केही गर्ने प्रेरणा मिल्यो । सुरेश गुरुसँग खेल्दा म उहाँको एक्लो महिला चेली थिएँ । स्पाइरिङ गर्न कोही पार्टनर हुँदैनथ्यो । गुरुसँगै गर्नुपर्थ्र्यो । महिला प्रशिक्षक भयो भने खेलाडीको संख्या बढाउन सकिन्छ भन्ने लाग्यो । त्यसपछि प्रशिक्षक कोर्सको विषयमा बुझें । अनि एनआइएस गरेर प्रशिक्षणमा लागें ।’

बक्सिङमा सुरुआती पाइला

सानै उमेरदेखि जुझारु तथा निडर स्वभावकी प्रियंकाको सुरक्षा निकायमा जागिर खाने सोख थियो । त्यही कारण उनी आर्मी र पुलिसमा भिडेकी थिइन् । पुलिसमा असई भिड्दा अन्तिममा गएर कोटा सिस्टमका कारण उनी असफल भएकी थिइन् । उनकी आमाको इच्छा छोरी लाहुरे होस वा खेलाडी बनोस भन्ने थियो । स्कुलमा उनी सबै खेल खेल्थिन्, कुनैमा पनि पारंगत थिइनन् । असईका लागि तयारी गर्नेक्रममा पहिलो पटक पोखरा रंगशालामा पाइला हालिन । रंगशालामा एथलेटिक्सका प्रशिक्षक इभान रञ्जितले उनलाई निःशुल्क अभ्यास गराए । त्यसपछि बल्ल उनलाई रंगशाला छिर्न शुल्क लाग्दैन भन्ने जानकारी भयो ।

आमाको चाहना र पुलिस÷आर्मीमा जागिर खाने आफ्नै इच्छालगायतले बक्सिङप्रति उनको स्वाभाविक लगाव थियो । महिलाले कुनै न कुनै रक्षात्मक खेल खेल्नुपर्छ भन्ने उनलाई पहिल्यैदेखि लागेको थियो । त्यसमा पहिलो पटक सुरेश मल्लसँगको भेटले थप पेट्रोल छर्कियो ।

रंगशालामा त्यही अभ्यासका क्रममा उनको सिनियर बक्सिङ खेलाडी चन्द्रबहादुर गुरुङसँग भेट भयो । चन्द्रबहादुरले उनलाई बक्सिङ खेलतिर आकर्षित गराए ।

सुरुआती दिनमा उनले लोकबहादुर गुरुङसँग बक्सिङ प्रशिक्षण सुरु गरिन् । ‘मैले बक्सिङको ए बी सी डी नै लोकबहादुर गुरुसँग सिकें । उहाँले एक महिनासम्म मलाई उभ्याएर मात्र राख्नुभयो । त्यसपछि दिक्क लाग्यो । चन्द्र दाइले सुरेश गुरुसँग भेटाइदिनुभयो अनि बक्सिङको बाँकी कुरा मैले सुरेश गुरुसँग सिकें,’ उनी भन्छिन् ।

आमाको चाहना र पुलिस÷आर्मीमा जागिर खाने आफ्नै इच्छालगायतले बक्सिङप्रति उनको स्वाभाविक लगाव थियो । महिलाले कुनै न कुनै रक्षात्मक खेल खेल्नुपर्छ भन्ने उनलाई पहिल्यैदेखि लागेको थियो । त्यसमा पहिलो पटक सुरेश मल्लसँगको भेटले थप पेट्रोल छर्कियो ।

प्रशिक्षक बन्ने हुटहुटी

खेलाडीका रूपमा प्रियंकाले स्मरणीय उपलब्धि हासिल गर्न सकिनन् । कारण थियो, महिला बक्सिङको दयनीय यथार्थ । हो, त्यही यथार्थले उनलाई प्रशिक्षक बन्ने प्रेरणा दियो । २८ वर्षको उमेर पुगिसक्दा पनि उकालो लाग्न नसकेको खेलाडी जीवनमा पूर्णविराम लगाउँदै नयाँ भूमिका खोज्नु पनि स्वाभाविक थियो ।

