फाल्गुन २, २०८२ शनिबार | ११:११:०४
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन स्क्वास

बुवाको पदचापमा ‘नम्बर वान’ कृष्णा

स्क्वासका हीराबहादुर थापा राष्ट्रिय च्याम्पियन हुँदा उनकै हात समातेर छोरी कृष्णा पनि स्क्वास कोर्टमा पुग्थिन् । दिनहुँ हात समातेर कोर्टमा पुग्ने कृष्णा बुवाको अभ्यास सुरु हुनुअघि र विश्रामका बेला र्‍याकेट समातेर कोर्टमा यताउता दर्गुन थाल्थिन् ।

वर्षौंसम्म त्यो क्रम चल्दै जाँदा उनको स्क्वासप्रतिको मोह बढ्दै गयो । र, गत साता सम्पन्न धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पनि च्याम्पियन भइन् । सन् २००३/०४ तिर पहिलो पटक स्क्वास कोर्टमा उत्रिएकी कृष्णा राम्रो तयारी गरेको र त्यसैले ‘पे ब्याक’ गरेको बताउँछिन् ।

अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी कृष्णा सानैदेखि स्क्वासमै हुर्किएकी थिइन् ।

‘हरेक खेलाडीले प्रतियोगिता अगाडि जित्छु नै भनेर तयारी गरेको हुन्छ,’ उनी भन्छिन्, ‘मचाहिँ हरेक पटक सुधार हुँदै जानुपर्छ भन्ने सोचेर खेल्छु । जहिल्यै त्यही सोचेर कोर्टमा उत्रन्छु ।’

खेल जित्नका लागि महत्त्वपूर्ण पक्ष भनेको निरन्तरको मिहिनेत रहेको उनले बुझेकी छिन् । ‘कन्फिडेन्ट थिएँ उपाधि जित्नेमा । तर, अलि अलि डर पनि थियो । मिक्स्ड फिलिङ थियो,’ उनी सुनाउँछिन् ।

अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा देशको प्रतिनिधित्व गरिसकेकी कृष्णा सानैदेखि स्क्वासमै हुर्किएकी थिइन् ।

‘मेरो बुवाले खेल्नु हुन्थ्यो । राष्ट्रिय च्याम्पियन हुँदै अहिले मुख्य प्रशिक्षक पनि हुनुहुन्छ । उहाँकै गाइडेन्समा स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा पनि मैले स्क्वास रोजें,’ कृष्णा सुनाउँछिन्, ‘स्कुलबाट पूर्ण सहयोग भयो, त्यसैले गर्दा पनि मलाई स्क्वासमा लागिरहन सहयोग मिल्यो ।’

‘स्क्वास कोर्ट नै नहुँदा पनि सातदोबाटोसम्म ल्याइदिने काम स्कुलले गर्यो । मसँगै अन्य विद्यार्थी पनि आउँथ्यो,’ कृष्णा सम्झिन्छिन्, ‘तर, धेरैले निरन्तरता दिन सकेनन् । स्कुलको साथ भएर मात्रै नहुँदोरहेछ ।’

फुटबल, क्रिकेटजस्ता मूलधारका मानिएका खेलकुदको माझमा पनि उनको स्क्वास रोज्नुको कारण पारिवारिक पृष्ठभूमि हो । पारिवारिक पृष्ठभूमिसँगै स्कुलले दिएको हौसला र सहयोगले पनि कृष्णाको करियरमा ठूलो प्रभाव छ ।

‘स्क्वास कोर्ट नै नहुँदा पनि सातदोबाटोसम्म ल्याइदिने काम स्कुलले गर्यो । मसँगै अन्य विद्यार्थी पनि आउँथ्यो,’ कृष्णा सम्झिन्छिन्, ‘तर, धेरैले निरन्तरता दिन सकेनन् । स्कुलको साथ भएर मात्रै नहुँदोरहेछ ।’

‘मेरो चाहिँ पारिवारिक पृष्ठभूमि यही भएकाले विद्यालयको पनि सहयोग हुँदा अगाडि बढ्न र निरन्तरता दिन सजिलो भयो,’ १२ वर्षकै उमेर दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी कृष्णाले भनिन् ।