प्रशिक्षक बन्नका लागि भने संयोगले उनलाई सहज राजमार्ग दियो । प्रियंकासँग राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव थियो । व्यवस्थापनमा स्नातक गरिसकेकी थिइन् । अर्थात उनी प्रशिक्षण कोर्सका लागि योग्य भइसकेकी थिइन् । त्यही बेला २०७७ सालमा झापा जिल्ला बक्सिङ संघले फेसबुकमा एनआइएस कोर्स खुलेको जानकारी पोस्ट गर्यो, कोर्स गर्न उनको सबै योग्यता पुग्ने गरी ।

त्यही प्रेरणा सम्झिएर प्रियंकाले झापा बक्सिङको त्यो पोस्टबारे प्रशिक्षक खाँडसँग सल्लाह गरिन् । खाँडले झनै उत्साहित भएर तत्काल प्रक्रियामा लाग्न सुझाए । तर प्रियंकालाई प्रक्रियाबारे कुनै जानकारी थिएन । जुन उनले तत्कालीन कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालबाट लिइन् । बरालकै सहयोगमा उनी काठमाडौंको सम्पर्कमा पुगिन् । सबै प्रक्रिया बुझिन ।

प्रियंकासँग योग्यता पर्याप्त थियो । सँगै त्यो बेला परिस्थिति पनि अनुकूल थियो । पोखराकै रिम रानाभाट राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभाग (सान)मा निर्देशक थिए । रानाभाटसँग कहिल्यै भेट भएको थिएन । तर, रानाभाट उनलाई छोरी भनेर माया गर्थे । पाल्पाका बक्सिङ प्रशिक्षक कुमार खाँड र कास्की जिल्ला बक्सिङ संघका उपाध्यक्ष ....ले प्रियंकाको सम्भावनासँग राम्रो जानकार थिए । महिला बक्सिङ अघि बढाउन एउटा पढेलेखेकी तीक्ष्ण प्रशिक्षक चाहिन्छ भन्ने उनीहरूलाई लागिरहेको थियो । र, त्यो गुण उनीहरूले प्रियंकामा देखेका थिए । त्यसैले खेल्ने बेला पनि उनीहरू भनिरहन्थे, ‘तिमीले प्रशिक्षक भएर महिला बक्सिङलाई माथि उचाल्नुपर्छ ।’

त्यही प्रेरणा सम्झिएर प्रियंकाले झापा बक्सिङको त्यो पोस्टबारे प्रशिक्षक खाँडसँग सल्लाह गरिन् । खाँडले झनै उत्साहित भएर तत्काल प्रक्रियामा लाग्न सुझाए । तर प्रियंकालाई प्रक्रियाबारे कुनै जानकारी थिएन । जुन उनले तत्कालीन कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालबाट लिइन् । बरालकै सहयोगमा उनी काठमाडौंको सम्पर्कमा पुगिन् । सबै प्रक्रिया बुझिन ।

काठमाडौंमा उनलाई छोरी भन्ने रानाभाट छँदै थिए । काठमाडौं पहिलो पटक जाँदा फर्म नआइपुगेको भनेर उनलाई फर्काइयो । पछि दोस्रो पटक जाँदा समयसीमा सकिने अन्तिम दिन उनी पुगेकी थिइन । तर रानाभाट तथा सानका उपनिर्देशक हिमाल दाहालले कार्यालय समय सकिएपछि पनि उनको कागजात मिलाउने र फर्म भर्ने काममा सहयोग पु¥याए ।

भारतको पटियालास्थित राष्ट्रिय प्रशिक्षण केन्द्रमा हुने एनआइएस कोर्सका लागि प्रियंका नेपालबाट छानिइन । कोर्सका लागि राष्ट्रिय खेलकुद परिषदले आधा खर्च बेहोरिदियो । आधा चाहिँ पोखरामै प्रकाश बराल, ओलम्पियन पूर्वबक्सर गणेश भट्टराई, फुलकन्ट्याक्ट कराँतेका खेलाडी दीपक गोदारलगायतको सक्रियतामा सहयोग जुटाउने काम भयो ।

सन् २०१९ जुलाईदेखि २०२० को अगस्टसम्म उनको कोर्स चल्यो । नेपाल, भारत र बंगलादेशका गरी ३ सय ६४ प्रशिक्षार्थी उक्त कोर्समा सहभागी थिए । जहाँ प्रियंका महिलातर्फ पहिलो भइन् भने समग्रमा सातौं स्थान हासिल गर्न सफल भइन् । बक्सिङमा उनी नेपालकै प्रशिक्षणप्राप्त पहिलो र एकमात्र महिला प्रशिक्षक हुन् ।

‘मैले झापा बक्सिङ, फेसबुक, कुमार गुरु, सान र मेरो कोर्सका लागि सहयोग गर्ने सबैलाई धन्यवाद भन्नुपर्छ । मैले फेसबुकमार्फत झापा बक्सिङले हालेको पोस्ट पढ्न पाएँ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)को नियमअनुसार बक्सिङमा महिलाका लागि महिला नै प्रशिक्षक हुनुपर्ने अनिवार्य व्यवस्था छ । तर, नेपालले सहभागिता जनाउने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा आफू एकमात्र लाइसेन्सप्राप्त महिला प्रशिक्षक भए पनि मौका नपाउँदा भने उनी निराश छिन् ।

‘नेपालमा महिला प्रशिक्षक ममात्र हो । तर अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा मैले कहिल्यै मौका पाउँदिनँ । संघकै सदस्यहरू प्रशिक्षक बनेर जानुहुन्छ रे भन्ने सुनेको छु । यहाँ जेमा पनि राजनीति हुँदोरहेछ,’ प्रियंकाले निराशा पोखिन् ।

तथापि बक्सिङमा पूर्ण रूपमा समर्पित उनी हाल गण्डकी प्रदेशमा खेलकुद प्रशिक्षकको करार जागिरे हुन् । खुला प्रतिस्पर्धाबाट नाम निकालेर खेलकुद प्रशिक्षकको नियुक्ति लिएकाले उनले अन्य खेलका खेलाडीलाई फिटनेस ट्रेनिङ गराउँछिन् । तर उनको मुख्य काम भने बक्सिङ प्रशिक्षण नै हो ।

संघप्रतिको उनको गुनासो यत्तिमै सीमित छैन । केही समयअघि आइबामा एकजना प्रशासन कर्मचारी आवश्यक पर्यो । उनले त्यसमा प्रतिस्पर्धा गर्ने निर्णय गरिन् । बक्सिङको पर्याप्त प्राविधिक ज्ञान थियो, व्यवस्थापनमा स्नातक गरेकी उनले प्रयास गरिन् । तर संघमार्फत जानुपर्ने उनको आवेदन संघले पठाइदिएन । जसका कारण ठूलो अवसरबाट वञ्चित भएकोमा उनी दुःखी छिन् । यसबाट व्यक्तिगत रूपमा उनीसँगै नेपाली बक्सिङलाई पनि घाटा पुगेको उनको बुझाइ छ ।

तथापि बक्सिङमा पूर्ण रूपमा समर्पित उनी हाल गण्डकी प्रदेशमा खेलकुद प्रशिक्षकको करार जागिरे हुन् । खुला प्रतिस्पर्धाबाट नाम निकालेर खेलकुद प्रशिक्षकको नियुक्ति लिएकाले उनले अन्य खेलका खेलाडीलाई फिटनेस ट्रेनिङ गराउँछिन् । तर उनको मुख्य काम भने बक्सिङ प्रशिक्षण नै हो ।

जारी नवौं राष्ट्रिय खेलकुदमा उनी गण्डकी प्रदेशको महिला टिमको प्रशिक्षकका रूपमा खेलाडीलाई रिङमा उतार्ने तयारीमा छिन् । मन्त्रालयले निकालेको भ्याकेन्सीमा फाइट गर्नुअघि उनले १० महिना स्वयंसेवक प्रशिक्षकका रूपमा गण्डकी प्रदेशमा काम गरेकी थिइन् ।