अहिलेसम्म उनले हासिल गरेका अन्तर्राष्ट्रिय स्तरको ठूलो उपलब्धि भनेको दक्षिण एसियाली खेलकुदमा जितेको कांस्य पदक नै हो । नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले कांस्य जित्दा कृष्णा महत्त्वपूर्ण सदस्य थिइन् । उनले महिला टिम इभेन्टमा भावना सुनुवारसँग मिलेर पदक जितेकी थिइन् ।

२८ वर्षीया कृष्णाको लक्ष्य नेपाललाई सागमा रजत पदक जिताउने छ । ‘हामीले टिम इभेन्टमा कांस्य जितिरहेका छौं,’ उनी भन्छिन्, ‘अबको लक्ष्य भनेको रजत पदक जित्ने हो । स्वर्ण नै जित्छौं भन्न सकिने अवस्था छैन ।’

‘यो एकदमै ‘हाई इफिसेन्सी’मा खेलिने गेम भएकाले शारीरिक रूपमा धेरै खट्नुपर्छ,’ उनले भनिन्, ‘एकदमै धेरै फिटनेस आवश्यक पर्छ अनि मेन्टेन गर्न अत्यन्तै मिहिनेत चाहिन्छ ।’

दक्षिण एसियाली मुलुकमा भारत धेरै माथिल्लो स्तरमा पुगिसकेकाले स्वर्ण जित्न सहज नहुने उनको बुझाइ छ ।

‘स्वर्णको लक्ष्य राख्ने हो भने त्यसै अनुसारको तयारी र लगानी हुनुपर्छ,’ उनी भन्छिन्, ‘त्यसका लागि दीर्घकालीन योजना चाहिन्छ । हामीले नै स्वर्ण जित्न सोचिहाल्ने अवस्था छैन । सायद, स्क्वासको अवस्था सुध्रिँदै गयो भने आउँदो पुस्ताले भारतलाई चुनौती दिएर स्वर्ण दाबी गर्न सक्छ ।’

तर, अहिले नेपालले रजतभन्दा माथि सोच्न सकिने अवस्था नरहेको उनी सुनाउँछिन् ।

स्क्वास इन्डोर गेम हो । तर सबैभन्दा धेरै ‘क्यालोरी बर्न’ हुनेमध्येकै खेल भएको कृष्णाको ठम्याइ छ ।

‘यो एकदमै ‘हाई इफिसेन्सी’मा खेलिने गेम भएकाले शारीरिक रूपमा धेरै खट्नुपर्छ,’ उनले भनिन्, ‘एकदमै धेरै फिटनेस आवश्यक पर्छ अनि मेन्टेन गर्न अत्यन्तै मिहिनेत चाहिन्छ ।’

पारिवारिक सहयोगकै कारण स्क्वासको नेपाल नम्बर एक महिला खेलाडी बनेकी कृष्णा स्क्वासप्रति औधी खुसी छन् ।

‘मैले पढाइ र गेमलाई पनि सँगै अगाडि बढाइरहेकी छु,’ कृष्णाले भनिन्, ‘अरू खेलमा किन लागिनँ भन्ने महसुस अहिलेसम्म भएको छैन । किनभने स्क्वास मेरो प्यासन हो । यसमै खुसी छु ।’

नेपालमा धेरैलाई स्क्वासबारे थाहा नै नभएको र सीमित व्यक्तिमात्रै यसमा संलग्न भएको उनको बुझाइ छ ।

‘सधैं अहिलेकै खेलाडीले मात्रै धान्न सक्छन् भन्ने हुँदैन,’ सागकी पदकधारी उनले भनिन्, ‘त्यसका लागि विद्यालयस्तरबाटै स्क्वासमा आकर्षित गर्नुपर्छ । काठमाडौं उपत्यकाभित्रका स्कुललक्षित गरेर धेरै बच्चालाई संलग्न गराउन सकियो भने राम्रो हुन्छ जस्तो लाग्छ ।’

आफ्नो जीवनको ऊर्जावान समय स्क्वासमा खर्चिएकी कृष्णनलाई अझै एउटा दक्षिण एसियाली खेलकुद खेलेर करियर टुंग्याउने इच्छा छ ।

‘मेरो बाबा खेल्दा उहाँसँगै गेम हेर्न आउँथें,’ विगत स्मरण गर्दै उनी भन्छिन्, ‘बाबाले खेल्दाताका धेरै महिला खेलाडी थिएनन् । पुरुष खेलाडीहरूचाहिँ धेरै नै थियो । बाबासँगै जानेक्रममा अलि अलि र्याकेट समाएर हान्न थालें, त्यसपछि यसमै रस बस्यो । मेरो करिअर यसरी नै सुरु भयो । अब त कहिलेसम्म खेल्ने भनेर सोच्ने बेला भइसक्यो जस्तो लाग्छ ।’

खेल करियरपछि पनि स्क्वासमै व्यस्त रहने कृष्णाको इच्छा छ । ‘खेल्न सकुन्जेल खेल्छु, त्यसपछि हेरौं । सायद म कोचिङ गर्छु होला,’ ले खेलाडी करिअर टुंग्याएपछिको योजना सुनाइन् ।

सन् २००४ देखि स्क्वास र्याकेट समाएकी कृष्णाले करिब दुई वर्ष स्थानीय प्रतियोगिताबाट अनुभव बटुलिन् । ‘२००६ सम्म छिटपुट हुने गरेका स्थानीय प्रतियोगिता खेल्ने गरेको थिएँ,’ उनले भनिन्, ‘त्यतिबेला नै सागका लागि छनोट भयो । त्यो छनोटबाट शीर्ष चारमा पर्ने खेलाडीले साग खेल्न पाउने थियो । म तेस्रो भएँ र साग खेल्न श्रीलंका जाने मौका पाएँ ।’

त्यसअघि सोही वर्ष भारतको उत्तराञ्चलमा सम्पन्न ‘बजाज आलमन्ड च्याम्पियनसिप’मा उनले भारत र पाकिस्तानी खेलाडीसँग खेल्ने मौका पाएकी थिइन् । फाइनलमा भारतीय खेलाडीसँग पराजित भएर उनी उपविजेतामै सीमित भइन् । त्यो उनको करिब ढेड दशक नाघिसकेको स्क्वास करियरको सुरुआती चरण थियो ।

खेल करियरपछि पनि स्क्वासमै व्यस्त रहने कृष्णाको इच्छा छ । ‘खेल्न सकुन्जेल खेल्छु, त्यसपछि हेरौं । सायद म कोचिङ गर्छु होला,’ ले खेलाडी करिअर टुंग्याएपछिको योजना सुनाइन् ।

०७८ सालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनी राष्ट्रिय च्याम्पियन बनेकी थिएन् । ‘मेरो करियरमै सबैभन्दा खुसीको क्षण थियो त्यो,’ उनी भन्छिन्, ‘च्याम्पियन हुँदाको खुसी त थियो । त्यसमाथि मैले सानैदेखि देखिरहेकी सिनियर दिदी (भावना सुनुवार) लाई हराएर उपाधि जितेकी थिएँ ।’

त्यो जित सोच्दै नसोचेको सफलता भएको उनलाई लागिरहेको छ । ‘पहिलो महिला स्क्वास खेलाडी नै उहाँ (भावना)लाई नै देखेको थिएँ,’ कृष्णा भन्छिन्, ‘त्यति अनुभवी खेलाडीलाई जित्छु भन्ने सोचेकै थिइनँ नि ।’

आसन्न नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेकी कृष्णालाई विभागीय टिमले प्रस्ताव गरे पनि उनले गण्डकी प्रदेशलाई नै प्रतिनिधित्व गर्ने मनसाय बनाइसकेकी छन् । ‘मलाई विभागीय टिमबाट प्रस्ताव आएको थियो, तर गोरखा घर भएकाले गण्डकीमै नवौं खेलकुद हुन लागेकाले मैले विभागमा नजाने निर्णय गरिसकें,’ कृष्णाले भनिन् ।

कृष्णाका बुवा आधा दर्जनभन्दा बढी पटक राष्ट्रिय च्याम्पियन भइसेकका छन् । उनका भाइ अमृत पनि राष्ट्रिय च्याम्पियन भइसकेका छन् ।